आगोको मुस्लो पियें अनि बलवान भएँ

– बिपि बिद्राेही

आगोको मुस्लो पियें अनि बलवान भएँ

अबिचलित लम्बे अभियानमा रवान भएँ

यो देशको भ्रष्ट ब्यबस्थालाई बदल्नुछ

लडन पठाउनुहो बा म अब जवान भएँ

सिमा मिचिदा सत्ताको छाती दुखेन

रुदा सुस्ता-कालापनी मरेसमान भएँ

चेतनाको चहकिलो चित्र पठाउनुस आमा

अन्धकार यो शहरभित्र म अन्जान भएँ ।

You can share this post!