सुनिता बस्याल
चुस्छकी ! भवराले बचाउनै डर छ ।
फुलाउन कोपिला, भगवानकै भर छ ।।
सुनी समाचार प्रश्नगरिन, तोते बोलिमै,
आमा!म सुरक्षीत हुन, कहा कुन घर छ ?
राष्ट्रपति महिला किन भइन ? प्रत्यकदिन,
हत्या, हिंसा, बलात्कार घट्ना बरा-बर छ !!
फर्कन्छौ फर्कन्नौ, खेत स्कुल या बगानबाट,
छोरी ! जानकार त केवल, ईश्वर उपर छ ।।
बलात्कारीलाइ सजाय, फासी हुने भए ,
मलाइ अझैपनि एउटा, छोरिको रहर छ ।।