सर्वपक्षीय अन्तरक्रियाका लागि विप्लव लिवाङमा

विवादास्पद एमसीसी विरुद्ध रोल्पा सदरमुकाम लिवाङमा एकाबिहानै नारावाजी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सहभागी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाने क्रममा विप्लवसहितका नेता कार्यकर्ताले एमसीसी विरुद्ध नारावाजी गरेका हुन् । देश बेच्न पाईदैन राष्ट्रियताको रक्षा गरौँ भन्दै सदरमुकाम लिवाङमा र्यालीसहित विप्लवलाई स्वागत गरिएको थियोे ।

रोल्पाको सदरमुकाम लिवाङमा सहभागी कार्यकर्ताले विप्लवसहितका नेताहरूलाई बाजागाजासहित भव्य स्वागत गरेका थिए । सोमबार बिहान लिवाङमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । यो समाचार तयार पार्ने बेलासम्म जिल्ला समन्वय समितिको हलमा अन्तरक्रिया कार्यक्रम चलिरहेको छ । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार, व्यवसायी लगायतका उपस्थिति रहेको छ ।

 

 

Source : Janapatrika.com

You can share this post!