विकल्प
दलाल तथा सामन्तवादी राज्यसत्ताको अन्त्य गर्न, जनवादी राज्यसत्ताको स्थापना गर्न, उत्पीडित वर्ग, जाती, लिंगलाई अधिकार सम्पन्न बनाउन,जनता र राष्ट्रलाई जनवाद, समाजवाद र साम्यवादतिर अग्रसर गराउन, साम्राज्यवादी र विस्तारवादी मुख्यतः अमेरिकन साम्राज्यवादी तथा भारतीय विस्तारवादि हस्तक्षेपको विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रको निमार्ण गर्न हामी समस्त परिवर्तनकारी नेपालि हरु घरेलु प्रतिक्रियावाद र सामन्तबादको अन्त्य संङ्गै सर्बहारा बर्गको उत्थान, जनताको जनबाद, समाजबाद हुँदै साम्यबादको महान समरको यात्रामा परि आए जीवन उत्सर्ग गर्न लाखौंलाख हामी राता मान्छे कपलमा कफन वाधेर मृत्यु पत्रमा हस्ताक्षर गरि पटक पटक १९४७ मा जसरि भारतमा अङ्ग्रेजविरुद्धको स्वतन्त्रता सङ्ग्राम सम्पन्न भयो ।
भारत अङ्गे्रजहरूबाट स्वतन्त्र भयो । तत्पश्चात यसको प्रभाव नेपालमा पनि पर्यो जसअनुरुप नेपालमा राणा शासनका विरुद्ध वि.सं. १९३३ मा गोर्खा बुङ्कोटमा क्याप्टेन लखन थापामगरले गरेको विद्रोह, २००७ सालमा राजा त्रिभुवन र नेपाली काङ्ग्रेसको विद्रोह, २००८ सालको डा. केआई सिंहको विद्रोह, २००८/९ वरिपरि पश्चिमनेपालमा भीमदत्त पन्तले गरेको सशस्त्र विद्रोह, २०१०/११ तिर पश्चिम नेपालका राप्ती, भेरी, कर्णाली क्षेत्रमा कामी बुढामगरले गरेको विद्रोह, २०१८ र ०२५ सालमा नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले पञ्चायतका विरुद्ध गरेको असफल सशस्त्र विद्रोह, ०२८ सालको झापा विद्रोह, ०३६ र ०४६ सालका जनआन्दोलन, ०५२ फागुन १ बाट सुरु भएको इतिहासकै उथलपुथलकारी दस वर्षको जनयुद्ध, ०६२/६३ को माओवादी र सात संसदीय दलहरूको १९ दिने संयुक्त आन्दोलनल सम्म अाउदा हरेक घटनाक्रमले राय्ट्रिय स्वाधिनता, समृद्ध नेपालका निम्ति सम्पुर्ण परिवर्तनकारी सक्तिलाई अघि बढायो ।
हजारौं महान शहिदहरुले यहि मीठो नारालाई महान उदेश्य अनुशरण गर्दै आफ्नो जिवनलाई सहर्ष बलिदानी,उत्सर्ग तथा कुर्वानि दिनुभयो हजारौं हजार घाईते अपांग हुनु भयो, हजारौको संख्यामा व्यपत्ता हुनु भयो, लाखौंलाख द्वन्द्व पीडित हुनुभएको छ । हरेक परिवर्तनकारी क्रान्ति र जनयुद्धको दु:खद र बिर्सन लायक अन्त्य भयो। शहिदको रगतको नदिमा सयर गर्दै उहीँ खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोमा नै विराजमान तथा रमाउन पुगे, जंगलको भोक र गरिबिको पिठो लाई भुलाउन चौरासी ब्यान्जन को खोजी गर्न थाले ।
जनताको डर र फोहोरी राजनितिको थमथाम मसला पस्किदै सत्ताको स्वादमा रमाउदै बाँकी जीवन रोमान्चकारी बिताउने उदेश्यले बाँचेका हाम्रा सामाज्वादी र विस्तारवादि का प्युपा भन्न कुनै अप्ठ्यारो नपर्ने नालायक नेताहरु हरु र अहिले उहीँ सिद्धांत, उहीँ नारा, उहीँ जोस, उहीँ राजनिती चरित्र बोकेर संसदमा मिलेर सत्ता सञ्चालनका अवैज्ञानिक मिश्रित नेताहरु बाट जनताले साँच्चै परिवर्तनको आशा गरेका छैनन, जनताको जीवन, राष्ट्रियताको सुरक्षा, आत्मनिर्भरताको ग्यारेन्टी समृद्ध नेपालको परिकल्पना, सान्ति र सुसाशन,भ्रस्टाचार रहित नेपाल बनाउने र दिने विस्वास भन्दा नितिगत भ्रष्टाचारको चरम विन्दु,
