मङ्सिर ३ , काठ्माण्ठौ
नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । नेपालको प्रचलित कानूनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानून विपरीत भनेको छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ ।
सरकारले २०६० सालमा सुरक्षित गर्भपतन सेवा गरेपछि देशका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिइरहेको छ । कानूनमा १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । अशक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि छ ।
कानूनी अज्ञानता र चेतनाको अभावका कारण गर्भपतन गराउन भारतका शहर पुग्ने महिलाले त्यहाँ अमानवीय व्यवहारसमेत सहनुपर्छ । गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ । नेपालमै सुरक्षित र भरपर्दाे गर्भपतनको सुविधा हँुदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिला खर्चिलो र जोखिमपूर्ण ढङ्गबाट गर्भपतन गराउन बाध्य भएका हुन् । पछिल्लो समयमा खुला सिमानाका कारण गर्भपतनको अवस्था निकै जटिलसमेत बन्दै गएको छ । असुरक्षित रुपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आशमा लिङ्ग पहिचान गरी भारतीय बजार रुपैडिहा, बहराइच हुँदै लखनउसम्म पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
भारतीय बजारमा पुगेर गर्भपतन गराउने महिलाको सङ्ख्या यकिन नभए पनि वर्र्षैपिच्छे बढ्दो क्रममा रहेको जनाइएको छ । नेपालभित्र गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान हुने र अरुले थाहा पाउने भन्दै नेपाली महिला भारतीय बजारमा पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन् । प्रायजसो मध्यपश्चिमका जिल्लाबाट समेत गर्भपतनका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । तीमध्ये खासगरी ग्रामीण क्षेत्रका महिला बढी गएको पाइन्छ ।