भक्त ठकुल्ला
ब्रमाण्डको उत्पत्ति हुदा नै प्रकृतिको मनोरम उपहारले सजिएको धर्तिको शिर सगरमाथा अनि शान्तित्वको मार्गदर्शक गौतम बुद्धको जन्म भूमिको पहाडी इलाकामा जन्मिदैका अभावपूर्ण समाज अनि तेही सेरोफेरो हुर्किन बाध्यताको सकस आफैमा जकड़िएको छ । अरुले त अन्दाज गर्न सक्दैनन् । जसले भोगेको छ उसले मात्र स्मरणमा राखन सक्छ जसले भोगेर हुर्केको हुन्छ त्यो समस्या । समस्यामा हुर्केको म अनि मेरो छिमेकीहरु गरिबिको चपेटामा व्यतित समाज आदि इत्यादि । बाल्यकालमा अरु देख्दा पढ्ने इच्छा नभएको त होइन तर त्यति बेला किताब कापी स्याही किन्न पैसा चाहिन्थ्यो त्यो जोहो गर्न नसक्ने मध्यको मेरो परिवार अनि मेरा छिमेकि पनि थियाैँ । यस्ता यस्तै ८/९ बर्समा बल्ल बल्ल बिद्यालय भर्ना हुदाको सम्झना राम्ररि छ ।
त्यो समय जुता चप्पल लगाउने हामि जस्तोको लागि कल्पना भन्दा टाढा थियो तर स्काउटको बाध्यताले खाकीको ड्रेस सेतो मोजा र निलो जुता अनिबार्य गरिदा छिमेकी सापटी लियर जोहो गरियो । बाबाको लामो लुगा काटेर गाउको दमाइ दाइले सिलायको कहिलेइ बिर्सिन्न । तिनताक अछाम जिल्लामा राजाको सवारी रहेछ । स्काउटलाइ अनिबार्य थियो नै रमाइलो हेर्न त मन सुन्दै फुरुङ्ग थियो । सहभागी भैयो पनि । त्यो चिटिक्क सजायइयको मन्चमा सुन्दरताको भरिपूर्ण मुहारका राजा अनि चाकडीमा घनिभूत पंचहरूको फुइ । साथै शाही नेपालि सेनाको राफ हेलिकोप्टरको अलौकिक दृश्य आदि इत्यादि मध्ये पंचहरूको रवाफ अलि पेचिलो नै थियो । त्यो म बिर्सिन सकेको छैन अाजतक ।
जिउ तिउ गरि बाउआमाको मेहनतले दिन बितिरहेकाे थिएँ वर्ष भरि ४/५ मुरी खेति बल्ल बल्ल उब्जाउ हुने निम्न परिवारको गति उज्जल थियन । निकै पिर लाग्थ्यो मन बेचैन हुन्थ्यो तर समाधानको बिकल्प तय गर्ने क्षमता नै थियन । केहि समय बिति रहदा ०३६ सालमा बहुदल निर्दलको चुनाव आयो । भनिन्थ्यो परिबर्तनका लागि बहुदल अनि बि पी कोइरालाको लोकतान्त्रिक समाजवादले आमुल परिबर्तन हुछ । गरिबलाई राम्रो हुन्छ आदि इत्यादि । निर्दल भनेको राजालाई चाहाने को रे । अनि पंचको पेचिलो मंचको याद आयो । हामी पनि बहुदल तिर हुइकियौ ।
हामि पनि मतदानबाट उमेर हदले बन्चित भयता पनि चासोका साथ लागियो । तर निर्दलले जित्यो बिस्लेसण गर्ने उमेर र क्षमता थियन आयो गयो । तर मस्तिस्कमा बि पी को अपिल गहिरो कौतुहलता बसी रह्यो । आमाबाउको मेहनत ज्यालादारीका कारण जिउतिउ ४/५ मुरी धान, गहु आदिको आम्दानीले चलाइरहदा इच्क्षा आकांक्षा र आवस्यक्ताले दिनानु दिन माग तिब्र भैरहदा दुखका क्षणले कटक्कै मन खान्थ्यो । २ बर्सको १ जोर सम्म लुगा किनिन्थ्यो सबैको तेस्तै होकी जस्तो लाग्थ्यो तर ति बेदना आफैमा बिलय हुन्थे । मन चन्चल थियो किन किन यति पिर लाग्थ्याे कि सायद पुरा निन्द्रा सुतेको सम्झनाका दिन थोरै छन् ।
