काईटसंसार सम्बाददाता,
लेखन : सुशील गौतम
०२ भाद्र २०७५
भनिन्छ बिना उदेश्यको जिन्दगी भनेको बिना आत्माको शरीर जस्तै हो रे । त्यसो त हरेक मान्छेले छुट्टा छुट्टै विशेषता अंगालेका हुन्छन् । जिन्दगीको यात्रामा हामी कोहि त्यस्ता मान्छे भेट्छौं,जस्ले हाम्रो जिबनमा आशाको किरण जगाइदिन्छन । जिन्दगी जिउँदै जादा कतिपय मान्छेहरु भिँडभाँड मै हराउँछन भने,कोहि त्यस्ता मान्छेहरु पनि हुन्छन् जस्ले त्यहीँ भिँडबाट अलग पहिचान बनाई आफुलाई परिभाषित गर्न माहिर हुन्छन् । त्यसैको ज्वलन्त उदाहरण हुनुहुन्छ सोह्रखुट्टे,काठमाडौं निवासी ३३ वर्षिय जग्दिश जग्स भण्डारी ।
वि.स. २०४२ पौष २२ गते जन्मेका जग्दिश कहिले जग्गु कहिले जग्दिस र कहिले जग्दिस भण्डारी भनेर चिनिय ।
उनी सम्झन्छन बाल्यकालमा जब स्कुलमा छदा घरबाट खाजा खान दिएको पैसा ,दशैमा टीका लगाएर दिएको दक्षिणा बचत गरेर राख्थे । कलेजमा हुँदा त खल्तीमा १०० बोकेर एक महिनासम्म पनि कटाउने गर्थे । जब slc सकियो तब खाली समयलाई सदुपयोग गर्नको लागि साइकलमा दुध बेच्ने काम गर्न थाले,जुन बिहान ३ बजेदेखी ९ बजेसम्म खटिनु पर्थ्यो । क्याम्पस भर्ना भएपछि चै ९ बजे काम सकेर पढ्न जान्थे । त्यहीँ दुध बेचेर कमाएको पैसाले घरमा किचेनको भाँडाहरु glass,cup,tray देखि vacuum cleaner,oven जस्ता धेरै सामानहरु जोडेको थिए । पछि थाहा भयो दूध बेचेर अफिस जोइन गर्ने बेलासम्म १ लाख जति पैसा बैंकमा जम्मा भैसकेको रहेछ ।
जब सन् २०११ डिसेम्बरमा घान्द्रुक गएदेखी एक्कासि उनमा घुम्ने भुत सवार भएर आयो । करिब १०-१५ दिनको एउटा भ्रमणमा चानचुन जम्मा ५००० बोकेर घरबाट निस्कन्थे । जाँड,रक्सी,चुरोट नखाने भएर पनि होला,घरबाट बाहिर घुम्न निस्किदा छुट्टै विश्वास हुन्थ्यो उनी भन्छन । भ्रमण गरेर फर्किदा घरको सबै सदस्यहरुलाई केही न केही ल्याइदिएकै हुन्थे ,मेरो पहिले देखि नै गाडी नचढ्ने बानी थियो ,लामो दुरिको यात्रामा मात्रै गाडी चढ्थे । घुम्दै फोटो खिच्दै हिंड्ने भएर नि मलाई हिंड्ने बानी पर्यो होला सायद , अर्को कुरा इतिहासमा मान्छेहरु हिंडेरै बाँच्थे भने,मैले चै किन नसक्ने भन्दै गलल हास्न थाले । मलाई,मेरो केही पहिचान चाहिन्थ्यो त्यहीँ भएर पनि म हिंड्न् थाले जस्तो लाग्छ ।
त्यस पछी मैले पनि सोधी हाले पहिचान को लागि हिंड्ने भय त् म पनि हिड्छु भन्दै गर्दा , उनले भने मलाई अहिले पनि याद ताजै छ,जन्मदिनको बेला थिएटरको साथीहरूले पुस्तक उपहार दिएका थिए,जस्ले मेरो सोचमा परिवर्तन ल्यायो । उक्त पुस्तकमा इतिहासको कुराहरु पनि थियो र खोजमुलक पनि , त्यसपछि इतिहासको अनुसन्धानमुलक पुस्तक खोजी खोजी पढ्न थाले । समय बित्दै जादा अलिअलि गर्दै इतिहास सम्बन्धि रुचि बढदै गयो । त्यसपछि त्यो बेलाको रुपरेखा र फोटो कस्तो होला भन्ने कुरा दिमागमा खेल्न थाल्यो । एकदिन भाइसँग रत्नपार्क जाँदै गर्दा बाटोमा त्यहीँ रत्नपार्कसँग जोडिएको कुनै कुरा मैले भाइलाई सुनाए,अनि त्यो सुन्ने बितिकै भाइले पहिला त यो ठाँउ यस्तो रहेछ नि भन्ने कथनहरु सुनायो र भन्यो बरु यो सम्बन्धि पुरानो फोटोहरु म तपाईंलाई उपलब्ध गराउछु भन्यो ।नभन्दै उस्ले दिएको ३० वटा पुरानो फोटो पछि सन् २०११ बाट मेरो इतिहास सम्बन्धि पुरानो फोटो संकलन गर्ने हिंड्ने यात्रा सुरु भएको थियोे ।
