रोगले धनी-गरिब भन्दैन । सानो-ठूलो भन्दैन । महिला-पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं । तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ ।
यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने किसिमका हुन्छन् । अतः यहाँ महिलालाई बढी सताउने रोगबारे चर्चा गरिएको छ । जस्तो कि मुटु रोग, स्तन क्यान्सर, ओस्टियोपोरोसिस, तनाव तथा अटो इम्युन डिजिज ।
मुटु रोग
आज मुटु सम्बन्धी रोगकै कारण कयौ महिलाहरुले अकालमा ज्यान गुमाउन पुगेका छन् । कयौ विकलांग हुन पुगेका छन् । मुटु सम्बन्धी रोगकै कारण कयौ महिला सिढी चढ्न, ओर्लन असर्मथ हुने, सास लिन कठिनाई हुने समस्या भोग्दै आएका छन् ।
मुटु सम्बन्धि रोगमा पनि कोलोनरी मुटु रोग सबैभन्दा घातक हो । त्यसबाहेक पनि यस्ता अन्य धेरै रोग छन्, जसले महिलाहरुको शरीरमा नकारात्मक प्रभाव पार्छ ।
स्तन क्यान्सर
स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्यको प्रमुख हो । नेपालमा करिब चार प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिएको छ । तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन्। जसले गर्दा उनीहरुमा स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । समयमै उपचार गरेको खण्डमा स्तन क्यान्सको उपचार सम्भव छ । यसको लागि समयमै स्तनको स्कि्रनिङ्ग जरुरी छ ।
ओस्टियोपोरोसिस
ओस्टियोपोरोसिस रोगले पनि मानिसहरुलाई बेलाबेलामा तर्साउने गर्छ । महिलाहरुमा चालीस वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो । ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्छ । यसले हड्डीलाई यति धेरै कमजोर बनाइदिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना उच्च हुन्छ ।
ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।
तनाव
पुरुषको तुलनामा महिलालाई तनावको समस्या अत्याधिक मात्रामा हुन्छ । प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकार हुन्छन् । हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ ।
अत्याधिक तनाव भएमा मानिस अस्वस्थ हुन सक्छ । यसले मानिसको वृद्धिविकासमै अवरोध खडा गर्न सक्छ । त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ ।
अटोइम्युन डिजिज
अटोइम्युन डिजिज त्यस्तो विरामी हो, जसले शरीरको इम्युन सिस्टमले शरीरलाई नै आक्रमण गरी शरीरका टिष्युलाई नष्ट पारिदिन्छ । अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, अमधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ । भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ । यद्यपी, यो रोगबारे अझै पनि धेरै महिला अनविज्ञ छन् । त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नहुनस सक्छ ।
किनकी यसको लक्षण खासै देखिदैन । यद्यपी, समयमै उपचार गरे यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिन्छ । यदी तपाईंमा पनि यस्तै कुनै रोग देखिएको छ भने तुरुन्तै चिकित्सकसित परामर्श गर्न जरुरी छ । अन्यथा, यसले जटिल समस्या निम्त्याउन सक्छ ।
केहि सम्बन्धित थप जानकारी,
पाठेघरको क्यान्सर के हो ? कारण, लक्षण र रोकथाम
पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ ।
महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो ।
४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन्। महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ ।
पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ । हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो । संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्षित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ ।
समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ । हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ ।
सामान्य लक्षणहरू
९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई-तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि।
१. रजोनिवृत्ति भइसकेपछि रक्तश्राव हुनु।
२. यौन सम्पर्कको समयमा बढी पीडा हुनु।
३. तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुनु।
४. मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुनु।
५. शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु।
६. लामो समय रक्तश्रावका कारण रक्तअल्पता हुनु।
पाठेघरको क्यान्सरको अवस्था
पहिलो अवस्था क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।
दोस्रो अवस्था पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।
तेस्रो अवस्था क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।
चौथो अवस्था क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।
कारण/कारक तत्त्वहरू
वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्त्वहरू प्रमाणित गरेका छन्
१. लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा ।
२. मोटोपना शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ ।
३. पारविारकि इतिहास आमा, दिदी, बहिनी तथा छोरीलाई क्यान्सर भएमा ।
४. कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा ।
५. महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा ।
६. स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा ।
७. स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा ।
८. पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा ।
९. मधुमेह तथा उच्च रक्तचाप भएमा ।
१०. तल्लो पेटमा बारम्बार विकिरण -एक्स रे औषधी)को प्रयोग भएमा ।
११. धेरै धुम्रपान गर्ने महिलाहरूमा ।
१२. ह्युमन पापिलोमा भाइरस, एचआईभी/एड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा ।
१३. पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा ।
१४. एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा ।
रोकथाम
नियमित स्वास्थ्य परीक्षण गर्ने ।
तौल घटाउने ।
सन्तुलित आहारको सेवन गर्ने ।
कम चिल्लो र बढी रेसायुक्त खाना खाने ।
धुम्रपान नगर्ने ।
नियमित व्यायाम गर्ने ।
तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने ।
स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने ।
अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्याउने ।
चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने ।
यस्तो रहेछ पाठेघर खस्नुका कारण र लक्षण
पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने थैली आकारको प्रजनन अंग हो। पाठेघरलाई गर्भाशय पनि भनिन्छ । महिनाबारीको समयमा रक्तश्राव यहीँबाट हुन्छ र महिला गर्भवती हुँदा गर्भको बच्चा यसै थैलीभित्र हुर्किन्छ । पाठेघरलाई वरिपरिका मासंपेशी र तन्तुले आफ्नो ठाउँमा अड्याइराखेको हुन्छ ।
विभिन्न कारणले गर्दा पाठेघरलाई आफ्नो ठाउँमा थामेर राख्ने मासंपेशी र तन्तु कमजोर हुन जान्छन् । फलस्वरूप पाठेघरको केही भाग वा सिंगै पाठेघर योनिसम्म वा त्योभन्दा बाहिर निस्किन्छ । यो अवस्थालाई पाठेघर झरेको वा आङ खसेको भनिन्छ। यो समस्या उपचार गरेर निको हुन्छ ।
पाठेघर झर्ने कारण
महिला सुत्केरी भएपछि पाठेघर खुम्चेर पहिलेकै अवस्थामा आइपुग्न करिब ६ हप्ता लाग्छ। सुत्केरी भएका बेला पाठेघरलाई अड्याइराख्ने मासंपेशी धेरै कमजोर भएका हुन्छन् । यी तल उल्लिखित कारणले पाठेघर झर्ने समस्या हुन सक्छ ।
प्रसव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई बेस्सरी थिच्नु ।
प्रसव अवस्था नहुँदै बढी बल गर्नु ।
बच्चा जन्मिसकेपछि सालनाल छिटो निकाल्न भनेर आमाको तल्लो पेटलाई बेस्सरी थिच्नु ।
सुत्केरी भएको ६ हप्ताभित्र गह्रौँ भारी उठाउनु र गाह्रो काम गर्नु ।
धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु ।
कम उमेरमै बच्चा जन्माउनु ।
गर्भावस्था र सुत्केरी अवस्थामा चाहिँदो मात्रामा पोषिलो खानेकुरा खान नपाउनु ।
असुरक्षित गर्भपात गराउनु ।
पाठेघर झर्दाको लक्षण
पाठेघर खस्दा सुरुमा योनिबाट केही चिज निस्केकोजस्तो महसुस हुन्छ । यो हिँड्दा, उभिँदा वा खोक्दा झन् बढेको तथा उत्तानो परेर पल्टिँदा चाहिँ कम भएको महसुस हुन्छ ।
यो समस्या बद्दै गएमा सिंगै पाठेघर योनि बाहिर झुन्डिएर बस्छ। त्यति बेला यो आफैँ योनिभित्र जाँदैन ।
यसले महिलालाई हिँड्न, बस्न, काम गर्न धेरै अप्ठेरो हुन्छ ।
झरेको पाठेघरको डल्लो तिघ्रासँग घस्रेर घाउ भई पाक्न पनि सक्छ ।
