राहत संकलनमा नेकपा काठमाडौ महानगर समिति सक्रिय

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति यतिखेर राहत संकलनमा कार्यमा सक्रियताका साथ लागिरहेको छ । कोरोना महामारी र बाढी पहिरोका कारण आम गरिखाने नागरिक भोकभोकै बस्नु परेकोले पार्टीको निर्देशन अनुरुप महानगर समिति राहत सामाग्री संकलनमा सक्रियतापुर्वक लागिरहेको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति ईन्चार्ज अविरलले जानकारी गराए । काठमाडौको सामाखुशी स्थित दिशान्त सर्भिस सेन्टरका सञ्चालक युवा व्यवसायी दिल बहादुर श्रेष्ठद्धारा नेकपा काठमाडौ महानगर समितिलाई राहत प्रदान गरे पश्चात् सहयोगी दाता श्रेष्ठलाई विशेष धन्यवाद दिदै सो कुरा बताएका हुन् ।
सबै ठाउँमा बाट संकलन गरिएको राहत सामाग्रीलाई पार्टीको जिल्ला कार्यालयमा जम्मा गरिसकेपश्चात् जटिल समस्या भएका नागरिकहरुको पहिचान गरेर बितरण गरिने नेता अविरलले बताए । देश विकराल समस्याबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा संसदवादी राजनैतिक दलहरु कुर्सिको लडाइमा मात्रै केन्द्रित रहेकोले आम जनताका हरेक समस्यामा ईमान्दारीताका साथ उभिने पार्टी नेपाल कम्युनिष्ट पार्टी मात्रै भएकोले पछिल्लो समयमा आफ्नो पार्टीले उठाएको प्रगतिशिलहरुको संयुक्त सरकार र त्यसकै नेतृत्वमा वैज्ञानिक समाजवाद या दलाल संसदीय व्यवस्थाको फैसला गर्ने जनमत संग्रह एजेण्डामा सम्पुर्ण नेपाली जनतालाई एकाकार हुन अपिल समेत गरेका थिए ।
सहयोग हस्तान्तरण गर्दै दिशान्त सर्भिस सेन्टरका म्यानेजिङ डाइरेक्टर दिल बहादुर श्रेष्ठले नेपालमा राजनीतिक दलहरुको संख्या सयौ भएता पनि देश र जनताको निम्ति निस्वार्थ रुपमा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मात्र लागेकोले आफुहरुले नेकपालाई रोजेको बताए । नेकपाले लिएको निती र उसका क्रियाकलापहरुलाई पछिल्लो समय आम नागरिकले राम्रोसँग नियाली रहेका कारण विप्लव नेकपाले पनि राहत संकलन अभियान सञ्चालन गरिरहेको जानकारी पाउनासाथ तत्काल पार्टीसँग सम्पर्क गरेर आफुले राहत सामाग्री हस्तान्तरण गरेको जानकारी गराए । युवा व्यवसायी श्रेष्ठले नेकपाको काठमाडौ महानगर समितिलाई दश बोरा चामल, एक बोरा दाल, एक बोरा आयोडिन नुन, दुई कार्टुन तेल, २५ केजी चिनी, दालमोठ, मास्क, सेनिटाइजर लगायतका थुप्रै सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको विस्तृत विवरण भिडीयोमा

You can share this post!