बेनाम बादशाह (रमेश)
मल्ल काल ,लिच्छवीकाल , पृथ्वीनारायण शाह हुदै राणा शासन अनि पन्चायत ,प्रजातन्त्र , लोकतन्त्र अनि गणतन्त्र हामिले धेरै शासन ब्यवस्था पढेको छौ इतिहास मा भने अहिलेका केहि ब्यवस्था भोगेका पनि छौ । बिगतमा पनि हामि अधिकास नेपालिको दैनिकि खेति किसान र हलो कोदालो नै थियो जुन आज छ फरक यति होला अहिले केहि प्रबिधिको बिकास ले सहज भयो होला त्यो बेला प्रविधि नभएकोले केहि कठिन अवस्य नै थियो । जब हाम्रो समाज विक्रम सम्बत को २००० बाट अगाडि लाग्यो तव बिश्वमा बिकाश का रेखा हरु उध्योग धन्दा का बिकाश हरु देखेर नेपाल मा पनि सम्बृद्धि अनि बिकाश चाहिन्छ भनेर बिभिन्न राजनैतिक दल हरु खुल्न थाले र जनता जनता बहस गर्न थाले कि बिकाश को बाधक जहानिय राणा शाशन हो यस्लाइ नहटाइ हामिले बिकास र सम्बृद्धि पाउन्नौ भनेर टाठा बाठा हरुले सबैलाइ उकास्न थाले भित्र भित्रै मोर्चाबन्दि गर्न थाले र श्री ५ तथा तत्कालिन मोर्चाका नेता हरुको अगुवाइमा राणा शाशन फाल्न र पन्चायती ब्यवस्थाको सुरुवात गर्न कसरत भयो र सफल पनि भयो त्यस्को ज्वलन्त साक्षी मेरो हजुरबुवा पनि हुनुहुन्छ ।
मेरो हजुरबुवा तथा सबै जनतालाइ के लागेको थियो राणा हटाएर पन्चायती ब्यवस्था ल्याउन पाए अवस्य देशमा बिकाश हुनेछ र हाम्रा छोरा छोरा छोरीले राम्रो शिक्षा पाउनेछन अनि ठुलो ठुलो पदमा काम गर्न पाउनेछन तर पन्चायती ब्यवस्था पनि आयो जो नेता थिए त्यो बेलाका उनिहरुलाइ नै ब्यवस्था फेरियो तर मेरो हजुरबुवा लगायत सबै जनता जस्ताको तस्तै नै रहनु भयो आफ्नो जे थियो त्यहि र जस्तो जिवन शैली थियो त्यस्तै । जनता जहाको तहि फेरिएको ब्यवस्थाले त्यो बेलाका नेता र आफन्त को मात्र जिवन शैलि फेरियो । समयक्रम सगै फेरि पहिलेका तथा नया बुद्धिजिवि थपिए र पन्चायत नै हो बिकासको बाधक अब यसलाइ फालेर बहुदल ल्याउनु पर्छ अनि मात्र हाम्रो देश मा बिकाश र सम्बिद्धि आउछ भनेर फेरि मोर्चा बन्दि गुटबन्दि हुन थाल्यो र त्यो बेला चप्पल लगाएर गुटबन्दि गर्दै हिड्ने नेता हरु अहिले पनि हुनुहुन्छ नै ।
साचै जनता पनि बिकास अनि रोजगारी चाहान्थे र नै पन्चायत फालेर बहुदल आउदा हाम्रा छोरा छोरीले रोजगारि पाउछन अनि देशमा बिकाश हुन्छ भने किन नलड्ने भनेर पन्चायतको बिरुद्ध सबै जनता उठे र राजा बाट बहुदल को घोषणा पनि भयो त्यस्को साक्षी तथा जन आन्दोलनमा पन्चायत मुर्दावाद भन्ने मेरो बुवा अझै साक्षी हुनुहुन्छ । मेरो हजुरबुवा हरु ले राणा फालेर ल्याएको पन्चायत ले रोजगार अनि बिकास दिन नसाकेर मेरो बुवा हरु त्यो पन्चायत फालेर बहुदल ल्याउन कम्मर कसेर लाग्नु भएको थियो र अन्तत ल्याउनु पनि भयो बहुदल र मलाइ पनि अलि अलि थाहा छ वहा हरु त्यो २०४६ मा बहुदल आएको दिन धेरै खुसि हुनुहुन्थ्यो । बहुदल त आयो आफ्ना छोरा छोरी ले स्कुल पढन त पाए तर पहुच र नेताका आफन्त बाहेक अरुले न त कतै जागिर नै पाए न त देशमा बिकाश र सम्बृद्धिको बाढि नै आयो । बिकास त राणा काल , पन्चायती ब्यवस्थामा जसरि हुदै थियो त्यहि क्रममा अघि बढि रहयो नया केहि थपिएन र गति पनि लिन सकेन आफ्नै गतिमा चलि रहयो र आज सम्म पनि चल्दै नै छ ।
