बेनाम बादशाह ( रमेश )
कुनै एउटा क्षेत्र अनि एउटा ब्यवसाय मात्र उल्लेख गर्दा वहा माथी अन्याय हुन्छ किनकि वहाले नगर्ने र सेवा सहयोग नगरेको त्यस्तो कुनै क्षेत्र छैन न त कुनै त्यस्तो सामाजिक काम छ जुन वहा ले गरु भएको छैन । हो वहा नै हो नेपाल कै एक गहना अनि झापाको चम्किलो तारा बिष्णु आचार्य । झापा को अर्जुनधारा स्थायी निवासी आचार्य आफ्नो गाउ र जिल्ला मा मात्र सिमित हुनुहुन्न वहा को पुरै नेपाल नै घर झै ठान्नु हुन्छ र सामाजिक काम को लागि समय परिस्थिति अनुसार नेपाल को जुनसुकै क्षेत्रमा आफ्नो सकृयता देखाउनु हुन्छ ।
अब त वहा पुरै नेपाल को प्रतिनिधित्व गरेर बिस्व सामु आफु अनि आफ्नो देश र आफ्नो स्व्च्छता को परिचय दिइ रहनु भएको छ world cleanup day को country leader बनेर । आफ्नो गोजि नै पहिलो डस्ट्विन हो भनेर सबैलाइ सरसफाइ प्रति सुसुचित गर्ने आचार्य कहिले बागमति सफाइ अभियान मा बाग्मति सफाइ गर्दै देखिनु हुन्छ भने वहाहरु को मेची काली सरसफाइ अभियान निरन्तर चलि नै रहेको छ । झापा को बिर्तामोड मा हरेक हप्ता सरसफाइ गरेर सबै ब्यपारी तथा स्थानियलाइ सरसफाइ सम्बन्धि जनचेतना फैलाएर बिर्तामोड को मुहार नै सफा बनाउन तल्लिन आचार्य बिर्तामोडको छिमेकि नगरपालिका अर्जुनधारा सरसफाइ अभियानमा पनि साप्ताहिक रुपमा अग्रसर हुनुहुन्छ ।
झापा जिल्ला मा रहेका बिभिन्न सामुदायिक बिद्यालय तथा झापा जिल्लाका पर्यटकिय स्थहरुमा स्वयम उपस्थित भएर सरसफाइ सम्बन्धि सचेतना कार्यक्रम तथा फोहोरमैला कसरि ब्यवस्थापन गर्ने भन्ने सम्बन्धि तथा अहिलेको पुस्ताको आकर्षण को केन्द्र बन्दै गरेको मानव निर्मित झापाका बिभिन्न पर्यटकिय क्षेत्रमा शौचालय निर्माण तथा ब्यवस्थापन सम्बन्धि सचेतना तथा तालिम को आयोजना समय समयमा गर्दै आउनु भएको छ । कोभिड टिम अर्जुनधारामा सकृय आचार्य झापा जिल्ला कै रक्तादाता तथा सङ्कलन मा पहिलो नम्बर मा पर्नु हुन्छ भन्दा अतियुक्ति नहोला । जुनसुकै अस्पतालमा दुर्घटना ,डेलिभरि तथा अन्य आकस्मिक अवस्थामा जहा बाट जसरि हुन्छ रगत उपलब्ध गराएर धेरै को प्राण बचाउन सफल हुनुहुन्छ ।
अशाहय तथा अनाथ बालबालिका हरुको स्वास्थ उपचार को लागि अभियान नै चलाएर बिभिन्न अनाथ बाल बालिकालाइ स्वास्थ्य उपचार समेत गराइ रहनु भएको छ ।यति मात्र होइन वहाको समाज र देश को लागि योगदान अतुलनिय रहेको छ । बिपन्न गरिव बिध्यार्थि हरुलाइ बिध्यालयमा नै उपस्थित भएर न्यानो कपडा देखि शैक्षिक सामाग्री हरु बितरण पनि गर्दै आउनु भएको छ । परिवार प्रतिको कर्तब्य अनि आफ्नो समाज र देश प्रतिको उत्तरदायित्व हरेक मानिस ले हेर्ने हो भने असम्भव केहि नहुने कुरा वहाको ब्यवहार बाट छर्लङै झल्किन्छ । मानिससग इच्छा शक्ति भयो लगनशिल भयो भने गर्न नसक्ने केहि रहेनछ भन्ने गहकिलो उदाहरण बिष्णु आचार्य हुनुहुन्छ ।
वहाले आफ्नो ब्यवसाय पनि हेर्न भ्याउनु भएको छ भने सामाजिक कार्यमा जहा जहिले उपस्थित पनि हुनुहुन्छ । वहाको को झै लगनशिलता तथा इमान्दारिता देशका नेता अनि हरेक नागरिक मा हुने हो भने देश परिवर्तन हाम्रै पालामा हुन असम्भव चाहि रहेनछ । जति नै लेखे पनि वहाको बारेमा कमि नै हुन्छ सधै यस्तै मर्गनिर्देश पाइयोस र हजुर ले सुरु गरेका सबै अभियान ले सगरमाथाको शिखर चुमोस मेरो तर्फ बाट तथा हाम्रो मिडियाको तर्फ बाट उत्तरोत्तर प्रगतिको कामना छ ।