प्रकाश बडुवाल
परिचय (introduction)
विभिन्न जैविक खालका प्रांगारिक बस्तुहरु गड्याैलालाइ खुवाएर उनिहरुको दिशाबाट तयार पारिएको कम्पोस्ट मललाई गड्यौलामल भनिन्छ । अन्य मलहरुको तुलनामा (organic or inorganic) यसमा विरुवालाई चाहिने खाद्य पदार्थहरु धेरै हुन्छन । यसबाट विरुवालाई चाहिने खाद्य पदार्थ संगै यसको बेचबिखनबाट आर्थिक फाईदा लिने चलन पनि दिन प्रतिदिन बढ्दै गईरहेको छ । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने ग्रामीण क्षेत्रहरु पनि दिन प्रतीदिन शहरिकरण तर्फ परिवर्तन हुँदै गईरहेका छन । यसै संग गोठमलको अभाव पनि बढेको छ । गोठ्मल (कुखुरा, भैंसी, गाईवस्तु तथा, बाख्रापालनबाट उत्पादन गरिने मल) जसका लागि तुलनात्मक रुपमा बढी क्षेत्रफल र मेहिनत नचाहिने हुँदा कृषकहरुले बिशेष गरि गड्यौलीमललाई जोड दिएको पाईन्छ ।
हालका बर्षहरुमा अन्नबाली एंवम् तरकारि बालिमा उन्नत र वर्णशंकर जातका बीउको प्रयोग (Improved and hybrid varieties ) बढदै जानू, गोठमल कम प्रयोग गर्नु वा गर्दै नगर्नु, रसायनिक मल महँगो भएको, र यसबाट माटोको उत्पादकत्वमा ह्रास आउने, माटोको सतहमा दीर्घकालीन असर परेको पाईन्छ । कतिपय जमिनहरु मरुभुमिकरण हुँदै गएको अवस्था पनि छ । रासायनिक मलको अत्याधिक प्रयोगले मानिसहरुमा खतरनाक रोगहरु जस्तै: (क्यान्सर, paralysis, मुटुजन्य रोगहरु, मृगौलाका रोगहरु) यी बिविध समस्याका कारण हालका बर्षहरुमा हाम्रो जस्तो विकासाेन्मुख देशमा प्रांगारिक खेतिको आवस्यकता महशुस हुँदै आएको छ ।
गड्यैलीमल के हो ? (what is vermicomposts)
विभिन्न प्रजातिमा गड्यौलालाई पालन गरेर, विभिन्न खालका खानेकुराहरु खुवाएर त्यहि गड्यौलाबाट निस्केको दिशा तथा बचेको खाद्य सामाग्रीलाई कुहाहि बनाईको बस्तु संकलन गरि बनाईएको मललाई गड्यौलीमल भनिन्छ । यसमा नाईट्रोजन (Nitrogen): २-३% फोस्फोरस (phosphorus): १.५५-२.२५% पोटास (potash): १.०५-२.२५% पाइन्छ ।
गड्यौलामलबाट हुने फाईदाहरु (Advantages of vermicomposts)
१) गड्यौलीमल बनाउँदा अन्य मलखादमा जस्तो धेरै खाल्टोमा फकाईरहन पर्दैन, जसका कारण कम कामदारको प्रयोगले सस्तोमा राम्रो र गुणस्तरीय मल तयार हुन्छ ।
२) यो मलले माटोको भौतिक,रसायनिक र जैविक (physical, chemical and organic) सरचनामा सुधार ल्याउछ । माटो खुकुलो पार्छ र माटोमा अक्सिजनको मात्रा पनि बढाउछ जसका कारण माटोको water holding capacity पनि बढ्छ ।
३) बीउबाट सर्ने रोगहरु, माटोमा बढी चिसो भएको कारण बिरुवाको फेद कुहाउने, ढुसी (Phytophthora and Rhizoctonia species ) को नियन्त्रणमा गड्यौलामलको राम्रो भुमिका रहन्छ ।
गड्यौलाका खानेकुराहरु (feeding materials of earthworm)
ताजा तरकारिका पातहरु, फलफुलको बोक्रा, सागपात, भुइँघाँस, बाक्ला कागजहरु, पराल, नल, मकैको ढोड, कुखुराको सुलि आदि ।
गड्यौलामल बनाउने तरिका (Process of making vermicomposts)
१) भाडा वा ड्रमको छनोट (selection of drum or bin) महानगरपालिकाले प्रयोगमा ल्याएको कम्पोस्ट विनहरु, बाकस ड्रम वा त्यस्तै भाँडाहरुमा बनाउन सकिन्छ । ती भाडाहरुमा प्रकाश (light) छिर्न हुँदैन भने बाहिर पट्टी प्रयाप्त मात्रामा हावा छिर्ने स-साना प्वालहरु बनाउनु पर्छ । सामान्यतय ७०-७५ लिटर क्षमताका भाडाहरु उपयुक्त हुन्छ्न । आवस्यकता अनुसारको लम्बाई राख्न सकिन्छ । र करिब १ फिट जति उचाई भएको कुनै टेको प्रयोग गर्न सकिन्छ ।