ढाड दुख्ने, योनिबाट गन्हाउने पानी, रगत बग्ने पनि हुनसक्छ ।
पाठेघर झर्ने समस्याको रोकथाम
प्रजनन अंग पूर्ण रूपले विकसित नभई गर्भधारण नगर्ने वा कम उमेरमा नै बच्चा नजन्माउने ।
सुत्केरी व्यथा लागेका बेला पाठेघरको मुख पूरा नखोली बल नगर्ने ।
सुत्केरी गराउन सकेसम्म स्वास्थ्य संस्थामा जाने ।
गर्भावस्था र सुत्केरीपछि कमजोर भएका मासंपेशी फेरि बलियो बनाउन कम्तीमा दुई वर्षको अन्तरमा मात्र अर्को बच्चा जन्माउने ।
सुत्केरीपछि कम्तीमा ६ हप्तासम्म महिलाले भारी उचाल्ने र गह्रौं काम नगर्ने ।
गर्भवती र सुत्केरी अवस्थामा पोसिलो आहार अरुबेला भन्दा बढी खाने ।
पाठेघर झरेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा गई सल्लाह लिने वा जचाउने ।
सुरुको अवस्था छ भने पनि अझ जटिल हुन नदिन गह्रौँ भारी बोक्ने आदि काम नगर्ने र समयमै उपचार गराउन स्वास्थ्य संस्था जाने ।
पाठेघर झर्ने समस्याको उपचार
पाठेघर झरेको अवस्थालाई पाठेघरको स्थिति अनुसार तीन चरणमा वर्गीकरण गरिन्छ ।
पाठेघर झरेको सामान्य अवस्था– योनिको भित्री मुखसम्म आएको ।
पाठेघर झरेको मध्यम अवस्था– केही भाग योनिको बाहिरसम्म आएको ।
पाठेघर झरेको पूर्ण अवस्था– सम्पूर्ण भाग योनिबाहिरै निस्केको ।
यिनै स्थितिका आधारमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गरिन्छ । त्यसैले आफूलाई पाठेघरको स्थिति सामान्य अवस्थामा नभएको जस्तो लाग्छ र काम गर्दा असजिलो महसुस हुन्छ भने उपचारका निमित्त स्वास्थ्य कार्यकर्तासँग सम्पर्क गरी हाल्नुपर्छ । पाठेघर झरेको सामान्य अवस्थाको उपचार सजिलै हुन्छ ।
यसबेला योनि खुम्चाउने व्यायामले मात्र पनि पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । यो व्यायामले पाठेघर र योनिको वरिपरिका मासंपेशी बलिया हुन्छन् र पाठेघरलाई अड्याई राख्न सक्ने बनाउँछ । सामान्य अवस्थामा रिङ्गपेसरी राखेर अस्थायी उपचार पनि गर्न सकिन्छ ।
शल्यक्रिया उपचार
शल्यक्रिया वा अप्रेसन पाठेघर झर्ने समस्याको मुख्य उपचार विधि हो । यसमा पाठेघरलाई सिङ्गै काटेर झिकिन्छ । अप्रेसनपछि सामान्य व्यक्तिसरह काम गर्न सकिन्छ । अप्रेसनपछि महिनावारी भने हुँदैन र गर्भवती पनि हुन सक्दैन । बच्चा पाउने चाहना भएका महिलाले पाठेघरको शल्यक्रिया गर्नुहुँदैन ।
समाज र परिवारको दायित्व
यो समस्या विशेष गरी हाम्रो समुदायमा बच्चा जन्माउँदा या सुत्केरी भएको बेला महिलाले उचित स्याहार नपाउँदा हुन जान्छ । त्यसैले गर्भवतीलाई सुत्केरी गराउन वा बच्चा जन्माउन घरमा नगराई स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
सुत्केरी अवस्थामा महिलालाई पोसिलो खाना खान दिने, आराम दिने, गह्रौँ भारी उठाउन नदिने जस्ता कुरामा परिवारका अन्य सदस्यले विशेष ध्यान दिनुपर्छ । त्यस्तै कम उमेरमा विवाह नगराउने, धेरै सन्तान नजन्माउने कुरामा सचेत हुनुपर्छ। समस्याबाट पीडित महिलालाई हेयको दृष्टिले नहेरी समयमै उपचार गराउन सहयोग गर्नुपर्छ। यसमा पतिको भूमिका अझ धेरै महत्वपूर्ण हुन्छ ।
यस्तो छ पाठेघर बाहिर बच्चा बस्नुको कारण, यसको लक्षण र उपचार
महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।
समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।
यो अवस्था किन खतरनाक ?
पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।
कारण
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने
२. ट्युबको पहिला शल्यक्रिया भएको छ भने
३. बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने
४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए
५. कपर टीको प्रयोगले
लक्षणहरू
१. महिनावारी रोकिने
२. पेट दुख्ने
३. योनीबाट रगत जाने
४. वाकवाक लाग्ने
५. बेहोस हुने
पत्ता लगाउन गर्नुपर्ने जाँचहरू
१. पिसाबको टेस्ट । यसले गर्व छ वा छैन भन्ने थाहा हुन्छ
२. पेटको भिडियो एक्सरे
३. रगतको एचसिजी हार्मोनको टेस्ट
उपचार
१. गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ
२. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ । मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ ।
महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
सभार ःउर्लाबारी न्युज