बि पि बिद्रोही
उता कस्तो छ यहाँ येस्तै छ हाल मान्छेको ।
भाइरसभन्दा ठूलो
भोकमरी काल मान्छेको ।।
कोरोना लाग्दा
शहरमा मास्क र दबाइ हरायो ।
भुकम्पमा लुटियो
हजुर त्रिपाल मान्छेको ।।
जाबो
अलकत्राको के कुरा गर्नुहुन्छ तपाईं ।
सित्तैमा
पाए चबाउछन यहाँ कंकाल मान्छेको ।।
कालाहरुले
त कमाए धन्दा नै हो ठिक छ ।
कसरी
ठडिए शहरमा महल लाल मान्छेको ।।
अत्याचारले
सिमा नाघ्यो भने बस्तिहरुमा ।
हातहरु
स्वयं बन्छन बन्दुकको नाल मान्छेको ।।