– वेद बोहरा
माओले भनेका थिए,युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो । तर अन्तिममा यो देश तिमीहरूको नै हो। आफैँ कुनै बेला कुनै कारणले नेपालमा माओवादी लहर हुँदा कुनै तहको ‘माओवादी’ शुभेच्छुक रहेकाले यो वाक्य झलझल्ती सम्झिरहन्छु । माओको सिद्धान्तलाई आदर्श मान्नेहरूले नै युवावर्गलाई केवल आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नको लागि खुट्किलो र भर्र्याङ् बनाएकोमा निकै दु:ख लाग्छ मन नै विक्षिप्त भएको महशुस हुन्छ ।
माओले भनेझैँ देश युवाहरूको नै हो र देश बनाउने जिम्मा पनि युवाहरूको नै हो । देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने परिवर्तनका संवाहक हरेक इतिहास परिवर्तनमा युवाहरूको अहम् भूमिका अग्रस्थानमा रहेको पाइन्छ । हिजोको पुस्ता राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लड्न डराएको भए वा चुकेका भए आज हाम्रो पुस्ताले लोकतन्त्रको राज्य सुन्न पाउदैन थियो तर लोकतन्त्रको महसुस गर्न युद्दका सर्वोच्च कमान्डर प्रधानमन्त्री हुदा समेत महशुस नै भएन ।
यो उपलब्धिको सम्पूर्ण उपभोग अगुवाहरुले गरिरहदा वस्तीका जनता र राष्ट्रका युवा खाडीका नोकर बन्नुपर्यो ।गणतन्त्रमा शासक जनताका सेवक भनियो तर यो गणतन्त्रले न युवाको सम्मान गर्यो न आम जनताको । तर हजारौँको योगदान र बलिदानबाट लामो संघर्षपश्चात् आएको लोकतन्त्र आज सत्तामोहले तानाशाहहरूका कारण धरापमा परेको छ ।