‘पढाइ सकियो, तर जागिर छैन’। यो धेरैलाई आइलाग्ने समस्या हो । तर जागिर खोजेर समय वर्वाद गर्नुभन्दा आफुले केहि काम सिके जागिरले आफुलाई खोज्दै आउँछ । नेपालमा केहि काम गर्नेहरुको यति खडेरी छ कि तपाईं सोच्न समेत सक्नुहुन्न । यी काम सिके बेरोजगार बन्नुपर्ने वाध्यता हट्छ भने राम्रो कमाई पनि हुन्छ ।
१. तपाईंले एसएलसी सम्म पनि पढ्नु भएको छैन भने
कफी बनाउन सिक्नुहोस् । बजारमा प्रोफेसनल कफी बनाउन सिकाउने ठाउँहरु छन् । बजारमा कफी बनाउने व्यक्तिहरुको निकै खाँचो छ । यति गर्नुभयो भने तपाईंले महिनाको ३० देखि ३५ हजार सम्मको काम पाईहाल्नु हुन्छ।
२.धेरैलाई मार्केटिङ भनेपछि वाक्कै लाग्छ ।
तर तपाईं अरुसँग राम्रोसँग बोल्न सक्नुहुन्छ भने विज्ञापनको आधारभूत ज्ञान राखेर मार्केटिङ सिक्नुहोस् । अहिले सामान्य रुपमा भ्याट बिल काट्न जान्ने, रिसिप्ट बनाउन जान्ने र अरुसँग कुरा गर्न जान्नेहरुलाई अनलाइन मिडियामा निकै राम्रो सुविधा छ । यस्तो काममा जानकार राख्ने र अलि बाठो मान्छे भए अनलाइन मिडियाहरुले २० हजारभन्दा माथि तलव दिन्छन् । यो काम सिक्न पनि त्यस्तै १५ दिन मात्र लाग्छ ।
३. कम्प्युटरमा रुची राख्नुहुन्छ भने कम्प्युटर बनाउन
सिक्नुहोस् ।
यो काम गर्नेहरुको पनि ठुलो माग छ बजारमा । बजारमा हार्डवेर र सफ्टवेर सिकाउने संस्थाहरु प्रसस्तै छन् । कम्प्युटर बनाउन र नेटवर्कबारेमा राम्रो ज्ञान मात्र हुने हो भने त्यो व्यक्ति नेपालमा कहिलेपनि बेरोजगार हुँदैन ।
४. भिडियो क्यामरा चलाउन सिक्नुहोस् ।
नेपालका टेलिभिजनमा मात्र होइन विभिन्न सभा समारोहको भिडियो खिच्न जान्नेहरुको माग ठुलो छ भने आपूर्ति निकै कम छ । यो पेशामा त महिनाको १ लाख रुपैयाँसम्म पनि कमाउन सकिन्छ । दिनमा यस्ता क्यामराम्यानहरुलाई स्टुडियोहरुले वा विवाह जस्ता कार्यक्रम खिच्नेहरुले दिनकै ५००० सम्म दिन्छन् ।
५. नेपाली टाइप सिक्नुहोस् ।
अहिले नेपाली टाइप गर्नेको ठुलो माग छ बजारमा । नेपाली टाइप मात्र राम्रोसँग गर्न आउने हो भने त्यो व्यक्तिलाई पनि जागिरको खाँचो हुँदैन
६. मोटरसाइकल सिक्नुहोस् ।
हिजोआज हरेक जसो जागिरमा मान्छे राख्दा मोटरसाइकल चलाउन जान्नेहरुलाई राख्ने गरिन्छ । वा उनीहरुलाई बढी प्राथमिकता दिने गरिन्छ । त्यसैले मोटरसाइकल वा स्कुटर सिकेर लाइसेन्स निकालीहाल्नुहोस् । यो तपाईंलाई कुनैपनि बेला काम लाग्न सक्ने कुरा हो।
नोट:आफ्नो साथिहरुलाइ पनि यो सल्लाह दिनुहोस्। धन्यवाद।
Source: parijatmedia