नयाँ कम्पनी यूनियन लाइफले पुरानो कम्पनी नेपाल लाईफ र एलआइसीलाई चुनौति दिँदै

काठमाडौं, १२ साउन । पछिल्लो समय यूनियन लाइफ इन्स्योरेन्सले नेपालका पुराना बीमा कम्पनीलाई बजारमा चुनौति दिएको छ । यूनियनले पुरानो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)लाई चुनौति दिँदै गत आ.व.मा तेस्रो स्थानमा परेको छ । गएको आवमा जीवन बिमा कम्पनीहरुले ९४ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बिमा शुल्क आर्जन १९।१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा जीवन बिमा कम्पनीहरुले ७९ अर्ब १९ करोड रुपैयाँ शुल्क आर्जन गरेका थिए ।

यस अवधिमा कम्पनीहरुले ७९ लाख ५७ हजार वटा पोलिसी जारी गरेका छन् । बिमा समितिका अनुसार सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स अगाडि रहेको छ । यस कम्पनीले २८ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले १५ अर्ब ३१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यसैगरी, नेसनल लाइफ इन्सुरेन्सले ९ अर्ब २१ करोड रुपैयाँ र राष्ट्रिय बिमा संस्थानले ७ अर्ब ५ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् । पछिल्लो समय लाइसेन्स पाएका १० बिमा नयाँ जीवन बिमा कम्पनीमध्ये युनियन लाइफ पनि पर्दछ । यस कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, युनियनले ३ लाख ६० हजार वटा जीवन बिमा पोलिसी बिक्री गरेको छ । सबैभन्दा भन्दा कम बिमा शुल्क आर्जन गर्नेमा सानिमा लाइफ इन्सुरेन्स रहेको छ । कम्पनीले ८२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो ।

source : newsajako.com

You can share this post!