बि’द्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रा’न्तिकारी) ले संकट कारण काठमाडौँमा समस्या परेका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रा’न्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टका अनुसार पहिलो चरणमा लकडाउनका कारण साँझ विहानको गुजरा गर्न समस्या भएका विद्यार्थी र मजदूरहरुलाई सहयोग उपलब्ध गराइएको छ ।
लकडाउनका सबैभन्दा बढी प्रभाव विद्यार्थी र दैनिक ज्यालादारी मजदुरलाई परेको भन्दै अखिल क्रा’न्तिकारी काठमाडौँले अभियानात्मक रुपमा राहत वितरण गरिरहेको छ । प्रचारको लागि मात्र नभएर समस्या समाधान हुनेगरी राहतस्वप विद्यार्थीहरुलाई सहयोग गरेको अध्यक्ष विष्टले बताए ।
उनले स्थानीय तहले दिने राहतको लागि बनाइएको मापदण्डका कारण बास्तविक पीडितले राहत पाउन नसकेको बताए ।
समस्या परेको बेला विद्यार्थीलाई सहयोग गर्नु आफूहरुको कर्तब्य भएको बताउँदै विष्टले राहत अभियान जारी रहेको समेत बताएछ्न ।
सरकारले वितरण गरेको राहत पक्षपातपूर्ण भएको र बास्तविक पीडितले नपाएको भन्दै निष्पक्ष रुपमा बास्तविक पीडितलाई राहत उपलब्ध गराउन अखिल क्रा’न्तिकारीले सरकारसँग माग गरेको छ ।
यसैबीच विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रा’न्तिकारीले ललितपुरमा महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरीसकेको छ ।
जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि अवस्था हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रा’न्तिकारीले ललितपुरले जनाएको छ ।
साथै अध्यक्ष अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको महामारीको जोखिमको यस्तो समयमा समेत सरकार र जनप्रतिनिधिहरुले आसेपासेलाई मात्र राहत उपलव्ध गराएर वास्तविक श्रमित र पी’डितहरुलाई नदिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनले अत्यन्त पीडामा परेका परिवारलाई संगठनले थप राहत उपलव्ध गराउने बताएका छन् । त्यस्ता परिवार सम्पर्कमा आउन समेत अपिल गरेकाछन ।