सन् २००७ सालमा major english विषयमा हाम्रो ५ जनाको ग्रुप थियो । एउटा साथी tution पढ्थ्यो,त्यो tution पढ्ने साथिको साथी रंगमंचको कलाकार थियो । यसरी रंगमंचको साथीसँग निकटता बढदै गयो र बिस्तारै नाटक तिर रुचि बढदै गयो । त्यसपछि प्रायः जसो नाटक हेर्न जाने र बेलुका नाटक हेरेर घर फर्केपछी,त्यहीँ हेरेको नाटकलाई समिक्षा गर्दै फेसबुकमा पोस्ट गर्न थाले । नाटक हेर्न गैरहने र खिचेको फोटो फेसबुकमा हालिरहने हुँदा कलाकारहरूसँग चिनापर्ची हुँदै गयो र सम्बन्धले थप उचाई लिदै गयो । त्यहीँ कारणले गर्दा आज थुप्रै पुरानो कलाकाहरुसँग आत्मीयता बढ्दै गैरहेको छ !
उनको DSLR CAMERA किन्ने काहानी तब सुरु भयो जब गाडीमा भन्दा हिडेर यात्रा गर्न रुचाउने,विभिन्न ठाँउहरुको फोटो खिच्ने,पुरानो फोटोहरु संकलन गर्दै हिंड्ने भएपछि बिस्तारै camera को अभाव महशुस हुँदै गयो। मान्छेहरुको आ- आफ्नै इच्छा,चाहाना र महत्त्वकांक्षा हुन्छ,तर त्यसबेला मेरो एउटै मात्रै चाहाना dslr camera बोक्नु थियो । विभिन्न ठाँउको tour गर्दै जादा खिचेको फोटोहरु फेसबुकमा हाल्न थाले,पछी बुझ्दै जादा राम्रो फोटो लाई त dslr चाहिने रहेछ । Dslr camera को सपना देख्दै,बिस्तारै दिनहरु बितिरहेका थिए। त्यसको केही समय पछि २०१२ मा विश्व ध्वस्त हुनेवाला हल्ला फिजिएको कारणले गर्दा दाइ (अंकलको छोरा ) बिदेशबाट नेपाल आउनु भयो । आउने बेलामा दिदिले कुनै digital camera मगाउनु भएको रहेछ तर लेर आको camera कसैले गायब गर्दिएछ ।धेरै पछि दाइको bike accident भयो अनि पैसा नि चाहिएकोले आफुले चलाउने camera दिदिलाई दिन खोज्नु भयो beginner level को dslr camera थियो त्यो,camera देखेर मलाई लोभ लाग्यो अनि दिदिलाई यो camera ठिक छैन,चलाउन गाह्रो हुन्छ भन्दिए । दिनरात सुत्दा उठदा समेत त्यहीँ camera को सपना देख्न थाले । दिदिले नलिने भएपछि camera दाइसँग नै भयो । खासमा दाइलाई camera चलाउन नआएकोले बिग्रेको camera भनेर बेच्न खोज्नु भाको रहेछ । तर मैले त्यही camera बाट दामी फोटो खिचेर देखाएपछि दाइ चकित पर्नु भो। मेरो camera प्रतीको रुचिलाई दाइले बिस्तारै बुझिसक्नु भएको थियो र चाहिएको बेलामा लैजाउ भनेर मलाई camera use गर्न दिन थाल्नु भो,त्यसपछि त दिनभर camera बोक्यो,photo खिच्यो,बेलुका दाइलाई camera बुझायो गर्न थाले । तर दाइले जस्ले camera माग्यो उसैलाई दिने भएकोले,camera को राम्रोसँग care थिएन,त्यही बिचमा कसैले चलाउन लगेछ र बिगारेर फिर्ता ल्याइदिएछ । त्यो बेलामा दाइलाई भन्दा दु:ख त मलाई लागेको थ्यो camera बिग्रेकोमा ! सायद म camera बिना बाच्नै नसक्ने भैसकेको थिए । केही दिनपछि बिग्रेको camera लिएर दाइ newroad मा बनाउन जानू भयो,तर २० हजार लाग्छ भन्ने थाहा पाएपछि दाइले नबनाउने निधो गर्नु भो,त्यसपछि त मेरो camera life नै सकिए जस्तो महशुस भयो । एकदिन दाइलाई पैसाको