गुटगत भ्रस्टाचार को विकास, साम्राज्यवादी को असर पहलेलेदार हु भनी प्रमाणित पार्न सिनेटमा झ्याल वाट अमेरिकन सैन्य रणनिति अन्तरगतको मिलिनियम च्यालेन्ज कर्पोरेसन छिराउनु र लैनचौर हुँदै दिल्लि सम्मको सम्झौता पस्चात सिमा विवादमा नक्सा नेपाली सामु व्यंग्यात्मक तरिकाले सार्वजनिकिकरण गर्नु र विश्व सोकमा रहेको बेला यी नेपाली नेता तथा भ्रस्टाचार को डंगुरमा डुवेका नालायक कमाउनिस्ट हरुले लास माथिको कात्रो को जुन व्यापार गरेका छन र दिन दुई गुणा रात चौगुणा नेपाल र नेपालिको भविस्य जुन उदो गतिमा पुर्यायका छन यिनिवाट नेपालिले अास गर्नु भनेको अाफैलाई मूर्ख सावित गर्नु वाहेक सवैकुरा भ्रम हुन जान्छ देशमा चुलिएको यश संसदवादी नेपाली राजनितिज्ञ हरुको नितिगत भ्रस्टाचार र विदेशिको नजरमा व्यरोजगारि को भर्ति केन्द्र मानियको यो राष्ट्र मा वास्तवमै अग्रगामि छलाङ को प्रायवाचि राष्ट्र भक्तिले अोतप्रेत भएका सच्चा राष्ट्रवादि लिडरले सामुहिक नेत्रित्व गरि अर्को तथा अन्तिम क्रान्ति ( एकिकृत जनक्रान्ति)को सुरुवात अपरिहार्यता रहेको देखिन्छ ।
हो देसले कोल्टे फेर्ला, व्यवस्था परिवर्तन होला, शासक परिवर्तन होलान भनेर जनताले सोचिय पनि, भनिए पनि सरकारमा जाँदा मिश्रित विचार हरुको सरकार वन्दै गए सरकार परिवर्तन मात्र हुदै गएनन् हिजोका दमनकारी भनिएकाहरु समेत नयाँ नेपालको नयाँ व्यवस्था सहितको सरकारमा सहभागी हुदै गए ।
पछिल्लो समय त यस्तो सम्म देखियो को कस सँग किन के का लागि क्रान्तिलडि रहेछ भन्ने कुरा नेपाली जनताले वुझ्नै सकेनन् १० वर्षे जनयूद्ध भयो ६२÷६३ को जन आन्दोलन भयो तर कसलाई हटाउन भयो भन्दा राज संस्था हटाउनका लागि मात्र भएको रहेछ भन्ने देखियो हिजो जनयूद्धलाई जनआन्दोलनलाई दवाउन प्रमुख भूमिका खेल्नेहरु नै परिवर्तित व्यवस्था आएपछिको नयाँ नेपालको नयाँ सरकारमा परिवर्तनकारी सँगै भए पछि यहाँ नेर प्रश्न उठ्यो किन हजारौं नेपाली जनताको रगत वगाउने खेल भयो नेपाली जनतासँग हिजो सामन्तवादी शोसक भनेर किटानी गरी चिनाएकाहरु सँगै आज घाटीमा घाटी मिलाएर सत्ताको स्वादन गरी पाटी खानू थियो भने नेपाली जनतालाई एक अर्को सँग मात्र होइन भाइलाई भाई सँग लडाउने काम किन गरियो? वर्तमान परिवेशमा जनताले सोधि रहेकाछन प्रश्न गरी रहेकाछन ।
यदि यो देसमा सामन्तवाद अन्त्य भएकै हो भने फेरि यो वर्तमानमा देखिएको विकृति र विसंगती सहितको राजनीतिको जंजिरमा रुमलिएको देसको यो अवस्थालाई नेपाली जनताले कुन वाद भन्ने, केपि वाद भन्ने कि पिकेवाद ? कहिले कुन वाद कहिले कुन वादको ललिपप देखाउदै आफ्नो पोल्टो भर्दै नेताहरुले कहिले सम्म राजनीतिक नाममा नातावाद कृपावाद भ्रष्टवादमा लागेर देसमा व्रह्मालुट मच्चाउने ? कहिले सम्म नेताहरु आलो फल लागेको रुखमुनी घाटी तानेर झर्ला र खाम्ला अनि घर जाम्ला भने जस्ता गरी रहने ?
