शिब बि .सि ( बिकल्प )
श्री गोर्ख बहादुर के सि ज्यु
(प्रमुख)
आठबिसकोट नगरपालिका रुकुम (
पश्चिम
आँखा त तपाइको करोड तिर होला
।मन महल तिर र गन्तव्य सांसद / मन्त्रीको कुर्सी तिर होला । पीडा त तपाइको पनि होला; डोजर
थन्किएको होला, ठेक्का रोकिएको होला ।निकाशा अड्किएको होला । तपाइँलाई पनि
लाग्दो हो यो परस्थितिलाइ पल्टाइदिने कोहि बहादुर होस ! बिडम्बना तपाईलाई भोट दिएर
आफ्नो अभिभावक सम्झिएका बिचरा आठबिसकोट बासिहरु एक छाप भोट भन्दा बढी तपाइको लागि
गर्न केही सक्दैनन । सक्थे
त सबैका घर सिमेन्टका बनाइदिने, बाटोको छातिमा पिच खन्याइदिने, भोट हाल्नेको
हातहातमा पैशा छाप्ने मेशिन नै थमाइदिने हवाइ आस्वासन बाड्दै आफ्नो काम सल्ट्याउन
तपाईं माहिर नै हो क्यार !
मन कता बहकियो ! मैले चिठी
लेख्नुको कारण तपाइको दु:ख बल्झाइदिन होइन । बरु तपाइले दु:ख पन्छाइदिने बाचा गरेर भोट फुत्काएका
दुखीहरुको रोदन तपाईका कान र आँखा सम्म पुर्याइदिन हो । आफ्नै दु:ख बढी भएको तपाईंलाइ अरुको सुन्ने मन त नहोला । तर तपाइले त्यो स्थान ओगटनु भएको छ जहाँ हजारौका चीत्कार
सुन्दिन भन्दा भन्दै पनि पुग्छ्न, हेर्दिन भन्दा भन्दै पनि देखिन्छ्न । देश संकटमा छ । हुन त नेपालि जीवन उहिल्यै
देखि संकटग्रस्त ।झन यतिबेला अरुकै वारि गोडेर, मल सोरेर, ढुङ्गा
फोडेर पनि खाने वातावरण छैन । रोगी ज्यानको गोजिमा पैशा नहुदा रोग बोकेर जिन्दगिको दौडमा
भाग लिने हामी नेपाली, यतिखेर त झन सिटामोल गोलि समेत नपाएर भोलि नै मर्ने स्थितिमा
पुगेकाछौ ।
खदिका तिखे रसाइली पालले
ढाकिएको घाम,पानी र चिसोले सिजन अनुसार मितेरी लाउने छाप्रो भित्र बस्ने, प्रतिदिन
पसिना बेचेर ५ जनाको पेटमा दाना जोहो गर्ने उनी ! कसरी बित्दै होला उनको दैनिकी ? कहिले पुग्ला
तपाइको नजर त्यहाँ ? ए अँ भोटको भिख माग्दा त घर बनाइदिने वचन पो दिनुभएको रे त !
तपाईंको सातदोबाटो ललितपुरमा महल ठडिदा आयन याद उनको ? गोतामकोटकी अमृता बिष्ट, कमाउने बुढा बिते । छाक खोसियो सपना उजाडिय, किताब काखमा च्यापेर स्कुल जाने, दिउँसो
खाजा खाने, दुई चुल्ठी बाटेर किताब पल्टाउने उमेरकि पन्द्र बर्सिया उनकी
छोरी भारतको रामपुरमा पसिना बेच्न गइन । लकडाउनको लक ले उतै अल्झाएको छ ।खाना छ कि छैन, बिरामी
पो छिन कि ? आमा तर्सिएकी छिन ।आमाले के
खाइन ? न
अन्न प्रसस्त न पैशा छोरी चिन्तित होलिन ।
गोइरिको राकेश बिक, जो
गरिबिको पिडाले पिल्सियको छ ।बाबू आमा छाकै टार्न भारत पुगेका छ्न । सानै उमेरमा मजदुरी गर्न गएको हात नै गुमाएर आयो । न घर छ, न
खाने अन्न, न काम गर्न अङ्ग, उ भाइ आज के गर्दै होला ? कसरी
बाचेको छ होला ? के खान्छ होला ? बुगेखोलाका कमारो खत्री ! अरुको मकै भाचेर आएको अन्न साचेर
आफू र चार जनाको परिवार पाल्ने बुढा । अचेल त काम पनि छैन ,माम
पनि छैन कसरि बाचेको होला त्यो परिवार ? यी सब त प्रतिनिधि पात्र मात्रै हुन । यस्ता राज्यको उपेक्षामा परेका र नियतिले ठगेका पिडित प्राणिहरु
त आठबिसकोटमा कति होलान कति ? तपाईं खोजी गर्नुको सट्टामा, उनिहरुको लागि
वातावरण तयार गर्नुको सट्टामा सेलिब्रेटी बन्ने दौडमा हुनुहुन्छ ।चिनका राष्ट्रपति
सि जिन बन्ने कल्पना गर्दै दस दिनमै अस्पताल बनाएर चर्चा पाउने लोभमा बिना मास्क, बिना
ग्लोभ्स, बिना
PPE मान्छेहरुको
जमघट गराउनु भएको छ । नामै
सन्देश रेडियो सन्देश भने मास्क लाउनुपर्ने,भेला नहुने आदि पो दिनु भएको छ । हुन त भाइरसले सरकारको डर त मान्छ होला ! त्यो पनि शक्तिसाली
बहुमतको सरकार पो त। भो गन्थन छाडौं ! तत्कालिन जनसमस्याको समाधान तर्फ जाउँ । केहि मागहरु तपाईं समक्ष पेश गर्दछु, त्यो
तपाइको जिम्मेवारी हो पूरा गर्नुहोला । अन्यथा जन संघर्षबाट तपाइको ठिक उपचार गर्ने चेतावनी पनि दिन
चहान्छु ।
मागहरु
______
१_लक
डाउनलाइ प्रभावकारी गराउने संयन्त्रको तर्जुमा गरियोस
२-बिना राजनितिक विभेद
गरिबहरुलाइ खाद्यन्न बितरण गरियोस
३-जनतालाइ पुर्व सुरक्षाका
सामाग्रीहरु मास्क, साबुन, स्यानिटाइजर बितरण गरियोस
४-अन्य रोगको उपचारको प्रबन्ध
गरियोस
५-भारत लगाएत विभिन्न ठाउमा
अलपत्र नागरिकलाइ तु घर फिर्ता ल्याइयोस
६-क्वारेन्टाइन र आइसोलेसन
बनाउन बिना सेफ्टी र ppe नागरिकहरुलाइ जोखिम नथुपारियोस । बरु स्कुल कलेज र अन्य
भवनहरुलाइ भाडा लिएर तयार गरियोस !
७-चुनाबी गफहरु पूरा गरियोस या
राजिनामा गरेर समाजवादी सत्ता प्राप्तिको बाटो प्रसस्त गरियोस ।
अन्त्यमा, जनताको
भोट, लुट्ने
लाइसेन्स होइन । बैधानिक
तरिकाले लुट्ने कार्य छोडेर जनताको पिडाको मल्हम बन्न अनुरोध गर्दै बिदा हुन्छु !