बेद बोहरा
नेपाली राजनीतिमा बिभिन्न चरणमा राजनीतिक आन्दोलनहरुहरु भएका थिए । राणा शासन पञ्चायती शासन व्यवस्था, राजतन्त्र हुँदै गणतन्त्र स्थापना हुँदा सम्म परिवर्तनको लागि कैयौ नेपालिहरुले आफ्नो बलिदान दिए । तमाम शहिद , बेपत्ता योद्दा र घाईते योद्दाहरु प्रति उच्च सम्मान । नेपाली राजनीतिमा पछिल्लो चरणमा बिभिन्न राजनीतिक उतार चढावहरु उत्पन्न भए । कतिपय आफ्नो आँखाले देख्ने र भोग्ने अवसर प्राप्त भयो, त कतिपय अध्ययन र अग्रजहरूले भनेको आधारमा अनुभव बटुल्न पाइयो । बिगतका बिभिन्न कालखण्डमा बिभिन्न विचारधाराले नेतृत्व गर्ने अवसर पाए । राजनितिक आन्दोलनमा अग्रज एवम् उत्कृष्ट मानिएका नेतृत्व आजको पुस्ताको निम्ति आर्थिक बिकास र आर्थिक क्रान्तिको निम्ति असफल भएका हुन त ?
परिवर्तन भएको व्यवस्थामा पुरानै व्यवस्थाका व्यक्ति हावी भएर पुरानै तरिकाले चल्न खोजेको हो त ? कि ति एजेन्डाका हतियारहरु खिया लागेका हुन त ? कि नेतृत्व असफल भएको हो त ? कि त यो व्यवस्था माथि कै दोष हो ? नेपाल हाल दलाल पुँजीबादी अर्थव्यवस्थामा छ, नेपालको राजनीति होस् अथवा अर्थतन्त्रको ठुलो हिस्सा होस् सिमित पुँजीपती वर्गको हातमा छ । आज बिपिको समाजवादको नारा रटिरहने काङ्ग्रेसले पुजिँपती वर्गको नेतृत्व गरिरहेको छ र सर्वहारा वर्गको सिमान्तकृत वर्गको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी पनि दलाल, भ्रष्टाचार, पैसा र शक्तिमै अडिरहेको छ । दलाल पुँजीबादी अर्थव्यवस्था त्यसैमाथि संसदीय व्यवस्थाले ध्वस्त पारेको नेपाली अर्थतन्त्र । दलाल र भ्रष्टाचार विविध गतिविधीका कारण आज नेपाली राजनीतिमा युवा, विद्यार्थी, बौद्धिक वर्ग र जनमानसमा बितृष्णा पनि बढ्दै गईरहेको छ ।
जब राजनीति प्रति जनताको वितृष्णा बढेर जान्छ तब जनताले कहाँ के भैरहेको छ, भन्नेमा खासै चासो दिदैनन् । सबैमा निराशा समेत पैदा हुन्छ । जब राजनिति प्रति जनता आजित हुन्छन । उनिहरुमा राजनीति बारे चासो हुदैन । देशमा प्रमुख दल मानिएका केही दलहरु छन् । सत्ता परिवर्तन हुन्छ । सत्तामा पुरानै नेताहरु दोहोरीरहन्छन् । युवा पुस्तामा पद हस्तान्तरण गरिदैन । त्यो अवसर पनि दिइदैन । पटक पटक स्वार्थको लागि काम गरिन्छ । सिमित व्याक्ति र उनीहरुका नाता गोताका परिवारका सदस्यहरुलाई जिम्मेवारी दिइन्छ । जसका कारण सिमित व्यक्तिहरुको हित हुन्छ । युवा वर्गदेखी आम सर्वसाधरणमा राजनीति प्रति बितृष्ण बढेर जान्छ । बर्तमान नेपाली समाजमा युवाको अवस्था हेर्ने हो भने एकदमै दयनीय अवस्था छ, शिक्षित या अशिक्षित दुबै खालका युवाहरु पिडामा छन हामिले युवा नेतृत्वको कुरा गरिरहदा युवाहरु किन हतोत्साहित छन उनिहरु कस्तो मुलुक चाहान्छन ।
उनिहरुको योग्यता क्षमता, सीप, दक्षता र अनुभवलाई कसरी अधिकतम उपयोग गर्न सकिन्छ, त्यो बारे कस्तो प्रकारको ठोस नीति ल्याउन जरुरी छ यो बारेमा नेपाललाइ लामो समय बाट सन्चालन गर्ने नेपाल सरकार र सम्बन्धित सबैले मनन गर्न जरुरी छ । अबको युवा पुस्ता अग्रजको अनुभव र बिज्ञको सुझावलाइ अगाल्दै समग्र रास्ट्रको नेतृत्व लिन चाहान्छ, २१ औ शताब्दिमा अरु मुलुकहरु सङै नेपाल कहाँ छ समीक्षा गरेर अगाडी बड्न चाहान्छ । राजनितिमा लाभका पद नपाइन्जेल युवा नेतृत्व भन्ने र पाएपछी चुप लागेर बस्नेहरुका विरुद्ध आवाज बुलन्द गर्न चाहान्छ, राज्यका हरेक सकारात्मक परिवर्तनको साझेदार बन्न चाहान्छ । आफ्नाका लागि भजन र अरुका लागि आलोचना मात्र गर्ने प्रवृत्तिको अन्त्य गर्न चाहान्छ । पहिलो पुस्ताको नेतृत्व लिन युवा पुस्ताले चाहेको छैन, बर्तमान राजनीतिक संरचनालाइ उल्ट्याउन चाहान्छ । युवा बर्गलाइ प्राथमिकतामा राखेर कार्यान्वयनका लागि स्पस्ट द्रुस्टिकोण राजनीतिक कार्ययोजना र कार्यक्रम, शिक्षालाइ गुणस्तरीय, ब्यवसायिक, रोजगारमुलक शिक्षा, बहुप्राबिधिक र बहुआयामिक शिक्षा चाहान्छ, स्वस्थ्य सामाजिक सुरक्षा चाहान्छ यसकारण अाज युवा नेतृत्वको निकै अाबस्यक छ ।
हाम्रो देशमा स्रोत र साधन अधिकतम छन् । कमि हो, व्यवस्थापनकोे । पुँजी पनि नभएको होइन यसको चुहावट र भ्रष्टाचारले गर्दा धेरै बाधा अड्चन सृजना भएका छन् । अबको युवा वर्गले के सही र के गलत भनेर छुट्याउन सक्नुपर्दछ । प्रत्येक नागरिकलाई अधिकार र कर्तब्यको बोध गराएर योजना को रुपमा युवा वर्ग अगाडि आउनु अहिलेको आवश्यकता एवम् माग पनि हो । अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागीता सुनिश्चित हुन सकिरहेको छैन । देशले कोभिड-१९ लगायत विपत्तिको सामना गरिरहँदा आम युवाहरु उद्धार, राहतमा परिचालित हुन पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै भई रहेको युवाको समस्या पहिचाहन र परिचालनको लागि गतिलो व्यवस्थापन अवलम्बन गर्न नसकेकै कारण युवा बिदेशिनु बाध्यता नै रहेको छ । तर्सथ २१ अोैँ शताब्दीका युवा शक्ति एकीकृत जनक्रन्ति मार्फत बैज्ञानिक समाजवादको कार्यदिशा एजेन्डा बलियो बनाएर अगाडी बढ्ने,नीति र कार्यक्रम अनुसार एजेन्डा लिएर अगाडि बढनु नै आजको आवश्यकता हो ।