प्रतिक चन्द
क्वारेनटाइन डायरी
यता तिमी ग्यास छाड्छौ
उता बसायो भन्छन
यता तिमी इको टेस्ट गर्छौ
उता हसायो भन्छन
तिम्रो सनक चल्छ
मसानघाटको बाटो हिड्छौ
सति जान लाइन लाग्छन
ठेस लाग्छ र फर्किन्छौ
चिताबाट सबै भाग्छन
बिन्ति छ महोदय
सतिले बिगारेको मति
जतनता हसाउछौ कति
समाल आफ्नो धोती
कति खोज्छौ हिरा र मोती
भारी भयो भने चिरिन्छ
आफ्नै कानको लोती !
यता आखा सन्किन्छ
उता आगो दन्किन्छ
यता मुरली घन्किन्छ
उता ज्यान तन्किन्छ
कति खेल्छौ दोहोरी
लाग्न थाल्यो फोहोरी
बिन्ति छ महोदय
सितल निबास
सिंहदरबारमा सार
रोगी ज्यानलाई
अलि सजिलो पार
हस्ताक्षार गर्दा गर्दा
हात थाके होलान
आफ्नै काधमा ल्याउ
उनको कार्यभार !!
धेरै भयो तडक भडक
खाली भयो सडक
आधी हुरी आउनु पर्छ
एक पटक कडक
जरा सबै कुही सक्यो
रुख ढल्न लाग्यो
देशले पनि वाक्क मान्यो
नयाँ नेता माग्यो
सुकेको डाली छाड अब
फलदिने माली समाउ
मर्ने बेला थोरै भए’नि
मलामी त कामाउ
बिन्ति छ महोदय
कुर्सी युवालाई देउ
बुढा अबकास लेउ
कति बोक्छौ
लालचको झोला
जान थाल्यो चोला
यसो गरे कसो होला ?