प्रसस्त काम गर्न बारी नहुदा अदिया सम्म गरिन्थ्यो । गाउमा हुनेखानेहरु पनि नभयका होइनन तर बिरलै ज्यादै त गरिबीमै जिबन यापन गर्ने दाजुभाइहरु हुनुहुन्थ्यो । अझै कम्जोर पनि यस्तै त्यस्तै उफ्फ़ । समय माध्यामिक विद्यालयको मध्ये तिर पुग्दै थियो । चलन तेस्तै थियो र मेरो बिहे पनि भैसकेको थियो । आमाको तिब्र इच्छा अनि करका कारण १ दिन आमाले अब ९ क्लाश पढिस रोजीरोटीको लागि तैले केहि गर्नु पर्छ भन्नु भो । मसंग जवाफ थियन बुबा भारत जानु भाकोथ्यो । घरमा परिवार सदस्य थपिने कार्य बढ्यो र पढाई अगाडी बढाउनु कल्पना गर्दै गर्दा बुवाको खबर आयो । मसङ्ग पैसा छैन मैले केहि गर्न सक्दैन तलाई पढाउन पनि सक्दैन जति गरे त्यति नै हो भारतमै नोकरी गर्न आउनु ! मन कता पुग्यो होला के सोचियो होला त्यो आमालाई र कसैलाई पनि ब्यक्त गरिन । दुखीको घरमा मात्र तेरो बास हुने भय हे इश्वर मलाई फेरी दुख दे दार्सनिक सुकरातको भनाइ स्मरण गरे ।
हाम्रो गाउमा यस्तै चलन थियो अझै छ जहा गरिबीको छाया छदै छ र रही रहने छ । आफ्नो निरन्तर अभावको युद्द जारि नै रह्यो आवस्यकता का खातिर कति मेहनत गरियो पहाडी निम्न आयको जिबन स्तरको पिडा साच्चै बिर्सन चाहान्थे । अर्को दिनबाट झुल्की हाल्थ्यो त्यो दिनचर्या त नमरे सम्मको लागि न थियो । सत्याग्रह देखि बहुदल घोसणाको भूत सबैमा सयर थियो । म र थुप्रो साथीहरु जो गरिबिका खास सदस्यहरु जसको घरमा नहुने कुरै थियन । हुदैन बिहान आकासका तारा झरेर नगय बन्दैन देश २/४ सपुत मरेर नगय भन्ने कबिता थाहा थियो नै ।संबैधानिक राजतन्त्र सहितको बहुदलिय ब्यबस्था लागु भयो साच्चै पंचको रवाफ बिलय हुदै गर्दा पनि त गरिबी हट्दो रहेन छ । कतिले भारतमा जानु पर्दैन यतै ब्यबस्थापन हुन्छ धनीको जग्गा हडपेर गरिबलाई दिन्छु भन्दै थिय । पार्टीका आआफ्ना डम्फु बज्दा बज्दै भारत तिर हानिन बाध्य भैयो । यस्तै थियो अझै छ यहाको चलन किनकि आफुले चाहि घरमा आउदा निन्याउरो अनुहारमा आमालाई नियाल्नु पर्थ्यो आफु भन्दा पछि थपियका को त झनै कति पिर लाग्थ्यो कति ? परिबर्तन पछि के के नारा थिय के के सबैजना जानकार छौ तपाईहरु पनि निश्चित अछुतो हुनुहुन्न ।
