सन्तोष सुबेदि (प्रयास)
सन्र १८१६ को सुगौली सन्धी पश्चात नेपाल सबैभन्दा गहिरो सङ्कटबाट गुज्रिरहेको छ । सुगौली सन्धीमा नेपालले झण्डै ४०% भूभाग गुमायो । कालापानी र सुस्ता लगायतका क्षेत्रमा झण्डै ७० हजार हेक्टर जमिन मिचिएको कुरा युवापुस्ताले राम्ररी थाहा पाएका छन् । नाकाबन्दीपछि भारतले नेपालमाथि पुन: कुठाराघात (बञ्चरो प्रहार) गरेको छ । यस्तो अवस्थामा स्कुल पढिरहेका बालबालिका समेत “गो ब्याक साथी”भन्न थालेका छन् ।
बिदेशी शक्तिले राष्ट्र क्षतविक्षत बनाउन खोज्छन् भने धपाउनु पर्छ । नेपालका दलालहरु र कर्मचारीतन्त्र देशलाई जासूसहरूको रंगशाला बनाउन षड्यन्त्र गरिरहेका छन् । कस्मिर र लड्दाकको राजनीतिक परिवर्तन गरेसंगै भारतले प्रकाशित गरेको आफ्नो राजनैतिक नक्सामा कालापानीदेखि लिम्पियाधुरा सम्मको नेपाली भूभाग पारिएको देखिएपछि नेपाली जनतामा रहेको देशभक्तिको भावना फेरि एक पटक संसारले चाल पाउने गरि छताछुल्ल रुपमा सतहमा प्रवल रुपमा प्रकट हुने नेपालको राष्ट्रिय स्वाधीनताका सन्दर्भमा निकै महत्वपूर्ण र सुखद विषय हो ।
पन्चशिलको सिद्धान्त असंलग्न आन्दोलनको आत्मा थियो कुनै बेला । असंलग्न परराष्ट्र नीति दोश्रो विश्व युद्ध पछिको परिकल्पना हो । विश्वको ५५% जनसंख्या ओगट्ने राष्ट्रहरू एक ढिक्का भएर अमेरिकाको स्वार्थमा नफस्ने प्रण गरेका थिए ऊ बेला । बिश्वका महाशक्तिहरुको द्वन्द्व, प्रतिस्पर्धा र घाट प्रतिघातबाट अलग्गै बस्ने सिद्धान्त तय गरेका थिए । साम्राज्यवादको सशक्त बिरोध गर्ने उदेश्यले सन् १९७९ मा क्युवाको राजधानी ह्यानामा अझ भन्नू पर्दा अमेरिकाको छिमेकमै कम्युनिस्ट नेता फिडेल क्याष्ट्रोको प्रयत्नमा अर्को शिखर सम्मेलनको शङ्खघोष गरियो ।
भेनेजोयलाका कम्युनिस्ट नेता निकोकस मडुरोले अहिले असंलग्न आन्दोलनको नेतृत्व गरिरहेका छ्न् । तेस्रो विश्व भनिने असंलग्न राष्ट्र मध्ये नेपाल पनि भित्रभित्रै अमेरिकाको रणनीतिमा आवद्ध हुँदै आएको यथार्थ जगजाहेर छ ।मिलिनियम च्यालेन्ज क्रपोरेसन (MCC) को माध्यमद्वारा आफ्नो शैन्य शक्तिलाई नेपाल छिराएर सबै स्रोत साधन कब्जा गर्ने र नेपाललाई आधार इलाका बनाएर चीन घेर्ने र बेक्ट एण्ड रोड इनिसियतिभ (BRI) को विरुद्ध धावा बोल्ने अमेरिकाको भित्री मनसाय छताछुल्ल भएको छ ।केही समय अगाडि मात्र ग्वाडार बन्दरगाहको छेउमा रहेको गलुवान उपत्यकामा चीनिया जनमुक्ति सेना र भारतीय सेना बीच भाले भिडन्त हुनु र वली प्रचण्डको जुँघाको लडाइ प्रकट हुनु त्यसैको रणनीति अन्तर्गत पर्दछन् ।
