लैङ्गगिक हिसां विरुद्धको १६ दिने अभियानले के हिसां न्युनिकरण हुन्छ

भक्तपुर – लैङ्गगिक हिसां विरुद्धको १६ दिने अभियानले के हिसां न्युनिकरण हुन्छ यो अभियान १६ दिन मात्रै होइन ३६५ दिन नै संचालन गर्नुपर्छ। पाठ्यक्रममानै समावेश गरिनुपर्छ। २/४ जाना सुकिला मुकिलाले मंचमा भाषण गरेर खाजा खाएर सिलबन्दि खाममा यातायात खर्च दिएर न्युनिकरण हुदैन । यो विषयमा राज्यको ध्यानाकर्षण गराउदै आफ्नो विचार राख्नुभयौ घटना घटेर कानुनी कार्वाही होइन घटना घट्न नै नदिनको निम्ति नेपाल मार्शल सेल्फ डिफेन्डिङले भक्तपुरको एक विध्यालयमा सेल्फ डिफेन्सको १८ जाना साहायक प्रशिक्षक उत्पादन गरि प्रमाणपत्र समेत वितरण गरियो। नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय उपाध्यक्ष शान्ति पाख्रिन लामाले सेल्फ डिफेन्स (आत्मरक्षा) को विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न आग्रह गरेकी छिन् । भक्तपुरको एभरेस्ट स्कुल मिवाछें व्यासीमा शुक्रबार छात्राहरुलाई दिइएको आत्मरक्षा तालिममा उनले यसले मात्रै नेपालकी चेलीहरु सुरक्षित रहनसक्ने बताइन । एकछिन तालिम दिएर किशोरीहरु सक्षम नहुने उनको भनाई थियो । एकछिनको वा एकदुई दिनको तालिमले देशभरका किशोरीहरुसमक्ष नपुग्ने भएकाले स्थानीय पाठ्यक्रममा राखेर पढाई हुनुपर्ने खाँंचो उनले औंल्याइन् । त्यसकारण आत्मरक्षा तालिम केही दिन नभई वर्षैभरि हुनुपर्ने खाँंचो उनले औंल्याइन् । स्कुलको आयोजनामा कक्षाका किशोरी छात्राहरुलाई त्यहा आत्मरक्षा तालिम दिइएको थियो । तालिम दुई सेसनमा भएको थियो । पहिलो समूहमा उनीहरुलाई किशोरी वा महिलामाथि हुने यौन हिंसाकोबारेमा जानकारी गराइएको थियो । छात्राहरुलाई गुड टच, ब्याड टचलगायका विषयमा जानकारी दिएएको थियो सैद्धान्तिक कक्षापछि उनीहरुलाई अभ्यास गराइएको थियो । किशोरी छात्राहरुलाई खुल्ला ठाउँंमा लगेर जोडीजोडी बनाई सेल्फ डिफेन्स गराउने अभ्यास सिकाइएको थियो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सम्भावित दुर्घटनाबाट जोगाउन सहयोग गर्ने उद्देश्यका स्कलका छात्राहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिएका बताए । कार्यक्रममा नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिवी रनपालले संघले देशका विभिन्न ठाउँंका स्कुलहरुका छात्राहरु तथा पालिकाका कर्मचारीहरुलाई यसबारे तालिम दिंदै आएको जानकारी गराए ।

You can share this post!