२) विन वा ड्रम राख्ने स्थान (placement of drum or bin) ड्रम विन सकेसम्म, घाम नपर्ने उज्यालो कम भएको शितल र सहजै नदेखिने ठाँउमा राख्नुपर्दछ । उपयुक्त खानेकुराहरु विनमा राख्नुपर्दछ अनर्थ खानेकुराहरु कुहिएर झिगा लाग्ने सम्भावना हुन्छ ।
३)वासस्थान तयार गर्ने (bedding) बेडिङका लागि भाँडाको पिधमा अलि ढिलो कुहिने र चिस्यान सोस्न सक्ने मकैको खोस्टा वा परालको तुक्रा, काठको धुलो आदि राख्नुपर्छ । बेडिङ लगभक १ ईन्च उचाईको उपयुक्त मानिन्छ ।
४) विन वा ड्रममा गड्यौला राख्ने (putting earthworms in the bed or bin) धेरैजसो कृषि फर्महरुमा पालन गरेका गड्यौलाहरुलाई किनेर ल्याउने र गड्यौला राख्ने दिनमा नयाँ खानेकुरा राख्ने र सो ड्रममा गड्यौला राखिदिने, गड्यौला राखेसंगै १-२ दिनमा अवस्था बुझ्ने, तापक्रम, पानी, खानेकुराको सहि व्यावस्थापन गर्ने ।
५) गड्यौलामल झिक्ने (Harvesting of vermicomposts) एउटा गड्यौला राख्ने भाँडोको व्यावस्था गर्ने जुन विन वा ड्रममा हुन सक्छ । सो ड्रमको मुखमा एउटा बाक्लो गेजको प्लास्टिक राख्ने र सो प्लास्टिकलाई छेडेर गड्यौला छिर्न सक्ने प्वाल बनाउने।सो भाँडोको मुखमा राखिएको प्लास्टिकमा गड्यौला सहितको कम्पोस्ट खन्याउने र केहि समय उज्यालो घाममा राखीदिने । घामको उज्यालो र तातोको कारण गड्यौलाहरु प्लास्टिकको प्वालबाट तलको भाँडोमा छिर्छन र माथी प्लास्टिकमा गड्यौला मलमात्र बाँकी रहन्छ । तल भरिएका गड्यौलाहरु पुन नयाँ ड्रममा माथी भनिए जसरी राख्न वा बिक्रि गर्न सकिन्छ ।
गड्यौली मल अरु भन्दा किन खास छ त ?
भर्मिकम्पोस्ट बनाउदा फोहोर भएको पौष्टिक तत्व ५-१०% मात्रै गड्यौलाले लिन्छ बाकी सबै कास्ट गड्यौलि मल संग निस्किन्छ । तसर्थ ९०/९५% सम्म विरुवालाई आवस्यक पर्ने खाध्य तत्वले भरिपुर्ण हुन्छ । मलसंग एक प्रकारको चिल्लो म्युकस पनि निस्किन्छ जसमा असंख्य लाभदायिक सुक्ष्म जिवाणुहरु हुन्छ्न । यसरी मलमा भएको सबै प्रकारका खाध्य तत्व र म्युकसले गर्दा गड्यौली मल माटो र बोटविरुवाको लागि ज्यादै आवस्यक पर्दछ । यहि कारणले यो मल अन्य प्रांगारिक मलभन्दा भिन्न रहेको छ । गड्यौलिमलका खासगरी ३ ओटा गुणहरु हुन्छ्न, जुन निम्नअनुसार छन ।
१) भौतिक गुण गड्यौली मल दानेदार कालो रङ्को नरम हुन्छ । यो मल गन्ध रहित हुन्छ । गड्यौलामलमा रहेको म्युकसले माटोमा हावाको आगमन र पानि सोस्ने शक्ति बढाईदिन्छ । कडा माटोलाई हलुका बनाई हावाको आगमनमा सहयोग गर्दछ । तयारी गड्यौलिमलको ओसिलोपना २०-३०% हुन्छ । यसले यसले माटोमा सुक्ष्म जिवाणुहरुको गतिबिधी बढाई बोटविरुवालाई आवस्यक खाद्य तत्व लिन पनि सहयोग गर्दछ ।
२) रसायनिक गुण नाईट्रोजन, फोस्फोरस, पोटास लगायत फलाम म्यागानेज र जस्ता: २००-७००ppm यसैगरी मोलिबडेनम (Mo), कोबाल्ट (Co) प्रयाप्त मात्रामा घुलनसिल अवस्थामा उपलब्ध हुन्छ ।
३) जैविक गुण गड्यैलिमलामा सुक्ष्म जीवाणुहरु (bacteria) प्रसस्त मात्रामा पाईन्छ्न । जस्तै: एजोटो ब्याक्टर (Azotobactor), राईजोवियम (Rhizobium), पस्फेट सोलुबलाईज ब्याक्टेरिया (Phosphate solublised) यसैगरि plant growth hormone र fungus पनि राम्रो मात्रामा पाईन्छ ।
गड्याैलाका प्रकारहरू, कस्ता खालका गड्याैलाहरू सबैभन्दा उपयुक्त ?