दुर्लभ, अप्राप्य, सोह्रै कल्पना र उरन्ते कुराको वाचा गर्ने वली र क्रान्तिको भगौडा प्रचण्डको रस्साकस्सीले नेपालको राजनीतिले नयाँ लय समातेको छ र अन्ततः प्रचण्डलाई वलीको कृतदास बनाई छाड्ने प्रपन्च सहितको नाटक मञ्चन भैरहेको कुरा सामान्य स्कुले बालकले पनि बुझेको छ । कुनै बेला जनताले एक्काइस के.जी. फुलको माला लगाइदिएका प्रचण्डको राजनैतिक अस्तित्व नामेत हुने दिशातिर अघि बढिरहेको छ । सहि बाटो हिडेपछि मात्र लक्ष्यमा पुगिन्छ भन्ने उदाहरण यसमा लागू भएको छ । यी सबै परिघटनाले सार्थक, समर्पित र देशप्रति इमानदार कम्युनिस्ट क्रान्तिकारीहरुलाई लज्जाबोध बनाइरहेको छ ।
यहि परिवेशमा अहिलेको संसारलाई नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड-१९) ले मानव उपलब्धिको सिमालाई सर्वदा पुड्को साबित गरिदिएको छ । जैविक रसायन शास्त्रमा सन् २०१३को नोबेल पुरस्कार बिजेता स्तार्न फोर्ड विश्वविद्यालयमा “स्ट्क्चरल बायोलोजी” का प्राध्यापक माइकल लेभिटले कोरोना भाइरसलाई गम्भीर प्रकृतिको रुघाखोकी (फ्लु) का रूपमा बुझ्न जरुर छ भनेका थिए । फरक यो सामान्य फ्लुको तुलनामा ४ देखि ८ गुणासम्म खतरनाक छ । तथापि मानिसहरू स्वस्थ हुनेछन् र मानवजाति बाचिरहनेछ्न् । बलशाली फ्लु अरु वर्ष पनि आएको र सन् २०१७ मा अमेरिकामा फैलिएको यस्तो फ्लुले सामान्य भन्दा तीन गुणा बढी मानिसको ज्यान लिएको पनि उनले बताएका छन् ।
अहिलेको बिश्वब्यापी निराशाका बिच लेभिटको उचाइका बौद्धिक व्यक्तित्वको यति आशावादी विश्लेषणको ठुलो महत्व छ, मनोबैज्ञानिक प्रभाव छ । तथापि उनको आशावादिता पनि विज्ञान भन्दा बढी विगतको प्रवृत्ति -विश्लेषण र तर्क क्षमतामा आधारित छ । यथार्थमा अहिलेको बिश्वब्यापी निराशा र उपायहिनताको मनोदशा एक अर्थमा विज्ञान पछाडि पर्नुको परिणाम हो । अन्तरिक्ष माथिको विजय, आर्टिफिसियल, इन्टेलिजेन्स, भर्चुअल रियालिटी,भ्रिडी प्रीन्तिङ, इन्फर्मेसन, सुपर हाइवेमा दौडने सूचना आदि अन्वेषणलाई मानव जातिले आफ्नो उपलब्धि मानेर जसरी घमण्ड गरिरहेको छ त्यसको ठिक बिपरित एकता अलि बलियो फ्लुको संक्रमण तत्काल रोक्ने वैज्ञानिक उपाय र रोकथामका लागि प्रभावकारी खोप छोटो समयमा विकसित गर्ने क्षमता पनि अझै हासिल भएको रहनेछ ।
