लक्ष्मण चौलागाईं विद्रोही
अन्धकार जिन्दगीका रातमा
एउटी जुनकिरी
उडान भर्दै थिइन्
वरिपरि सुनसान र अन्धमुष्टि
त्यही परिधी भित्रको अँध्यारो
जसको साम्राज्य थिइन् ती जुन्किरी
उनको उज्यालो उनैसँग बोकेर बेतार
उनी बलिरहेकि थिइन्
उनको चार्जको महत्व
त्यही रात त्यही अध्यारोको
सिमा थियो
प्रिय जुनकिरी एक्लै उड्दै
कहिले केहिको संख्यामा
झिलिक झिलिक जगमगाउदै
विशाल अध्यारोकि चुनौती थिइन्
जब उज्यालो भर्दै
सुर्य साम्राज्य उदायो
अँध्यारो रातकि परि निशानै हरायो
प्रिय जुनकिरी ,
अँध्यारो कुर्दै थिइन्
जहाँ सम्पूर्ण वस्तीका ढोका खुल्ला थिए
उनी खुल्ला आकाश मुनिको
अँध्यारो रातको धर्तीमा उड्दै
अध्यारोको हरियो सँग
उज्यालोको बदला
लिदै थिइन् जुनकिरी बेलाबेला,
मेरो आगनीमा पनि आइपुग्छिन्
अनि खै के के भन्दै
हुनाउदै उड्दछिन
भाव नबुझेको मैले
जुनकिरी तिमी नै हो अध्यारोकी परि
रातकी साम्राज्ञी प्रिय् जुनकिरी !!