#अर्थ_राजनितीक_विश्लेषण
लक्ष्मण चाैलागाइ विद्राेही
नेपालमा कस्तो समाजवाद ल्याउने भनेर दल मात्र बनाउने सशस्त्र विद्रोहपछिको युग गुज्रेको सन्दर्भमा धेरै लामो भाषण नगर्नुपर्ने देख्छु, यो मुलुकका सबै दलहरु गणतन्त्रमा आइपुग्नुनै सबैको होड समाजवादको गन्तव्यमा पुग्ने नै हो ! समाजवादमा पुग्न नसक्नु र अवरोध बलिदानीका रगतको दुरुपयोग र गणतन्त्र कमजोर बनाउने अस्त्र हो भनेर हामीले बुझेका छौँ ! गणतंत्र कमजोर बनाउन कोहि राजावादी अवरोध भएका छैनन् कोहि गणतन्त्र विरोधी बाधक भएका छैनन् छ त सिर्फ संसदीय व्यवस्थाको बाहकहरु निजि स्वार्थ, लोभ, मोह, विलासिता आदि !
गणतन्त्र रहुन्जेल सबैले लगाउने साझा नारा समाजवाद कै हो भने किन संसदवाद बिभिन्न बखेडा निकालेर झैझमेलामा देशलाई लाने गर्छन ? हो संसदीय व्यवस्था सांसदहरुले देशलाई पछाडि धकेल्न प्रशस्त बल पुग्ने व्यवस्था भएकोले हो नि अनि उनीहरुको क्षणिक स्वार्थ लोकतन्त्रको निम्ति अर्को सहायक बाधक हो ! समाजवादका नियम बिपरित कार्य गर्ने ,जनताको सेवाको नाममा आफ्नो सुविधा थप्नेहरु समाजवादका सपनाका अपराधी हुन् ,साजवादको नारा लगाउन यो मुलुकले थुप्रै हजार आहुति बेपत्ता घायल को इतिहास रच्न पुगेको थियो सहिद सपना विरोधी हर्कत जनसेवा नगर्नेहरुलाई नै हामीले भन्ने हो त्यस्ता जनताको सेवा नगर्ने सेवासुविधा भन्दा २०% पनिकाम नगर्ने कुनै नाममात्रका नेतालाई जमता निर्णायक शक्तिको इजलासले पराजय गराउदै जादा पनि संसदीय व्यवस्थाको खटिरो अन्त्य नहुने हुदा पहिला समाजवादको लक्ष्यविहीन नियमलाई धवस्त गर्दै राजनीतिक अपराधहरूलाई अपराधी दर्ज गरेर जेल कोच्दै नया विधान र मस्यौदा सबैभन्दा पहिला जनताका सदनहरुले निर्माण गर्न कानुनलाई सच्याउनुपर्छ ..
बहस समाजवादको गर्न बाटो समाजवादको खन्नुको लागि सबै दलले मुख्य मिसनमा संगै लाग्नुपर्छ ….अपराधीलाई कारबाही गर्नुपर्छ …मुलुकलाई समुन्नतितिर लानको लागि राष्ट्रिय स्वार्थ यतिबेलाको युगको साझा स्वार्थ र त्याग हुनेछ ! हामी र हाम्रो ऐतिहासिक सार्वभौमताले सेलुट पाउनको लागि ! को र कुन पार्टी सत्तामा गयो र कुन दलको भन्ने भाव अन्त्य भएर साझा भन्न मिल्ने सरकार बनेर आम जनताको सेवकको रुपमा काम गर्नुपर्छ, निजि सेवा सुविधाको लागि राजनीति गर्नु पनि अपराध हो यसरी समाजवाद सम्भव छैन बरु यो गणतन्त्र संसदीय बाहकले नै अन्त्य गर्ने खेल भने पक्कै हो, धान्न नसकेपछि उनिहरु अत्तालिनु स्वभाविक हो …केन्द्रिय सत्ताले राष्ट्र र राष्ट्रियता जोगाउने स्थानीय सत्ताले सम्पूर्ण विकास निर्माणका कार्य गरिदिने हो भने राजनितिक पसलका ठेकेदार जस्ता मान्छेहरु जनताको मजदुर बन्दा हाम्रा मजदुर र हामी हाम्रै देशमा स्थापित हुन्थ्यौं तर हाम्रो समाजवाद संसदवादतिर धस्सिनुले सिन्धुली जादा जाआनले बनाइदिएको सडकमा गुड्नुपर्छ
सबै राजमार्ग विदेधीले पहिले देखि बनाउदै आएकोले हामीले वैदेशिक ऋण पहिलेनै तिरेर मात्र समाजवादको बहस सुरु गर्नुपर्छ, अन्तराष्ट्रिय कर्जा शासन सत्ता र व्यवस्था शक्तिशाली भएको देशले लिन बन्द गर्नुपर्छ र चीनले बनाइदिएका सडकमा हामी दिनहुँ कुद्नुपर्छ, उद्योग धन्दा केहि छैन नेताजी के का लागि भाषण १ घण्टा गर्नुहुन्छ ? पराईका भूमिका सस्ता कामदारको फैक्ट्री करोडौं हरियो नेपाली पासपोर्ट छाप्दै समृद्दिको झुठो प्रचार गरिरहदा समाजवाद बारे केहि बुझ्ने कोशिस गरौँ ! समाजवाद खासमा कस्तो व्यवस्था हो …! समाजवाद उत्पादनको साधनको सार्वजनिक स्वामित्व (सामूहिक वा साझा स्वामित्व पनि भनिन्छ) मा आधारित एक लोकप्रिय आर्थिक र राजनीतिक प्रणाली हो । ती साधनहरु मेसिनरी, औजारहरु, र सामानहरु उत्पादन गर्नको लागी प्रयोग गरीन्छ, प्रत्यक्ष मानव आवश्यकताहरु लाई पूरा गर्नको लागी साम्यवाद र समाजवाद आर्थिक सोचको दुई वामपन्थी स्कूलहरुको सन्दर्भमा छाता शब्दहरु हुन् ।
दुबै पुँजीवादको बिरोध गर्छन्, तर समाजवाद कम्युनिस्ट घोषणापत्र, 1848 कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स द्वारा लिखित पत्रिका….जसलाइ व्यावहारमा लागु गरे हामीले नेतागिरी हैन हामी हाम्रो देश बनाउने कर्मचारी मजदुर श्रमिक हुन पाउथ्यौ, समृध्दीका लागि हाम्रो राज्यको पैसा जापान, चीन र भारतका ठेकेदारलाई पठाउनु पर्दैन थियो .. एक विशुद्ध समाजवादी प्रणालीमा, सबै कानूनी उत्पादन र वितरण निर्णय सरकारद्वारा बनाईएको हुन्छ र व्यक्तिहरु खानाबाट स्वास्थ्यसम्म सबै कुराको लागी राज्यमा भरोसा गर्न पाउछन । सरकारले यी सामान र सेवाहरुको उत्पादन र मूल्य निर्धारण स्तर तय गर्दछ। समाजवादीहरुको तर्क हुन्छ कि साझा स्वामित्व र केन्द्रीय योजनाले सामान र सेवाहरुको समान वितरण र अधिक न्यायसंगत समाज प्रदान गर्दछ। यसरी समाजवाद हामीलाई हित गर्न आउछ भने के को लडाई हो संसदीय जुँगाहरुको ? यस्तो प्रक्रिया र सुविधाभोगी सत्ताप्यासी राजनीति बाट मुलुक समाजवादमा पुग्ला त ?