भोको पेटले लगायको नारा राके जुलुस मै स्थगित गर्नु पर्यो । अशिक्षा तर इमान्दारिताले गर्दा भारतमा नोकरी खोजि रहनु पर्दैन थियो । आफन्तहरु थुप्रै गल्लि गल्लीमा जागिरे थिय । पढेका र अनपढ़ सबै बिकेका थिय नै । म पनि अन्तिम बुबाको कै आज्ञाकारी हुनु पर्यो तर इच्क्षा होइन गरिबीको बाध्यता थियो । त्यो बिशाल देश भारत को बिस्लेसण गर्दा फेरी नेपाल प्रति के आसा थियो भने साच्चै लोकतन्त्र भयको मुलुक भारतले हामीलाई जागिर दियो भने अहिले सम्म नेताहरुका आफन्तले मात्र जागिर पायता पनि अबको पालोको छेउ छाउमा हामि जस्तो गरिबका सन्ततिहरुलाइ किन र कसो नपुग्ला र एक्लो एक्लो गुनगुनाउदै रोजगारी गल्लि गल्लीमा डराई डराई कल्पनामा हौसिदै थिय । किनकि रास्ट्र प्रतिको माया र आस चाहि मरेको थियन आफ्नो दिन त गयोनै भावी सन्ततिले पढेर जागिर पायो भने पनि आफ्नो जस्तै दीन दोहोरिदैनन भन्ने आसा नभाको होइन। एबम रितले दीन बितिरहकै क्रममा जीवनका अनेकौ उतार चढावकै निरन्तरतामा चीनको वुहानामा कोरोन भाइरस रोग उत्पन्न भयो रे सुनियो । त्यस बारेमा साच्चिकै जानकार कोहि थियनन बिस्तार बिस्तार बिस्वमै फैलियो र गरिबी माथि अर्को बज्रपातको प्रारम्भ भयो । विश्यवभरका नागरिक माथि परेकाे यहि बज्रपात काेराेना भाइरसका कारण नेपालीहरू अाफ्नाे देश अनि विदेशका गल्लीहरूमा नारकिय जीवन जीउन बाध्य भैरहँदा पनि हाम्राे कम्युनिषट नामधारी दुइ तिहाइकाे सरकार र सरकारका परराष्ट्रमन्त्री मुकदर्शक बनिरहँदा एउटा जिम्मेवार नागिरकले केहि बाेल्नै पर्ने ठानी सरकार र परराष्ट्र मन्त्रिलाइ पत्र लेखेकाे छु । अाशा गराै पक्कै पनि सार्वजनिक चासाेकाे विषय भएकाे कारण पत्रका उठाइएका ज्वलन्त समस्याहरूकाे समयमै सम्बाेधन हुनेछ ।
माननीय पररास्ट्र मन्त्रीज्यू सादर नमस्कार
कुशल नै हुनुहुन्छ होला आसा त्यहि छ । सुन्दर त्यो नेपाल जननीको सन्तति भयको गौरव हामीलाई पनि लाग्छ । बुद्धको शान्तित्व अनि सगरमाथाको गाथा अजर रही रहोस भन्ने मनोकामना प्रत्यक बिहानीमा मेरो मानसपटलमा पनि गुन्जीरहन्छ शायद तपाईहरु जस्तो अग्रजले भनेको सुनेर होला मनमा जे जति दुख, कुण्ठा, पिडा र भयता पनि बाहिर रास्ट्रबादी भन्न पनि मन लाग्छ ।
हामि थुप्रै सपना बोकेर देशको परिबर्तनका प्रत्यक कालखन्डमा हौसला माथि हौसलामा झुमिरहदा रहदै पनि बाध्यताले अर्कोको मुलुकमा गल्लि गल्लीमा रोजगारीका निमित्त भौतारिदै टाउको लुकाउन र घरमा बाबा आमा अनि अर्धाङ्गिनी र लालाबालाको नया लुगा लगाउने, २ छाक टार्न समेत पाइञ्छ भन्ने आसा र औसधि मुलोको जोहो गर्न सकिन्छ कि भन्ने भरोसामा गरिबीको घुम्टोको लाज छोप्न बाध्यताले बिदेश जानको विकल्प नभेटाइ बिदेशमा आयका छौ । प्राणीको आसा र घरपरिवार गाउ समाजको माया नभयको हामीलाई पनि काहा होर ? अर्कोको काम गरेर श्रम खर्चेर पनि बेइज्जति सहेर गालि खान हामीलाई पनि रहर त कहा थियो र मन्त्रीज्यू ।