अहिलेको कोभिड -१९ को फैलावटका अगाडि उपाय शुन्य झैं उभिएको विश्व वैज्ञानिक समुदायको निरीहपनले त्यही देखाउछ ।विकसित भनिएकै मुलुकहरूको यस्तो अबस्था भएकाले एेतिहासिक रुपमै विकासमा पछि परेका र साधन, स्रोत नभएका नेपाल जस्ता मुलुकहरुका सामु अन्तहिन दुखान्त (एण्डलेस ग्रीभ्यान्सेस) को सामना गर्नुको विकल्प देखिदैन । भएका वैज्ञानिक र व्यवस्थित खोज, ज्ञान, समज्ञान र विज्ञानको प्रयोगको बिश्वमा समान रुपले प्रसार हुन नसक्नु समस्याको अर्को पक्ष हो । ती उपलब्धिलाई मानवजीवनको दृष्टिले सहज बनाउने दिशामा भन्दा कोरा खोजमा मुलुकहरू बिच प्रतिस्पर्धा हुनुको दुस्परिणामको मुल्य पनि यतिखेर मानवजाति चुकाउदै छ । पक्कै कोरोना भाइरसलाई पछार्ने अर्को क्रान्तिकारी, प्रभावकारी, वैज्ञानिक र व्यवस्थित खोज हुने नै छ ।
तर प्रश्न के हो भने वैज्ञानिक खोज चाहिँ महामारी र प्रकोप भन्दा सधै पछाडि पछाडि दौडिरहने र त्यसलाई नउच्छिन्ने हो भने मानव जातिको अस्तित्व कति लामो समय सुरक्षित रहन सक्ला? जे होस् नेदरल्यान्डका वैज्ञानिक हुगो डिभ्रीजको उत्परिवर्तन (म्युटेसन) को सिद्धान्त र वैज्ञानिक चाल्स डार्विनको प्रकृतिको छनोटको सिद्धान्त (थ्याेरी अफ नेचुरल सेलेक्सन) लाई आधार बनाएर केही नयाँ व्यवस्थित खोज गर्न सम्भब छ ।फेरि प्रश्न उठ्छ यी सबै प्रकारका संकटबाट मानवजातिलाई मुक्त गर्न हाम्रो कार्यदिशा, कार्यक्रम, नीति र सिद्धान्तलाई कसरी अगाडि बढाउन सकिन्छ । कुरा प्रष्टै छ एउटा सन्दर्भमा महासचिव विप्लवले भन्नू भएको थियो हाम्रो कार्यदिशामा रगत मिसिएको छ ।
हामीसंग वस्तुस्थिति अनुकूलको आम कार्यदिशा छ । हामीसंग आम कार्यदिशाको मातहतमा रहने आम र बिशिस्ट निति तथा पद्धतिहरुको पूर्ण सेट छ । कम्युनिस्ट पार्टीको पद सोपान क्रमलाई उपयोग गरि धनी शक्तिशाली र”पोलिटिकल एलिड” बर्गका रुपमा उदय हुने समुहलाई रुसी भाषामा “न्युमेन क्लापुरा” भनिन्थ्यो । सन् १९५७ मा युगोस्लाद असन्तुष्ट मिलोवन दजिलासले आफ्नो पुस्तक “द न्युक्लास एन एनालाइसिस अफ कम्युनिस्ट सिस्टम ” मा भने नवीन वर्गको जन्म भैसकेको छ । यो अहिले आफ्नो शक्ति र धनको उचाइमा छ त्यसैले जनतालाई भन्नु पर्ने धेरै कुरा पनि छैन । खाली एउटा कुरा मात्र भन्नु पर्ने हुन्छ सबै कुरा जनताकै आँखा सामु पुष्टि हुन देऊ, अर्को क्रान्ति अनिवार्य छ ।
उनले गरेका भविस्यवाणी अहिले आएर सबैका आँखा अगाडि पुष्टि भयो । नेपालका हिजो लाल भनिएका मान्छेहरू दलाल भइसकेपछि, राम कहलिएका मान्छेहरु हराम भैसकेपछि, महानायक भएका मान्छेहरु नालायक भएपछि कमरेड विप्लवको कुशल नेतृत्वमा मिलोवन दजिलासले भनेजस्तै नयाँ क्रान्ति (एकीकृत जनक्रान्ति) जन्मिसकेको छ र यसको कार्यदिशा जनताले प्रष्ट थाहा पाउने गरि प्रकट भैसकेको छ । हामी माक्र्सवादी कम्युनिस्ट हौं तर कडापी माखवादी (अष्ट्रीयाई दार्शनिक अर्नेटो माक) होइनौं । माक्र्स र एङ्गेल्सका विचारको समष्टिलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादका मुख्य तिन आङ्गिक तत्व हुन-दर्शनशास्त्र, अर्थशास्त्र, समाजशास्त्र । जसमा तीन सिद्धान्त हुन -द्वन्दात्मक तथा एेतिहासिक भौतिकवाद, अतिरिक्त मुल्य, सिद्धान्त र वर्गीय अधिनायकत्वको सिद्धान्त । मुख्यत यी तीन सिद्धान्तको समष्टि नै माक्र्सवाद हो ।