संसारमा करिब ४००० प्रजातिका गड्यौलाहरु पाईन्छ्न । यी गड्यौलालाई मुख्य गरि दुई भागमा बिभाजन गर्न सकिन्छ ।
१) एन्डोजेईक प्रजाती यो प्रजातिका गड्यौलाहरु जमिनको भित्री भागमा पाइन्छ र यसले माटो मात्रै खाने गर्छ । यी प्रजातिका गड्यौलाहरु भर्मी कम्पोस्टमा प्रयोग गरिदैन । माटोमा देखिने जति पनि गड्यौलाहरु छन ती सबै यहि प्रजातिमा पर्दछन ।
२) इपिजेइक प्रजाती यस प्रजातिका गड्यौलाहरु जमिनको सतहमा बस्दछ्न र जैबिक पदार्थ मात्र खान्छन । तसर्थ भर्मी कम्पोस्टका लागि यो गड्यौलाहरु उपयुक्त मानिन्छन । भर्मी कम्पोस्टको लागि प्रयोगमा ल्याईने गड्यौलाहरु प्राय राता रंगका हुन्छन । यी यसप्रकार रहेका छन । ईन्सिया फोईटिडा (Eisenia foetida) युड्रिलस युजिलियन (Eudrillus euginea) पेरियोनक्स एक्स्याभेट्स (Perionyx excavatus) आदि ।
ईपिजेईक गड्यौलाका विशेषताहरु
यस प्रजातिका गड्यौलाहरु करिब ३/४ इन्च लामो हुन्छन । रातो, पहेलो रंगको हुन्छन । यसका लागि २५-३० डिग्री तापक्रम तथा ४०-४५% ओसिलोपना भएको वातावरण उपयुक्त हुन्छ । यसले जन्मिएको ४०-४५ दिनपछि बच्चा उत्पादन गर्न सुरु गर्छ । गड्यौलामा अरु प्रजाती जस्तै भाले र पोथी छुट्टाछुट्टै हुदैन । एउटै गड्यौलामा भाले र पोथी दुबै अङ्ग हुन्छ र संसग्र पश्चात् फुल पार्छ । Mating भएको २/३ दिनको बिचमा एउटा फुल पार्छ । फुल पार्ने प्रक्रिया ४-६ हप्तासम्म लगातार चलिरहन्छ । एउटा अण्डाबाट ३-५ वटा बच्चा निस्किन्छन तर बाच्ने सम्भावना एकदमै कम हुन्छ ।
यसको जीवन चक्र १५०-१८० दिनसम्म पूरा हुन्छ । एउटा वयस्क गड्यौलाको तौल १-१.५ ग्राम सम्म हुन्छ । उचित वातावरण, बासस्थान र खानाको राम्रो वन्दोबस्तो भएमा एउटा वयस्क गड्यौलाले १ दिनमा लगभक १-७ ग्राम खाना खान्छ र ०.८-६ ग्राम सम्म मल उत्पादन गर्छ । तसर्थ १ किलोग्राम गड्यौलाले प्रतीदिन करिब ०.८-६ किलोग्राम सम्म मल उत्पादन गर्दछन । गड्यौलिमलका लागि चाहिने भाडो र ठाउँ, कति उत्पादन गर्ने र कति संख्यामा गड्यौला राख्ने भन्ने कुरामा भर पर्छ । यसरी उत्पादन भएको गड्यौलबाट केहि हदसम्म आर्थिक लाभ पनि लिन सकिन्छ ।
लेखक, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा पाचाैँ सेमेस्टरमा अध्ययनरत छन्