काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिले काठमाण्डाै महानगरका चाेकचाेकमा व्यानगर टाँसेकाे छ ।
व्यापक जनताहरूकाे समर्थनमा काठमाण्डाै महानगरपालिका भित्रका असन, इन्द्रचाेक, कालिमाटी, बानेश्वर, काेटेश्वर, नयाँ बसपार्क, हनुमानढाेका, न्युराेड, स्वयंभू, नयाँ बजार, रानीबारी, कलंकी, मैतिदेवीमा व्यानर टाँसिएकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवशलाइ उल्लासमय तरिकाले मनाउने र पार्टीलाइ जस्ताेसुकै सहयाेग गर्न पनि तयार रहेकाे भन्दै उपस्थित जनताले अा–अाफ्नाे धारणा समेत राखेका थिए ।
अाफ्नाे पार्टीकाे पुनर्गठन दिवश मंसिर ८ लाइ लक्षित गर्दै चाेकचाेकमा प्रचारात्मक व्यानटर टाँसेकाे हाे । यहि मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएकाे ठीक अाठ बर्ष पुग्दैछ । पार्टी पुनर्गठन दिवशलाइ रचनात्मक तरिकाले उत्सवमय बनाउँदै अाएकाे नेपाल कम्युनिष्ट पार्टीले यसपाली पनि साताव्यापि कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
तस्विरमा हेराैँ नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिद्दारा चाेकचाेकमा टाँसिएका व्यानरहरू