खाचो परेछ क्या हो,मलाई बोलाएर २० हजारमा camera तिमि बनाएर तिमी नै राख,बाकी ५ हजार चै मलाई देउ न त भन्नू भयो । त्यसपछि त camera बोक्ने रहर फेरि पूरा हुने भो भन्ने कुराले रातभर छट्पटि भएर सुत्नै सकिन,खुशीले गदगद भएर कहाँ जाउ, के गरौं जस्तो भयो । अनि करिब एक वर्ष अघि मैले रेस्टुरेन्टलाई पुरानो photo sell गरेको थिए । उक्त photo को पैसा दिन बारम्बार कल गर्दा पनि आफ्नै कारणले जान पाइरहेको थिइन,पछि म आफैले कल गरे र पैसा लिन गए। म आफैंले कल गरेर पैसा लिन गएपछि त्यो मान्छे पनि खुसी हुँदै फोटोको पैसा खाममा थमाइदियो । पछि घर आएर खाम खोलेर हेर्दा २० हजार नै पो रहेछ । घरभरी पैसा फालेर ममिलाई देखाए । अनि त्यहीँ पैसाले dslr camera बनाए,दाइलाई बैंकबाट ५ हजार पनि झिकेर दिए । यो कुरा सन् २०१२ तिरको थियो,जिन्दगीको पहिलो dslr camera यसरी आएको थियो । त्यसपछि अहिलेको 70 D को body ८० हजारमा २०१७ मा किनेको थिए । अधिकांश गाडी चढ्ने ठाँउमा खुट्टाले पैदल हिड्थे र त्यही हिँडेर बचेको पैसालाई बचतको रुपमा खुत्रुके र दराजमा राख्दै आए । नभन्दै त्यसको केही वर्षमा नै,गाडी चढ्दा लाग्ने गाडी भाँडा बचाएर नयाँ dslr body रु. ८० हजारमा किन्न सफल भएको थिए । यहीँ dslr camera बाट फोटो खिच्दा विगतमा सामाजिक रुपमा चर्चित फेसबुक ग्रुप men’s room reloaded (MRR) बाट MRR best photography of the year बाट पनि सम्मानित भएको थिए ।
उनी भन्छन ममिलाई नशाको बिरामी पर्दा कमलपोखरी नेपाल जैन परिषदको building मा free मा yoga practice गराउने हुँदा,म पनि ममिसँगै जान्थे,बिस्तारै yoga को बिधिहरु सिक्दै गए त्यही सिकेको कारण १.५ वर्ष yoga instructer को रुपमा काम गर्ने गर्थे । त्यो बेलामा योगाको research,natural therapy को research कति गरियो,त्यतिबेला फेसबुक नभएकोले पोस्ट गर्न पाइन,article लेखेर print गरेर book जस्तो बनाको पनि थिए,एकजनाले लगेर हराइदियो । सन् २०११ मा नेदरल्यान्डको IT company मा graphics designer को रुपमा काम गर्थे,तर short period लाई खुलेको भएर पछि बन्द भयो । त्यतिबेला १२००० प्लस खाजा खान दिन्थ्यो भने प्रायःजसो सधै हिंडेर नै कुपोन्डोलमा रहेको अफिससम्म पुग्ने गर्थे । जागीर गर्दा थाहा पाए,अफिसको कामले गर्दा कहिँ कतै हिंड्न नपाइने,आफुले मन लागेको चिज भनेको बेला गर्न नसकिने र समयको महत्त्व राम्रैसँग बुझिसकेको थिए ।
उनी सम्झन्छन दारी ग्याङको स्थापना काल देखि नै म दारी ग्याङको संयोजकको रुपमा रहदै आएको छु । तर कहिँल्यै पनि म संयोजक हो भन्ने महशुस नै गरिन,किनकि ग्रुपभित्र संयोजनको जिम्मेवारी भएता पनि म सबैलाई सम्मान व्यवहार गर्छु । विगत २ वर्षदेखि आफुले भ्याउने जति समय दारी ग्याङलाई दिरहेको छु । म सँगसँगै अरु थुप्रै जाना दारी ग्याङको संयोजक हुनुन्छ सबैले आ- आफ्नो क्षेत्रबाट सकेको गरिरहनु भएको छ । झन ग्रुपभित्र रहनु भएका सदस्यहरुको त जति तरिफ गरेपनी कम नै हुन्छ। सबै सदस्यहरुले आ- आफ्नो ठाँउबाट उल्लेखनीय कामहरु गर्दै आइरहनु भएको छ । सुरुवातका दिनहरूमा दारी ग्याङ भन्ने