-बेनाम बादशाह (यु ए इ ) (भोगाइ) कोरोना को कहर ले दुनिया उठन नसकेको अवस्थामा बिभिन्न खाडी मुलुक लगायतका देशमा रोजगारी गुमाएर तथा भने जस्तो काम नपाएर बिचल्लिमा परेर बिभिन्न सघ सस्था एन आर एन तथा दुतावास को सहयोग मा नेपाल फर्केका पिडित हरु पहिला त घर जान पाउ बिदेश भन्ने फर्केर आइन्न भन्दै कसम खाइ रहेका जब आफ्नो घर पुग्छन अनि बिस्तारै समय सगै गरिबिको कारण हातमुख जोर्ने समस्याले गाजेर घर छोड्न बाध्य बनाउछ र फेरि मेनपावर एजेन्सी अनि दलाल को पाउ पक्डिन बाध्य हुन्छ एउटा युवा खाडि आउन को लागी ।
उस्लाइ थाहा छ बिदेशमा सुख छैन ,कोरोना ले गर्दा भने बमोजिम को काम पनि पाउदैन र कोरोना कै कारण पनि खाडीका धेरै देशमा कामदार भिसा पनि बन्द गरिएको अवस्था छ । अब यस्तो अवस्थामा मजबुरीमा परेको त्यो युवक पुन रिण गरेर मोटो रकम बुझाएर भिजिट भिसामा आउन बाध्य हुन्छ । दलाल को मिठो बोली लगानी जति धेरै उति राम्रो काम अनि त्यति नै राम्रो सेलरी भनेर घिउ को लड्डु खुवाएर चुर्लुम्मै डुबाएर हरेक बहानाको सेटिङ मार्फत पिडित अनि गरिव युवा अझ लोन को बोझ बोकेर भिजिट भिसा मा खाडि भासिन्छ ।
पहिले आएको हो वा हात मा कुनै सिप छ भने त कतै न कतै सेटल हुने सम्भावना पनी रहन्छ तर न हात मा सिप छ न कहिले त्यो देश मा आएको हुन्छ अनि कमिसनको लोभ मा एजेन्ट ले भिसा पनि ३० दिन को मात्र लगाएर पठाएको हुन्छ । जब नेपाल को एअरपोर्ट छोडेर बिदेस आइपुग्छ तव सुरु हुन्छ जिवन को नया अध्याय । कोरोना को कारण बिदेशमा पनि कल कारखाना तथा कम्पनी हरु पुर्ण रुपले सन्चालनमा न आएको कारण खासै कामदार को माग पनि छैन र माग भएको ठाउमा पनि सेवा सुबिधा अत्यन्तै न्युन अनि कम सेलरीमा पनि काम गर्न बाध्य हुन्छ ।
कति ले त गएको केहिदिन केहि हप्ता भित्र जसो तसो काम पाउछन वा काम मा लगाइन्छ तर कति ले काम नपाएर ३० दिन को भिसा पनि सकिन्छ अनि भिसा थप्ने न त उनिहरु सग पैसा नै हुन्छ अनि उनिहरुलाइ ल्याउने एजेन्ट पनि फरार हुन्छ र अन्त्यमा सामाजिक सघ सस्था तथा एन आर एन को सहारा लिन बाध्य हुन्छन केहि बुझेका अनि सामाजिक सन्जाल मा पहुच भएकाहरु भने सामाजिक सन्जाल बाट टाढा भएका ब्यक्ति हरु भोकै तिर्खै बाहिरकै बास बनाएर अनकन्टार जिवन भोगि रहेका हुन्छन ।
सबै असल अनि सबै खराब त हुन्न तर पनि अधिकाङ्स मानिस हरु समस्या मा नै छन र समस्यामा नै पर्छन । दुतावास ले बार बार बिज्ञप्ती अनि सुचना निकालेर भिजिट मा न आउनु होला भने पनि गरिबीको कारण मजबुरी मा बिदेसियो अनि पुन पिडित बन्यो कहिले देश सम्बृद्द बन्ला र बिदेश जाने बाध्यताको अन्त्य होला र पिडित हुने नेपाली को सन्ख्या पनि शुन्य होस ।
बिदेश आउनु पहिले साथी हरुलाइ पनि सोधि खोजि त गर्छन कस्तो छ कस्तो हुन्छ आउदा भनेर तर साथीले भनेको यथार्थ कुरालाइ पनि बिदेश को भुत सवार अनि पैसाको आवस्यकताले गर्दा कसैको कुरा नसुनि बिदेश हाम्फलेर समस्यामा पर्नु र यहा आइपुगे पछि न त नेपाल फर्कनै सकिन्छ रिण को भारीले थिचेको छ न त बस्नै पाइन्छ बिना काम अनि बिना भिसा गार्हो छ ।
सोचेर बुझेर अनि केहि सिप सहित बिदेशिन पाए पनि पिडित को सख्या कम हुने थियो कि ।