काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक सम्पर्क मन्चका सचिव तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीले जाजरकोटमा Hunger_Response_Campaign सञ्चालन गरेर खाद्यान्न वितरण गरेका छन् ।
कोरोना भाइरस महामारीले गर्दा समस्यामा परेका अति विपन्न जाजरकोटबासीको लागि कार्कीले अहिलेसम्म ३८० घरपरिवारकालागि प्रतिपरिवार १ बोरा चामल र दाल वितरण गरेका छन् ।
Hunger_Response_Campaign भन्ने अभियान अन्तर्गत अति विपन्न परिवारलाई लक्षित गरेर गरिएको खाद्यान्न वितरण कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गरेको जनाइएको छ ।
जाजरकोटकै स्थानीय बासिन्दा रहेका अभियान्ता कार्कीले खाना Hunger_Response_Campaign गरिव विपन्नहरुकै अभियान भएको भन्दै यो अभियान अझै जारी रहने बताएका छन् । नाम कमाउन चर्चामा आउनको लागि अभियान सञ्चालन गरिएको नभई अभाव दुःख, कष्ट र खाद्य अभाव झेलीरहेकाहरुलाई सहयोग गर्ने आफ्नो अभियान रहेको भन्दै कार्कीले मानवताको निम्ति हातेमालो गर्ने सुन्दर हृदयहरुलाई धन्यवाद दिएका छन् ।