काठमाडौं – स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ५१० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान ९ बजेसम्म ५ सय १० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुमध्ये ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।
प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्दै चलाइएका दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।