कमल थापा
नेपालमा जातिय विभेद मात्र होइन शिक्षा क्षेत्रमा पनि विभेद प्रष्ट छ सरकारको चुनाबी घोषण पत्रमा भनियको छ : सार्बजनिक सिक्ष्यामा लगानी बिर्धी ,निजि लगानिलाइ न्यून गर्दै दुई खाले शिक्षा प्रणालिमा रहेको मतभेद विभेद हटाइने छ!! अहा कति मीठो भनियको छ ,घोषणा पत्रमा ,यो घोषणापत्रको नीति र विधि नेपाली कागजमा मात्र सिमित भयको छ !!तपाईं हामिलाइ थाहा छ यहाँ शिक्षा आर्जनमै ठूलो विभेद देखिरहेको छ !! अथवा हाम्रो सामु छर्लङ्ग देखिने गरि खडा भयको छ !!
तपाइहरुको मनमा लाग्न सक्छ कसरी ? कसरी भन्दा खेरी ग्रामिण छेत्रका बचाहरु गाउको दुरदराजमा छानो नभयको बिध्यालयमा ,खुल्ला आकास मुनि पेट देखियको च्यातियको लुगा ,तला फाटेका यौटा खुट्टामा कालो चपल ,अर्को खुट्टामा रातो चपल बिजोडी चपल लगायर स्कुल पर्बेस हुन्छ्न ,कापी कलम किन्न नसकी यौटा सरकारले दियको किताबको भरमा पढ्न बिबस छ्न ।(उदाहरण कर्णाली प्रदेसका बिकट जिल्ला,सुदुरपशिमका बिकट जिल्ला , सुकुमबासिको छोरा छोरिको जनजिबन )
जो चार दिन आफ्नो छाक टार्न मज्दुरी काम गर्छ्न २ दिन स्कुल उपस्थित हुन्छन, बर्ष दिन घरको किसानी गुजरा चलाइ ३ महिना स्कुल हाजिरी हुन्छ्न ,कतिपय त कापी कलम किन्न नसकी पढ्ने चाहाना हुदाहुदैपनी स्कुल छोड्न बाध्य भयका छन । बुढा बा बिरामी पर्दा उपचार गर्न आर्थिक नहुदा १० कक्ष्या पढ्दै गरेको विद्यार्थी स्कुल छोड्दै पढ्ने उमेरमा ,त्यो कलिलो उमेरमा बिदेसिन बाध्य हुन्छ । त्यो कलिलो लाउने खाने उमेरमा खाडी मुलुक प्रदेशको ५५ डिग्री सेन्टिग्रेद तापक्रम घाममा सुकुटी भयर बिदेशमा बुल्न्धारा आँसु पिउदै २४ घन्टामा १८ घन्टा काम गरि आफ्ना बुढा बिरामी बा को उपचार र घर गुजरा धानिरहेको हुन्छ ।
अनि सालको एक्चोटी आयर परिक्षा दिन्छ।पढ्ने बेलामा उ बिदेशको एक कम्पनीमा ज्यानलाइ रिस्कमा राखी काम गरिरहेको हुन्छ!! कतिपय कणालीका दुरदराजका ,बझाङको साइपाल जस्ता बिकट क्षेत्रका सामुदायिक बिध्यालयमा किताबको अभावमा १ किताब दुई जना मिलेर पढ्न बाध्य छ्न भने ,,,,अर्को सहर केन्द्रित पुजिपती सुकिला मुकिलाका छोराछोरिहरु यसि जडान कक्ष्यामा लाखौ को आइप्याड चलाउदै ,हजारौ को प्रोटिन खादै ईन्टरनेटको माध्यमबाट सिकिरहेका छन ।
हप्तामा रङी बिरङि पोसाक फेर्दै चम्किला जुत्ता लगाएर बोडिङ स्कुल अथवा हजारौ लाखौं सुल्क तिरेर शिक्षा आर्जन गरिरहेका हुन्छ्न ,अथवा प्राइभेट स्कुल पढिरहेका छन । बिहाना बेल्का टिउसन धाइरहेका हुन्छ्न , पुजिपती अभिभावक घर ल्याउन मोटर ,कार चढेर सरर आयर लियर जान्छ्न ,प्रायजसो मैना को हजारौ तिरेर home teution को बेबस्था गराइ सुकिला मुकिलाका छोराछोरी पढिरहेका छ्न । प्राय यी सबै आफ्नो कमाइले आफ्नो बेबसाय गरेर खानेका छोराछोरी हुदैनन ,,यी सबै राजनितिलाइ कमाइखाने भाडो बनाइ जो राजनितिका गफ चुटेर अरबौ धन लुटेर सहर बसाइ सरेका आफुलाइ राजनीतिज्ञ ठान्न्ने र करडौ नेपाली जनताको कर २,४ जना टाठा बाठाले पचायको कारण धनाड्य आलिसासन महलमा बस्दै आयका हुन पुजिपतिहरु ।
मज्दुर, किसान को श्रमको सोसण गरि पुजिपती एेसाराममा बस्ने गर्दछ्न ।मिहेनेत मज्दुर गरिबले गरेनी फल अर्कैले पाउने बेवस्थाले गर्दा अथवा पुजिपतिले पाइरहेका हुन्छ्न ,उपभोग पनि पुजिपती कलास नै गर्ने गर्दछ। निजि कम्पनि अथवा कुनै उध्योग कलरखानाले १२ करोड राज्यलाई कर दिनु पर्ने ठाउमा १२ लाख एक जना राजनितीज्ञ नेताले कमिसन खायर ,तेस कम्पनिले राजस्व तिरेको बिक बनाइ दिन्छन ,राज्य मारमा पर्छ ,गरिबहरुको जिबन टाट पल्टिदै जान्छ !निजि व्यसाय र २,४ जना पुजिपती धनाड्य बन्छ्न कमिसनखोर ,घुसखोरिहरु माथी माथी हुँदै जान्छ्न !!!गरिबहरु रोडमा पुग्ने स्थती सिर्जना हुन्छ!!
ईतिहास फर्केर हेर्दा राणा शासन जस्तै देखिन्छ ,राणा सासनमा गरिब , निमुखा ,किसान मज्दुरका , सर्बहाराका छोराछोरीले पढ्न पाउदैनथे ! किनकी उनिहरु कहिलेइ माथी नउठुन भन्नाका लागि शिक्षा पनि दिइदिदैनथ्यो !! पढ्न पाउन्थे त केबल हुने खाने सुकिला मुकिला ,राणाहरुको आफन्त भाइभारदा नातागोता मात्र पढ्न पाउथे ! अहिले पढ्न पाएता पनि दिने शिक्षामा फरक विभेद छ अहिले शिक्षा आर्जन्मा राणाहरुको भन्दा खत्रा नै देखिन्छ! अब प्रसन खडा हुन्छ शिक्षा कसरी समान छ? आहा!राज्यको नेपाली कागजमा नीति कति मीठो र प्रस्ट छ सरकारको नारा ::::नारामा सबैलाइ सम्मान ब्यबहारिक गुणस्तरिय शिक्षा ।
शिक्षा विभेद प्रस्ट छ कसैले लुकाउने चाहेपनि लुक्दैन यो त बिहानिको घाम जस्तै छर्लङ्ग छ । अहिले नेपालमा दुई प्रकारको शिक्षा संचालित छ्न । १) गरिबहरुका लागि पढाइ हुने शिक्षा । २) हुने खाने पुजिपती बर्गका लागि पढाइ हुने शिक्षा । बिभेदको कारण के होला सजिलै संग बुझ्न पाए हुन्थ्यो भन्ने मनमा लाग्न सक्छ !! अघाडी देखि भन्दै पनि आयको छु ,प्रस्ट छ ।कारण : शिक्षा जस्तो मुल्यवान चिजलाइ निजीकरण ब्यापारिकरण ,माफियाकरण गर्न थाले पुजिपती बर्गले अथवा सुकिला मुकिला हुने खानेले ।
अनि अर्को कुरा निजि बिद्यालय क्ष्यत्रका लगानीकर्ता देसका नेर्तितो मै हु भन्ने पुजिपति स्याललालाइ हड्डी दिएर किन्न सफल भए अथवा निजि लगानीकर्ताहरु नेता संसद देखि शिक्षाविद् किन्न सफल भए!! अनि त्यस्पछी निजि बिद्यालयमा हुने पढाइ सरकारि बिद्यालयमा हुन नपाउने प्राबधान राखिदियो ,त्यहा पनि पुजिपतिहरुको हालिमुहाली चल्यो अनि सर्बसाधारणको शिक्षा र हुनेखाने सुकिला मुकिलाको शिक्षामा अन्तर पर्दै गयो। शिक्षाले दक्ष जनसक्ती एक पुजिपतीहरु एक हिस्सामा उत्पादन गर्न थाल्यो । पुजि हुनेहरु हुँदै गय ,नहुनेहरु लाई झन गारो हुँदै गयो ।अनि कसरी भन्नू हुन्छ शिक्षा गरिब र धनिमा उत्तिकै सम्मान छ,कसरी सम्मान छ ?सर्बहारा सर्बसाधारणका छोराछोरीले पढ्ने शिक्षा र हुनेखाने वर्गका छोराछोरिले पढ्ने शिक्षा !!