माक्र्सवाद अनिश्वरवादी दर्शन हो भनेर पछिल्लो कालखण्डमा चर्चित वैज्ञानिक स्टेफन हकिङ्सले पनि यसको पुनः पुष्टि गरिदिए ।
आजको क्वान्टम विज्ञानले विकास गरेका कण- तरङ्ग द्वयढता, ब्यक्तिकरण, गतिशील सन्तुलन, अनिश्चितताको सिद्धान्त, सर्वाङ्गिनता जस्ता सोचहरुसंग एकीकृत गर्दै माक्र्सवादको थप विकास गर्नु पर्ने थुप्रै चुनौतीहरु हाम्रा अगाडि तेर्सिएका छ्न् । भलै लेनिनले पनि माक्र्सवादको विकास गर्दा बाउन्न हन्डर त्रिपन्न ठक्कर खानु परेको थियो । त्यतिखेर पनि जर्मन नेता काउत्सकी लगायत रुस भित्रकै थुप्रै चिन्तक र लेनिनका समकालीन सहकर्मीले पनि लेनिनवादका कयौं प्रस्तावमाथि चर्को प्रतिवाद गरे ।तिनमा प्लेखानोप, मार्टोभ, बागदानोभ, लुनाचास्की, कामेनेल, जिनोदिएब, तातस्की, बुखारिन, प्याटाकोभहरुको वैचारिक विपरीतताबाट नै लेनिनवाद स्थापना भएको हो ।हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पनि विभिन्न हन्डर, ठक्कर खादै घात प्रतिघात, आत्मसमर्पण, गद्दारी सबै व्यहोर्दै सिद्धान्त, संगठन र चेतनाले लेस भएको पार्टीको रुपमा स्थापित भैसकेको छ ।
हामी माथि दलाल पुजिपतीहरुद्वारा थोपरिएको प्रतिबन्धले रुपमा पार्टी केही खुम्चिएको अवश्य हो । तर विज्ञानको आँखाबाट हेर्दा यसले सकारात्मक सन्देश प्रबाह गर्दछ । जब स्पेस टाइममा भएका ठुला ताराहरु कहिलेकाही खुम्चन्छन्, यसको सतहमा घनत्व बढ्छ र गुरुत्वाकर्षण पनि बढ्ने भएकाले यसले घटना क्षितिजमा रहेका वस्तुहरु आफुतिर निल्छ र सुर्यको किरणलाई पनि निल्ने भएकाले यसलाई ब्ल्याकहोल भनिन्छ । यसले विकिरण (युभी लाइट) भने बाहिर फाल्छ । हाम्रो पार्टीको पनि ग्रयाभिटी बिस्तारै बढिरहेको छ र यसले विकिरणको रुपमा आएका खराबी र विषादी बस्तुलाई पुर्ण रुपमा बाहिर फाल्न भने सकेको छैन र यसलाई मिल्काएर फाल्न सकेको खण्डमा पूर्ण ग्रयाभिटी सहितको गुणगत्ताको पार्टी निर्माण गर्न सफल हुनेछौं । क्रान्ति भनेको बिद्रोहलाई कलापुर्ण ढंगले संचालन गरिने खेल हो । जो अन्त्यसम्म जाने आँट गर्दैनन् उनले बिद्रोहसंग खेलवाड गर्ने कुनै नैतिक अधिकार राख्दैन ।