नेपाली जनतालाई कहिले सम्म लोकतन्त्रको लोकभाका गाउन लगाएर नेताहरुले स्वार्थ लुट्ने ? कहिले सम्म नेपाली जनतालाई झुक्याउदै म जीवन भर राजनीतिका नाममा जेल वसेको, राजनीतिमा नै जीवन समाप्त पारेको, सम्पुर्ण घर परिवार तथा अाफन्त राजनिति मै गुमाय भन्दै भित्र भित्रै सम्पत्ति कुम्ल्याउदै नेपाली जनता लाई वेवकुफ वनाउने ? नेपाली जनतालाई कहिले सम्म धोका दिने ? नेताहरुसँग वर्तमानको प्रश्न कहिले सम्म जनतालाई ढाँट्न र विचार साट्न लागि पर्ने ? कहिले सम्म लालपुर्जा लुकाए पनि वाग्मतीमा ठड्याएका ति पहाड सरी महल लुकाउने छिपाउने ?
कहिले सम्म आफन्तका नाममा सम्पत्ति जोडेर नेपाली जनतालाई धोका दिने ? हुदाहुदा फेरि सिमा विवादमा बडो लज्जास्पद तरिकाको घुमाउरो पाराले लोकपि्रयता को लागि नक्सा सार्वजनिक गरेको छ । एउटा गवार नवुझने सर्वसाधारणले पनि वुझ्ने कुरा जसले जीवनभर राजनीति गर्यो उसैको ठाउँ ठाउँमा सम्पत्ति कसरी भयो, उसैको धेरै सुन, उसैका धेरै वैंकमा खाता, उसैका ठुला ठूला कम्पनीहरुमा शेयर, उसैको जहाँ तही अदृश्य लगानी हुने गरेको देख्न, सुन्न पाईन्छ ।
भन्ने वेलामा जनतासँग राजनीतिमा फालियो जवानी अव के कमाउनी भन्ने भित्र भित्रै महल ठड्याउनी राजनीतिमा रमाउनी भएपछि यो भन्दा नेपाली जनता माथि धोका अरु के हुन सक्छ ? त्यो भन्दा देस द्रोही अरु को हुन सक्छ ? हिजो देस भ्रष्टाचारमा चुर्लुम्म डुव्यो देस असफल हुने भयो सामन्तले जरा गाड्यो एउटै वंशको वशमा परेर नेपाली जनता विवस भएर वाँच्न वाध्य हुनु पर्यो भन्ने नेताहरुलाई प्रश्न, के आज अन्याय अत्याचार भएको छैन ? के भ्रष्टाचार भएको छैन ? के तपाइहरुवाटै देसलाई असफल वनाउने स्वार्थी र भित्री कार्य भएको छैन ?
