– लक्ष्मण चौलागाईं विद्रोही
एक्कासी नरभक्षी राक्षसको हुल
म भएको ठाउँमा आइपुग्यो
ड्याङ ड्याङ ड्याङ गोली पड्कियो
र पनि म ढलिन
जब म ढलें नि आमा
मेरो पैताला बाट ठोकिएको गोली
मेरो यो शिरबाट निकाल्ने
दुश्मनको दुस्साहस असफल भयो
फेरि मलाई ढालेर टाउकोमा
गोली ठोकियो त्यसपछि रगताम्य भएर म ढलेको
आमा हजुरको दस धारा दूध पिएको म
त्यति सजिलै ढाल्न गोली पनि असक्षम थियो
त्यहा मेरो आमा हजुरको दस धारा
दुधको ताकत संगै म मजबुत थिएं
गरिब, भूमिहिन किसानको आवाज र भरोसा
म कतै तिनैको कारण पनि हो कि
मेरो प्राण सहजै जान गार्हो भो
अनि ठोक्यो बर्दिधारी गुन्डाले
इल्लिगल गोली अनि बल्ल बल्ल मेरो
भौतिक शरीर क्षेतबिक्षेत भएर
जन्मभूमिमा बजारिएको थियो
आमा म मरेको छैन
आकाशको बादलबाट नियालिरहेको छु
क्षितिजको घेराबाट हेरिरहेको छु
मलाई हत्या गर्ने हत्याराहरु पक्राउ परे
त आमा सायदै उनिहरुको राज छ
अहिले उनिहरु खुलमखुल्ला हिडिरहेका छन् रे
म फेरि जन्म लिनेछु
आमा दुर्गादेवीको कोखमा
बुवा खिलकराजको छोरा भएर
दिदिबहिनी लक्ष्मी, सानू, कान्छीको दाईभाई भएर
हरिकृष्ण मेरो न्यायको निम्ति
अथक आवाज उठाउदैछ हैन र आमा
कलाको सिउँदोको सिन्दुर र गलाको पोते
फुक्लिए पनि म मरेको छैन
भौतिक शरीर मात्रै ढलेको हो
आमा म फेरि आउदैछु
दुश्मनसँग बदला लिन
हैन त्यो दुश्मनसँगको मेरो रिसिबी छैन
छ त केवल चिन्ता मेरो आत्मालाई
अहिले पनि दिनहिन, भूमीहिन किसानको
जीवन रक्षा गर्न
उनिहरुको सुदिन ल्याउन
विक्षिप्त र शोकाकुल नहुनु है
मेरा बा आमा दिदिहरु,
बहिनि र भाइ हरिकृष्ण म मरेको छैन……
तर बैरिले दोहोरो भिडन्त भन्दै
मलाई मारेर पनि मार्ने दुस्साहस गर्दैछ रे
आमा तर म भौतिक रूपमा मात्रै अस्ताएको हुं
सुकुम्बासी सामु गएर सोध्नुस त
म सबैको साथ छु म मरेको छैन……