विकिरणको रुपमा झाङ्गिएका केही खराब तत्वहरुलाई निस्तेज पार्दै दृढ इच्छाशक्ति र तिब्र मनोबेग भएका क्याडरहरुलाई सर्वप्रथम केन्द्रीकरण गर्नु पर्ने भएको छ । प्रष्टै छ भौतिक नियम र सामाजिक नियमको चरित्र नमिल्न सक्छ तर दुबैलाई एकीकृत गर्दै लगेपछि हामी सफलताको बाटोमा अगाडि बढ्ने छौँ ।द्वन्द्व वर्ग (क्लास) का बिचमा मात्र हुने होईन प्रवर्ग (क्याटेगोरी) का बिचमा पनि हुन्छ । विज्ञान र कला आफैमा प्रवर्ग हुन् । यिनीहरुले पनि एक-आपसमा अन्तरविरोध सिर्जना गर्छन् । सृष्टिको यो नियम मानवीय व्यवहार संचालन प्रक्रियामा देखा पर्ने जटिलतम समस्या हो ।
कलालाई विज्ञानले जित्ने र सबै चिजको समाधान विज्ञानमा खोज्ने हाम्रो अभिष्ट हुनु पर्दछ यसको मतलब यान्त्रिक भौतिकवादलाई प्रशय दिन खोजेको होइन । कला र विज्ञानको बिचको गतिशील सन्तुलन अहिलेको आवश्यकता हो । पार्टी भित्र कहिलेकाही ठूला सिद्धान्तमा विश्वास गर्ने भन्दा पनि साना कुरामा अल्झिने, व्यक्तिगत समस्या देखाएर पन्छिन खोज्ने, बर्ण स्टेनवादी, वन व्यवहारवादी सोच प्रकट हुने गरेको छ ।जुन अहिलेको अबस्थामा क्रान्तिको बाधक तत्वको रुपमा देखा परिरहेको छ । बलिदान, त्याग, तपस्या प्रदर्शन गर्नुको साटाे सामान्य घरायसी समस्या देखाएर दृढ इच्छाशक्ति भएका र तीब्र मनोबेग भएका कार्यकर्तामा मनोबैज्ञानिक प्रभाव पारिरहेका छन् । यस्ता तत्वलाई पनि गतिशील सन्तुलनको आधारमा ब्ल्याक होलले विकिरण फालेझैँ र चियामा रहेको झिंगालाई मिल्काएझैँ मिल्काउनु पर्ने हुन्छ ।
सामाजिक संजालमा उम्लिने त सजिलो हुन्छ तर वास्तवमै कठिन परिस्थितिको सामना गर्न सक्नेहरुले नै क्रान्तिलाई अन्तिम लक्ष्यसम्म पुर्याउन सक्छन् भन्ने लेखाजोखा गर्नु अहिलेको तत्कारो आवश्यकता हो ।सुँगुरको बोसोमा पकाइएको खानालाई चिनियाहरु शुद्ध शाकाहारी भोजन भन्ने गर्दछन् । त्यस्तै देशमा केपी पिकेको अप्राकृतिक गठबन्धनलाई उनीहरु पनि शुद्ध शाकाहारी भोजन जस्तै ठान्दछन् । कथित दुई तिहाइ लगभगको सरकारले नेपाली जनतामाथि विशेष गरि हाम्रो पार्टीमाथि अमानुसिक दमनको विभिशिखा चलाइरहेको छ । कयौंलाई हत्या गरेको छ भने सयौंलाई जेल हिरासतमा राखेको छ । जेल गएका साथीहरू मध्ये केहीले कायरता प्रदर्शन गर्दै दुश्मनको सामु झुक्ने र आत्मसमर्पण गर्दै वल्लो घरको न पल्लो घर सरे भन्ने भाकामा पार्टी फेरिरहेका छन् । कोही साच्चैका क्रान्तिकारीहरु दृढ इच्छाशक्ति सहित सतिशाल बनेर जेल मोर्चामा लडिरहेका छ्न् ।
