रोग नचिने पछि ओखती पनि ओखती हुँदैन

गजल

मैयाँ लामिछाने

रोग नचिने पछि ओखती पनि ओखती हुँदैन ।

अन्धधुन्ध उपचार गर्दा निको एकरत्ति हुँदैन ।

सक्नु हुन्छ भने मन दिएर आफ्नो बनाउनु

सिंदुर पोते दिदा मात्र श्रीमान, श्रीमती हुँदैन ।

आफ्नो परिचय आफैले बनाउने हो महोदय

जाँड खानुस्, तास खेल्नु मेरो आपत्ति हुँदैन ।

म बाजि गरेर भन्न सक्छु त्यस्ता पुरुषहरुलाई

श्रीमती हेप्नेको जिन्दगीभर केहि प्रगति हुँदैन ।

छोरि रानी बुहारिलाई दास सम्झनु भयो भने

साच्चै हो सासुको माया आमाको जति हुँदैन ।

You can share this post!