काठमाडाै – झापामा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका– ३ सुरूङ्गामा कोरोनाका कारण एक महिलाको मृत्युु भएको हो । ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
विर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे उनको ज्यान गएको हो । १० दिन अघि मात्र ती महिला भारतबाट घर फर्किएकी थिइन् ।