पङ्तिकार पनि भर्खरै मात्र मुक्त भएर जनताको बिचमा आएको छ । कमरेड विरजंग विभिन्न रोगले ग्रसित भएर अझै पनि जेल (सरकारी धर्मशाला) मा लडिरहनु भएको छ । म उहाँ संगै रहदा स्ठपटाइपस जस्तो घातक रोगको सिकार बनेर झन्डै मृत्युको मुखमा धकेलिन पुग्नु भएको थियो ।त्यतिखेर उहाँ संगको भलाकुसारीमा मैले भनेको थिए -‘विरजंग सर तपाईं सिकिस्त बिरामी हुनुहुन्छ, दुश्मनको हिरासतमा तपाईंको मृत्यु पनि हुनसक्छ तर यसले अर्को एउटा नयाँ इतिहासको रचना गर्भ गर्नेछ ।’ जसरी सन् १८७९ मा रुसमा नरोडयाना वोल्या पार्टी नामक राजनैतिक दलको गठन भएको थियो । त्यो तत्कालीन रुसका राजतन्त्र विरोधी क्रान्तिकारीको लोकप्रिय संगठन थियो । लेनिनका दाजु अलेकसेन्द्र पिर्टसवर्ग विश्वविद्यालयका विद्यार्थी हुदा यस पार्टीका समर्थक बने ।
सन् १८८१ मार्च १ मा यस संगठनले अलेक्जेन्द्र दृतियको हत्या गर्यो । क्रान्तिकारीहरुको गुप्त संगठनको पोल खुल्यो । यस पार्टीका सदस्यलाई निर्मम यातना, मृत्यु दण्ड र आजिवन कारावासको सजाय दिइयो । मृत्यु दण्ड दिएका मध्ये अलेकसेन्द्र उल्यानोभ अर्थात लेनिनका दाजु पनि थिए । सन् १८८७ मार्चमा दाजु अलेकसेन्द्र गिरफ्तारीमा परे । मे महिनामा उनलाई फाँसी दिइयो । दाजुको गिरफ्तारी र हत्यापछि भाइ लेनिन केही समयसम्म निकै क्षुब्ध र एकांकी भए । तर शोकलाई शक्तिमा बदल्दै जादा लेनिन महान भए । त्यसैगरी पुष्पलालका दाजु गंगालाल राणाशाहीद्वारा फासीको सजाय दिई मारेका थिए । सो भनिरहदा बिरामी अबस्थामा पनि विरजंग सर मुसुमुसु हाँसिरहनु भएको थियो ।मैले के कुरा प्रष्ट पार्न खोजेको भने क्रान्तिमा बलिदान हुन्छ, सरकारी धर्मशालामा भात खान जाने अबस्था आउन सक्छ यी सबै क्रान्तिका नियम भित्र पर्दछन् ।
अत: कमरेडहरु रत्तिभर बिचलित नभई उक्त मोर्चामा दृढता पुर्बक लड्न म विनम्र अनुरोध गर्न चाहन्छु ।हुनसक्छ सहर बजारमा योजनाबद्ध रूपमा छिरिएर योजनाका काम कार्वाही गर्दै स्वच्छिक गिरफ्तारी पनि सबैले आलो-पालो सबैले दिनुपर्ने हुनसक्छ । यसो भयो भने को खास क्रान्तिकारी हो र को होइन भन्ने प्रष्ट हुन जान्छ । साचो अर्थको कम्युनिस्ट पार्टी निर्माण गर्दा हामीले सहि र क्रान्तिकारीहरुको यथोचित केन्द्रीकरण र व्यवस्थापन गर्न सक्यौ भने बाटो अफ्ट्यारो होला तर लक्ष्यमा पुगि छाड्ने छौँ । बाहिर फिल्डमा अध्ययन गर्ने फुर्सद पनि हुँदैन र आराम गर्ने समय पनि हुँदैन त्यसैले जेल भनेको अरु केही नभएर आराम गर्ने र अध्ययन गर्ने थलो हो । अन्तमा सम्पुर्ण युवा क्रान्तिकारीहरुलाई म अपिल गर्न चाहन्छु कि देशको यो बेहाल देखेर सिरक भित्र गुटुल्किएर सामाजिक संजालमा रोएर बस्ने होइन एक पटक घरबाट बाहिर निस्कनुस र दलालहरुका विरुद्धमा टाउकोमा कफन बाधेर रणमैदानमा खडा हुनुहाेस्।