दिनेश
जब जब नेपालमा परिवर्तनको लागि क्रान्ति सुरु हुन्छ । तब तब प्रवासमा पनि विभिन्न संघ संगठनको गठन भएको देखिन्छ । १०४ बर्षे जहाँनिया राणा शासन अन्त्य गर्न त्रिपक्षीय दिल्ली सम्झौता होस् वा निरंकुश पञ्चायती व्यवस्था होस् वा १० बर्षे जनयुद्ध हुँदै २०५९ जेठ ८ को १२ बुँदे दिल्ली सम्झौता होस् प्रवासी संगठनहरुले महत्त्वपूर्ण भुमिका खेलेको देखिन्छ ।तर नेपालमा जतिसुकै परिवर्तन भए पनि राज्य सत्ता प्राप्ति पछि प्रवासीहरुका मुख्य माग मान्छेका अाधारभुत अावस्यकता गाँस ,वास कवास, शिक्षा स्वास्थ र स्वदेशमै रोजगारीको ग्यारेन्टी राज्यले गरिनुपर्छ भन्ने माग सम्बोधन भएनन् । शासक वर्गले प्रवासी लाई सत्तामा पुग्ने भर्याङ्ग मात्र बनाए ।
प्रवासी माथि धोका भयो । नेपालीहरुले एक छाक टार्न, एक जोड लुगा बदल्न, छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र स्वास्थ्य उपचार कै लागि रोजगारी गर्न प्रवासीनु पर्ने बाध्यता हटेन । झन झन बढ्दै गयो । शासन सत्तामा सामन्ती सोच भएका दलाल भ्रष्ट लुटेराहरु पुगे । गाउँ देखि सहर सम्म शासन सत्ता भ्रष्ट दलालहरुको हातमा गएको छ । अासे पासेहरु लाई पोषिरहेका छन ।देशमा न्याय हराएको छ। जातीय छुवाछूतको नाममा मान्छे मारिएका छन । महिला हिंसा , हत्या बलत्कार बढेका छन । न्याय माग्न जाँदा उल्टै कुटपिट भएका छन । राष्ट्रियता माथि खतरा उत्पन्न भएको छ।
भ्रष्ट दलाल संसदीय व्यवस्थाका मतियारहरुले बिकासको नाममा ५५ अर्ब देखाएर कमिसनको लागि अमेरिकी कम्पनी MCC भित्र्याएर नेपाल लाई इराक, अफगानिस्तान, सिरीया, लिविया बनाउन खोजिरहेका छन । देशको राष्ट्रिय पुँजी लाई दलाल पुँजीपतीको हातमा सुम्पेर पर्निर्भर बनाएका छन । नेपाल लाई बिदेशीहरुको अखडा बनाइरहेका छन । देशमा लुटतन्त्र चलाइरहेका छन ।अब नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता जोगाउन र वैदेशिक हस्तक्षेप र भ्रष्ट दलाल संसदीय व्यवस्थाको बिरुद्ध अन्तिम पटक भिषण क्रान्तिको अावस्यकता भएको छ ।
अहिले भ्रष्ट दलाल लुटेरा राज्य सत्ताको बिरुद्ध एक्काइसौं शताब्दीको क्रान्तिको नेतृत्व नेकपा महासचिव कमरेड विप्लवले गर्दै एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद ल्याउन जनमतसंग्रहको एजेन्डा लिएर संगठन सुदृढ तथा बिस्तार अभियान जन्ता माझ गएको हुदा प्रवासमा पनि प्रवासी नेपाली जनसमाज भारतले परिवर्तन र श्रमजीवी मजदुरको पक्षमा एकीकृत जनक्रान्तिको कार्यदिशा सहि भएकोले अात्मसाथ गर्दै जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवादको पक्षमा उभिन प्रवासमा रहेका श्रमजीवी मजदुर वर्ग बिचमा छलफल बहस गर्दै संगठित गरेर बैज्ञानिक सममजवाद प्राप्तिको निम्ति एकीकृत जनक्रान्तिमा सहभागिताको लागि एरिया भेला, नगर सम्मेलन, जिल्ला सम्मेलन गर्दै अन्तिम संघर्षको तयारीमा जुटिरहेको छ ।
लेखक प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य हुन्