पटक पटक देशमै रोजगारी दिने अनि बिस्तारबादी बिरुद्धका नारा नेतृत्वको निर्देशनमा के सम्म गरेन हामि एबं जनताले तर नारामै सिमित रहन गयको बिधितै छ । त्यो सत्ताकाको खातिर ठुलो खेल भय पनि हामि त रमिते मै सागुरियका छौ । त्यो गरिबीको बाध्यता हो जेनतेन गुजारा बल्ल तल्ल चलाउदै गर्दा आफ्ना सन्ततिले त आफ्नै भूमिमा कतै जागिर पाई पो हाइछन कि भनेर आसाको त्यान्द्रो नरहेको चाहि होइन किन किन आफ्नो भनेको आफ्नै हो भन्ने शब्द कता कता यो मुटुमा गढ़ेको कारण मात्री भूमि प्रतिको श्रद्धा र बिदेशमा मानवता हरायको श्रमको पीडादायी क्षणको बाध्यतामा मुटु छिया छिया हुदा हृदयले ठाउ छोड्छ
यहाहरुले त कल्पना पनि गर्नु सक्नु होला साच्चै बेदना कथा त लेखेर कहा सकियाला र ? तर साच्चैको पिडा छ बिदेशमा तपाईहरुले बुझ्ने मार्मिक भाषाको छनोट गर्न पनि हामि सक्दैनौ होला मन्त्रिज्यू तर लेख्न चाहि बाध्य पार्नु भो । यी यस्ता उकुस मुकुसले छताछुल्ल घोलियको मनको मझेरीमा रहदा रहदै विश्व महामारी कोभिड १९ संसारसंगै नेपाल, भारतमा पनि पस्यो तेही दिनबाट म जस्ता तमामौ गरिबीको छाप्रोबाट रोजगारिका लागि बिदेशियका थुप्रो नेपालीहरु अझै धेरै सुदुरपस्चिमका दाजुभाइ दिदिबहिनिहरु भारतका हरेक राज्यका गल्लि गल्लीमा रोगारमा छौ तर आज यो कोरोनाको प्रभावले सम्पूर्ण कारखाना बजार तथा सम्पुर्ण मानिसहरु जहा छन् तेहाबाट रोजगार मुक्त भए ठूलो आपत्ति आइलाग्यो महामारी रोग त थियो नै बस्ने खाने डेरा त परै जाओस
गाडी भाडा समेत नभयर रिन काढेर नपाउनेले त छदै छ जिउतिउ गरि आउन सक्ने हामि सिमानामा आइपुगेउ सिमाना बन्द गरियको छ हजुर हामि अलपत्र नैछौ । मुम्बई, गुजरात, पन्जाब, राजिश्थान, केरला, मध्ये प्रदेश विभिन्न ठाउ जताततै भोकभोकै पिल्सिरहेका छन् अनि दुइ देश बीच goverment to goverment जो जहा छन् त्यहि क्वारेन्ताइनमा बस्ने ब्यबस्था मिलाउने सम्झौता भयो भन्ने कुरा सरकार स्वयम् भन्छ । भारतको होटेलमा बस्ने ब्यबस्ता गर्दा गर्दै दश गाजामा आयर बस्ने ? अनुशासन हिन भनेको अभिव्यक्ति टेलिभिजनबाट सम्मानिय प्रधानमन्त्रिज्यूको सुन्न पाउदा हामीहरु साच्चै नै दुखी छौ ।
यदि ब्यबस्था गरियको छ भने कहा, कुन ठाउ, कोसंग, फोन नम्बर कतिमा र कति बजे ? कुरा गर्दा हाम्रो कुरा आवाज कसैले सुन्नुहुन्छ र महासय ? हामीले जाने बुझेको बिदेशमा रहदा नेपालि राजदूताबासको सम्पर्कमा हुनुपर्छ भन्ने हो त्यहा कोरोना हेल्प सेन्टर नामको फोन छ रे फोन लाग्दैन राजदूतको सम्पर्क हुदैन कुनै स्थान छैन जिबन सुन्यतामा छ भने अब कहा भेट्ने निकास मन्त्रीज्यू सम्पर्क स्थान खै ? के भारतीय राजदूताबास पनि ठुला बडाका लागि मात्रै हो र ? मन्त्रीज्यू नत्र भने यो नाटक मन्चन मात्रै भयन र ?
