काठमाडाै चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक समापन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।