सरसर्ति हेर्दा बहुदल ले दिएको बिकास भनेको बैदेशिक रोजगार रहेछ जस्तो मलाइ लाग्यो । आफ्न्त नेता हुने अनि पावर पैसा हुनेले जागिर पाउने तथा ठुला ठुला देश जाने हामि जस्तो सर्वसाधारण जनता खाडि जाने या मलेसिया अनि भारत जाने यहि बिकाश देखियो बहुदल को पनि । बहुदल त आयो तर पनि आफुले ल्याउन चाहेको ब्यवस्था न आएको भनेर फेरि केहि ब्यक्ती समुह २०५२ साल मा भुमिगत भएर अब यो बहुदल ले हुन्न देश मा राजा र अन्य ब्यवस्थाका कारण बिकास र सम्बिद्धि रोकिएको हो यस्लाइ पल्टाउनु पर्छ भएर शशत्र युद्धमा निस्कियो र देशै भरि आन्दोलन र युद्ध हरु भए जसमा धेरै नराम्रा कुरिती हरुलाइ मेटाउन पनि सफल भयो र यो जनयुद्ध को साक्षी मेरो दाइ हुनुहुन्छ जो देश परिवर्तन गर्न रात दिन घर परिवार नभनी भुमिगत जिवन बिताउनु भएको थियो ।
जनयुद्धका शृन्खला सगै र अन्य राजनितिक शक्ति सग को सहकार्यमा फेरि ०६२/०६३ मा नेपाल गणतन्त्र भयो किनकि सारा जनतालाइ लागेको थियो देश बिकाश र सम्बिद्धिको बाधक भनेको राज सस्था नै हो यस्लाइ फाल्नु पर्छ भनेर गरिएको जनयुद्धको सफलता स्वरुप २०६३ मा नेपाल गणतन्त्र भयो र अब जनता को छोरो रास्ट्रपति हुने र देश ले बिकाश र सम्बृद्धिमा कोल्टे फेर्ने छ भन्ने भयो र सम्बिधान नया बन्यो ब्यवस्था नया बन्यो ०६२/०६३ को जन आन्दोलन को साक्षी म स्वयम छु । मलाइ लागेको थियो अब जागिर पाइन्छ अब देश मा बिकाश हुन्छ अनि आफ्नै देश मा रोजगारी पाइन्छ तर यो ब्यवस्था पनि यस्तै नै भयो पहिले कै निरन्तरता । देश बिकास गर्न तथा सम्बिद्धि ल्याउन ब्यवस्था परिवर्तनको लागि मेरो पुस्तामा मेरो हजुरबुवा , मेरो बुवा , मेरो दाइ अनि म हरेक काल खन्ड मा लडियौ मेरो जस्तै सबैको सन्तान लड्यो तर परिवर्तन के भयो के पायौ हामीले न रोजगार पायौ न त देश बिकाश पायौ ।
पायौ त ब्यवस्था परिवर्तन सगै उदाउने नव महाराज हरु र उनिहरुको फेरिएको जिवन शैलि । हाम्रो पुर्खा अनि हामिले कुनै ब्यक्ति बनाउन होइन देश बनाउन गरेको आन्दोलन आज ब्यवस्था नै पिछे ब्यक्ति राजा बन्दै छन के यत्रो शासन ब्यवस्था परिवर्त्न यसैको लागि थियो त ? मेरो हजुरबा ले हिजो जे गर्नु हुन्थ्यो म पनि अहिले त्यहि नै गर्दै छु सबै जस्को आफ्नो मान्छे ठुलो बडो छैन उस्को अवस्था न राणा काल न पन्चायत न त बहुदल अनि न त लोकतन्त्र जस्ताको तस्तै छ अझ कस्टकर बन्दै छ नया राजा पाल्नलाइ चाहिने पैसा कर मार्फत हामीले नै तिर्नु पर्छ । बहुदल ले बिदेश पठायो धेरै मानिस मानिस बिदेस गए देशलाइ आर्थिक सन्कट हुन बाट जोगाए रेमिटेन्स ले देश चलाए तर आज परदेशमा काम माम अनि बस्ने ठाउ नहुदा म आफ्नो जन्मभुमि फर्किन्छु नि भन्दा गएको प्लेन खालि फर्किन्छ , जनता परदेश मा भोकै मर्न बाध्य छन के यहि दिन को लागी हामिले ब्यवस्था परिवर्तन गरेका थियौ र ? हत्या हिसा बडेको छ पहुचको आधार मा बलत्कारी खुले आम हिडेको छ पिडित का आसु को मोल छैन अब को बाट के आशा राख्ने हामी जनता ले ।