एस आर भट्टराई
उ त्यो सानो टि टेबलमाथि सानो फ्रेममा राखिएको
तिम्रो तस्बिर
अचेल म एकोहोरो हेरिरहन्छु
तिम्रो तस्बिरले मलाइ जिस्क्याइरहेको जस्तो लाग्छ
लाग्छ तस्बिरले म बिना तेरो जीवन छैन है ?
भनेर सोधिरहेको छ
प्रतिउत्तरमा म निशब्द भएर टोलाइरहन्छु
अनि तिम्रो तस्बिरको प्रश्नको उत्तर मेरा यी
आँखाहरुले बाध्य भएर दिन्छन्
अचेल त मेरा आँखा हरु पनि
अल्छी मान्छन आँसु झार्न
र भन्छन अब यो एउटा फोटोको लागि हामीले
अरु कति दिन कति महिना वा बर्ष यसरी नै
तेरो गालालाई बाटो बनाउँदै तेरो चिउँडो बाट
भुँइमा आँसु खसाइ दिनुपर्छ ?
म मेरा आँखा हरुको उत्तर दिन सक्दिन
अनि बदलामा म मेरा आँखा हरु नै बन्द गरिदिन्छु
अचेल आँसु हरु पनि म संग अलिक रिसाएकाछन्
आँसु हरु अचेल मेरो गाला बाट झर्न मान्दैनन
मन गर्छन आँखा भित्रै बिलाउन
अनि आँसु भित्रै बिलाउँदा मेरा आँखा हरुले
तिम्रो तस्बिर अचेल धमिलो धमिलो देख्न थालेका छन्
तिमी आउँदा खुसियाली लिएर आएकी थियौ
प्रेमिल मुटुले मेरो प्रेमको अनुभव गर्न नपाएको
मुटुलाइ माया गर्न सिकाएकी थियौ
तर आज यहि मुटुले तिम्रो फोटोको
प्रेममा हराउन सिकेको छ
कहिलै I love you भन्ने शब्द नसुनेको मेरो कानलाइ
i love you भन्ने शब्द सुन्न बाध्य बनाएर गयौ तिमिले
अहिले मेरो कानले i love you को सट्टा
तिम्रो यादमा रोएको मेरो मुटुको धड्कन सुन्न
बानी पारेको छ
अनि
कहिलै प्रेमिकाले रातो गुलाफ दिएको नदेखेको
मेरो आँखालाइ तिमिले गुलाफ देखाइ दियौ
अहिले त्यो सुकेको गुलाफ हेर्दै अनि तिम्रो तस्बिर हेर्दै
घण्टौ सम्म आँसु झार्न बानी पारेको छ मेरो आँखाले