बित्तिकै मुख खुम्च्याउनेहरु पनि देश तथा विदेशबाट हामी सबैको साझा प्रयासमा भैरहेको blood donation,सरसफाइ,बस्ती निर्माण र सहयोग संकलनका कामबाट दारी ग्याङलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको देख्दा खुशी लाग्दो रहेछ । अझै गर्न धेरै बाकी छ,तर हामिले दारी ग्याङ स्थापना देखि नै गर्ने भन्दै आइरहेको All nepal दारी ग्याङ beard competition छिटोभन्दा छिटो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । यसका साथै,दारी ग्याङलाई आफूसँग विभिन्न कला,सीप र क्षमता भएका साथीहरूले प्लेटफर्मको रुपमा आफुलाई प्रस्तुत गरिरहेको पाँउदा एउटा सदस्यको रुपमा खुसी लाग्दो रहेछ । दारी ग्याङले सबैको इच्छा अनुरुप समाज रुपान्तरणको लागि पनि आफ्नो अहम् भुमिका खेल्नेछ भन्ने मलाई विश्वास लागेको छ ।
उनी भन्छन पैसा कमाउन नसके पनि साथमा भएको पैसालाई कसरी बचाउनु पर्छ भन्ने राम्रो ज्ञान रहेको छ । पैसा सक्ने भनेको drinks मा हो,drinks नगर्नेको त्यति पैसा खर्च हुँदैन ।drink नगर्ने भएपछि घरबाट पनि छुट्टै विश्वास हुने उहाँको बुझाइ रहेको छ , सुरु देखि नै पैसाको महत्व बुझेको थिए,खर्च गर्नुअघि १०० पटक विचार गर्थे,investment प्रकारको बाहेक,मनोरंजन र विलासी सामानमा कहिँल्यै पनि ध्यान गएन,घरमा जति भन्यो त्यति पैसा दिने भए,यो बानिको बिकास हुँदैन थियो होला सायद ? अभाव भएपछि नै यस्तो idea हरु आउँदो रहेछ , luxury सामान कै कुरा गर्ने हो भनेपनी,मेरो त्यो बेला बाइक सम्म किन्ने हैसियत पनि बनिसकेको थिएन । बाइक नै किन्ने हैसियत नभएपछि बाइक सिक्ने कुरा मेरो लगि useless जस्तै थियोे । विलासी सामान तिर मेरो कहिँल्यै ध्यान गएन,फेरि किनेर मात्रै पनि भएन त्यसलाई पाल्न पनि सक्नु पर्थ्यो,जुन हैसियत मेरो त्यतिबेला थिएन जस्तो लाग्छ । त्यसैमाथी घरको एक्लो छोरो, त्यो बेलामा bike accident को कुरा धेरै सुनिन्थ्यो,त्यो सम्झेर पनि होला बाइक मोह नै भएन । सुरुमा काम गर्दा खेरी जम्मा गरेको coin पैसा लिएर बैंकमा खाता खोल्न जादा,coin पैसा गन्न झ्याउ भएकै कारण कतिपल्ट सम्म लस्याङ फस्याङ गर्दै झुलाइदिने बैंकहरु नै,आज उहाँले संकलन गरेका धार्मिक र एतिहासिक फोटोहरु आफ्नो बैंकको क्यालेन्डरमा छाप्नको लागि उहाँको घर दैलोसम्म लाइन लाग्ने गर्छन् ।।।
उनी अन्तिममा भन्छन,केहि गर्न हिम्मत चाहिन्छ र हिम्मत बटुल्न source of inspiration चाहिन्छ… हरेक दिन २/३ किलोमिटर त हिडेकै हुन्छु… सुरु सुरुमा त डर नि लाग्थ्यो राति राति हिड्न, पछि बानि नै भयो… सत्यमोहन जोशी बा को कथाले एउटा युवा inspired भएर विगत ५ वर्ष देखि हिडिरहेको छ र त्यो युवाबाट inspired भएर म हिडिरहेको छु।।।।
काठमाडौँ <KENOX S760 / Samsung S760> Jagdish Jags Bhandari COPYRIGHT, 2011 — at शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज
view from lakuri bhanjyang <KENOX S760 / Samsung S760> Jagdish Jags BhandariCOPYRIGHT, 2011
#कन्सेप्ट तथा लेखन : सुशील गौतम
#गालामा_दारी_काधमा_जिम्मेवारी
#जय_दारी_ग्याङ
#जय_रास्ट्र