क्यालिफोर्नियामा आगोको बबन्डरः दुई बालबालिकासहित पाँचको मृत्यु, ४० हजार बिस्थापित

बीबीसी अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोमा परी एक वृद्ध महिला र दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । ज्यान गुमाएका पाँचमध्ये बालबालिका र उनीहरुका जिजु हजुरआमा रहेको खबर छ । उक्त डढेलोमा बिहिबार दुईजना […]

सिद्धार्थ राजमार्गमा पहिरोः यातायात अवरुद्ध

बुटवल – बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो । सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटाँै पटक हो । सडक अवरुद्ध […]

प्रधानन्यायाधीश सुनुवाईको निर्णय लम्बियो, आजको बैठक पनि स्थगित

काठमाडौं– सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी माथिको निर्णय सुनाउन सकेको छैन । जोशीमाथि परेका उजुरीमा छलफल गरे निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ । आईतबार बिहान साढे ८ बजे बोलाईएको बैठक पनि सोमबार अपरान्ह २ […]

केन्द्र र प्रदेश सरकारबीच टकराव : सिडीओले नटेरेपछि प्रदेश २ को सरकारले लेख्यो गृहमन्त्रीलाई पत्र

काठमाडौँ । नागरिकताको विषयमा प्रदेश २ को सरकार र केन्द्र सरकारबीच तनाव बढ्दै गएको छ । प्रदेश सरकारको पत्र कार्यान्वयन गर्न २ नम्बर प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीले अस्वीकार गरेपछि प्रदेश सरकारले केन्द्रीय गृहमन्त्रीलाई नै पत्र लेखेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखेका […]