मजाक

नमिता दवाडी

मजाक बन्न लाएक छ,

तिम्रो र मेरो सहयात्रा,

र पनि !

गुडि रहेछ सम्बन्धको थोत्रो ट्रक घ्यार्र – घ्यार्र,

जिन्दगीको बगरे बाटोमा ।

समर्पणको नाममा कहिल्यै खुम्चिन नपर्ने,

रेटिन नपर्ने तिम्रो मन देखेर ,

अनायासै निस्किन्छ जीर्ण ओठहरुबाट ,

हाए ! नियति मेरो देश र मेरो प्रेमको !

प्रत्यक पटक बनाउनुपर्छ नयाँ मानचित्र

आफैं खुम्चिदै र हराउँदै गरेको !!

हात समातेर गुलाबी बगैँचामा सएर गर्न

नपाएकै दिन,

ताता र राता ओठहरु मुखौटो भित्र बन्दी

भएकै क्षण ,

तिमीबाट आयो निमन्त्रणा सम्बन्ध मैजारोको ,

बिलम्ब नगरिकनै स्विकारिदिएँ मैले पनि सहस्र ,

यसरी , भयावह अबशान भएको छ प्रेमको !

र ,गन्हाएको छ उन्मत्त वास्ना शहरभरी।

धृष्टता हो जान्दछु,

प्रेम बारे बोल्नु र पनि बोल्दछु !

प्रेम सिँउदो र सिँदुरको !

प्रेम गला र पोतेको !

माफ गर्नु होला !

यहाँ पनि प्रेम जिवित छैन !

छ भने भनिदिनुहोस् ,

किन ?

किन कुर्न सक्दैन सिउँदो ?

भरिन खुसीको सिँदुरले एकदिन शिघ्र भबिस्यमा!

जब बाचा मायाको !

बाचा कर्तव्यको !

बाचा समर्पणको !

कतै दूर दराजमा

आफ्नै रगत ,पसिना र सपनाको निजि फ्याक्ट्रीमा

खुसिको सिँदुर उत्पादन र प्रसाधन गरिरहेछ। �+{��

You can share this post!