चीनको वुहानबाट कोरोनाबाट बचाउन पहिले भक्तपुरमा क्वारेन्टाइन निर्माण गरेर हवाइजहाज रिजर्व गरेर निशुल्क लियर आयर घर भित्र्याउनु भयो हामि पनि खुसि नभयका होइनौ तर अन्य देश लगायत भारतमा रोजगारीका लागि गयका नेपालीहरुका लागि यो सरकार किन विभेदकारी बनेको ? हामीले केहि गलत गरेका छौ जस्तो त लाग्दैन त तर एउटा फरक छ त्यो हामीले पनि अनुमान गरेका छौ चीनमा अध्ययन गर्न गयका बिद्यार्थीहरु नेताहरुका छोरा छोरी आफन्त थिए हामि त गरिब अशिक्षित रोजगारीका लागि गल्लि गल्लीमा भौतारिदै जिबन धान्न बिदेशियका पो परियो फरक तेती मात्र होइन र मन्त्रीज्यू ?
तपाइहरु त नेता रास्ट्रबादी बुद्दिजिबि रास्ट्र विधाता जनताको भाग्य निर्माता आदि इत्यादि तपाइहरु नै हो । वा मन्त्रीज्यू वा बिदेशमा दुख जोहो गरि कमायर पैसा पठाउदा को रेमिटेन्सले तेत्रो रकमले राज्य चलेको छ तेसमा के हाम्रो पैसाको हिसाब जोडीदैन र ? किन विभेद किन बेवास्ता किन आफ़्नो बिरानो के यहि हो जनताको खुन पसिनाले ल्यायको संघिय लोकतान्त्रिक गणतन्त्र भनेको ? परिभाषा बुझाई दिनु होस् वा समान न्याय दिनुहोस मन्त्रीज्यू । हामि बाध्यताले बिदेशिएकालाई भ्रस्टाचार र घुसको कुरा गर्न आउदैन तपाइहरुकै राम राज्य भो तर आफ्नो जन्म भूमिमा आउनलाई सहयोग सम्म नहुनु के न्याय नै भयको होत के नागरिकको हक प्राप्त भयकै हो त के यो जनताकै सरकार होत हामि अलमल्ल छौ मन्त्रीज्यू ?
बहुदलिय प्रणालीमा हामीले मत दियकै हौ तपाइहरुले जित्नु भयकै हो सरकारको पदमा आसिन हुनुहुन्छा हामीले कुर्चीको दाबि गरेका त होइनौ नि मन्त्रीज्यू सहजीकरण गरेर हामीलाई आफ्नो गाउ पाखा पखेरामा स्वास फेरी मर्न प्रबल इच्छा छ त्यति जोहो गरि दिनुहुन बिनम्र अनुरोध गर्दै कलम बिसाछु । उहि प्रदेशी छोरा गरिब काईला ।
लेखक नेपाली कांग्रेसका नेता तथा समाजसेवी हुन