के महिला हिंसामा परेका छैनन ? के दलितले न्या पाएका छन त ? छातीमा हात राखेर शहीदको रगतलाई सम्झेर नेपाल आमाको कसम खाएर भन्न सक्छन ? सक्दैनन, कदापि सक्दैनन, त्यसो भन्ने आट अव कसैमा छैन किन भने वर्तमानले सवैकुरा प्रष्ट पारी सकेको छ । यहाँ लहरो तान्दा पहरो थर्कने डरले सवैलाई सताएको छ । कसैलाई पाटीको चिन्ता, कसैलाई सम्पतिको चिन्ता,कसैलाई अाफन्तको चिन्ता, कसैलाई नेताको चिन्ता छ यहाँ जनता र देसको चिन्ता कसैलाई छैन । हो छैन पनि रत्तिभर माया छैन नेपाल र नेपालिको ।
रहेनछ भन्ने कुरा त निर्मला वलात्कारपछिको हत्या काण्ड, ३३ किलो सुन काण्ड, वाइडवडी जहाज काण्ड जताततै काण्डै काण्ड छन् विकासमा काण्ड, स्वास्थ्यमा काण्ड, शिक्षामा काण्ड, वैदेशिक रोजगारमा काण्ड, सपथमा काण्ड, हुदा हुदा बालुवाटार जग्गा काण्ड, MCC काण्ड, सिमा काण्ड र कोरोना भाईरस स्वास्थ्य सामाग्री खरिद काण्ड (92 करोडको स्वास्थ्य सामग्री भित्री सक्दा पनि जनता कोभिड 19 को परिक्षण गर्न नपाएर मरेको 8 दिन पछि सार्वजनिक हुन्छ) प्रस्ट छ ।
यस्तो भएपछि कसरी देस उभो लाउँछ कसरी नेपाली जनता सम्वृद्ध हुन्छन् र जनताले पत्याउछन! औंलामा क्यान्सर भएपछि औंला काट्न सक्नु पर्यो हात गोजीमा हालेर हिड्दैमा औंला लुकाउदैमा औंला सुरक्षित हुदैन भोली हातै फाल्नु पर्ने अवस्था आउन सक्छ भन्ने कुराको ख्याल सवैमा हुनु पर्ने हो । तर यसो हुदैन र गर्न सक्तैनन पनि र त्यतातिर कसैको ध्यान पुगेको छैन पनि हरेक काण्ड र प्रकरणमा पहिला खुव विरोध गर्ने सडक नै तताउने पछि पछि गएर सवै कुरा सेलाउँदै जाने भए पछि कुन शक्ति छ यस्तो जसले कुनै पनि प्रकरणलाई नियाल्न दिदैन ।
नेपाली जनताले शंका मान्न थाली सकेका छन् र खोजी गरी सकेकाछन् । नेपाली जनता जति चुप लागेका छन् त्यति नै उठे भने पुरै धर्ती नै हल्लीने गरी आधी वहेरी ल्याउन सक्छन् कति दिन सम्म आची लुकाएर आची माथि नै वसे झै गरी रहने एक न एक दिन थाहा भइ हाल्छ दुर्गन्ध आउँछ एक दिन नेपाली जनताले त्यस्तालाई सडकमा उभ्याएर कालो मोसो लाउँनेछन यसमा कसैको दुई मत रहँदैन नेपाली जनताको अर्को नाम पानी हो । शितल जल हो यदि पानीले आफ्नो आकार वढायो भने वगाउन सक्छ सवै नेता हरुमा यो कुराको पनि हेक्का रहोस् ।
नेपाली जनतालाई देस चलाउने नाममा ढाडै सेक्ने गरी कर लगाउने आफूहरु तलव भत्ता वढाउदै जाने भ्रष्टाचारमा मल जल गर्दै जाने हो भने कति दिन सम्म नेपाली जनताले साथ दिनेछन् । धेरै भयो भने त गुुड पनि तितो हुन्छ भन्ने कुरा सवैले वेलैमा वुझ्ने हो देशमा दलाल पुँजीवादी राज्यसत्ता र जनताबीचको अन्तरविरोध चर्किएर देश दलदलमा छ, नेपाली जनता र भारतीय विस्तारवादका विचमा सामजिक सम्बन्ध रोटि र वेटि भए पनि रास्ट्रिय सम्बन्ध भने हेपाह, चेपाह र दवाह विस्तारवादि रहेकोले नेपाल भारत बीच पटक पटक सिमा विभादले संघर्षका दवावमुलक कार्यक्रम वढिरहेका छन जसले गर्दा नेपाली सामन्त अर्थात भारतिय रअ का एजेन्ट नेपालभित्र जनता भन्दा कमजोर हुदै छन
र दलाल सामन्तवादी राज्यसत्ता संकटपुर्ण बन्दै जादैछ,जसले गर्दा जनताहरु आमुल परीवर्तनको पक्षमा उभियका छन, श्रमिक जनता र नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपा पार्टीबीचको एकता बलियो बन्दै गएको छ अग्रपंतिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (विप्लव ) छ र जनतासँग अझै पनि जनमुक्ति सेना जिवित छ जसले यी तमाम प्रवृत्ति लाई सदाको लागि अन्त्य गर्न कुनै मनोगत लहड र इच्छाबाट भन्दा पनि खास वस्तुगत र आत्मगत ठोस आधारहरुवाट समग्र नेपाल र नेपाली का लागि क्रान्तिकारी शक्ति ले वेलैमा बुद्धि विवेकले भाग्य र भविस्य उज्ज्वल वनाउनेमा दुईमत छैन
लेखक राष्ट्रिय उधाेग बाणिज्य महासंघका केन्द्रय सदस्य हुन