वर्ग, राज्यसत्ता र राजनीति

– रणदिप

 मानब समाजको उत्पती एक विशिष्ट परिघटना त हुदैहो तर मानव समाजको उत्पती संगै बर्गको उत्पती ले हालसम्मको समयसम्म समाज एबं मानवजाती नै एक अर्को बाट पिडित हुनु स्थाई प्रकारको समस्या जस्तो देखिन पुगेको ईतिहास ले सिद्द गरेको कुरा नै मानव जाती को उत्पती बर्ग को उत्पती र राज्यसत्ताको उत्पतीको बारे आआफ्नो दृष्टीकोण अनुसार व्याख्या त प्रस्त गर्नेको अभाव नै देखिदैन तर माथी उल्लेखित ३ कुराको स्थाई समाधान को बिषयमा ठोस धारणा विश्व बैज्ञानिक राजनितीक बिष्लेषक, राजनितीकर्मी लगायत ले दिन नसक्नु नै हालसम्मको मुख्य समस्या हो । समाज जसरी नै चल्छ चलिहाल्छ जो जहाँ जसरी भएपनी भन्ने नितान्तै पुजिबादी धारणा ले बर्ग विभेद झन चर्किदै गएको छ । आजको यश युगसम्म आउँदा यी लगायत तमाम प्रश्नहरू बाट मानव समाज मुक्ति चाहान्छ भने दोहनकारी बर्ग र उसैको नेतृत्वमा रहेको राज्यसत्ता शोषण दमन अन्याय अत्यचार सहितको समाज कायमै रहोस भन्ने चाहन्छ ।

 मानव समाज, बर्ग र राज्यसत्ताको मुख्य अन्तर बिरोध को चुरो यही हो । यसको हल गर्ने उचित बिचार र नेतृत्व बिना असंम्भव छ । मानव समाजको उत्पती संगै जन्मिएको बर्ग विभेद र यसको अन्त्यको लागि केही दार्शनिकहरुको बर्गिय चरित्रअनुसारको त्रुटीपुर्ण व्याख्या ले मानव समाज पुर्ण आधुनिक युगमा पुग्न सकिरहेको छैन । यस्को अर्थ २० औ शताब्दिपछि बिश्वमा दार्शनिकहरुको अभाव होकी भन्न पनि अन्याय नहोला भन्न सकिन्न । जसरी १८ औ शताब्दि देखि २० औ शताब्दि सम्म महान दार्शनिक हेगेल, क. कार्लमाक्स, लेनिन, स्टालिन हुँदै माओसम्म ले जसरी दार्शनिक नेतृत्व बिश्वलाई गर्दै आउनुभयो त्यस पछी को दार्शनिक संकट बिश्वलाई जो देखिएको छ यसले नै त्यो कुराको संकटको संकेत गर्दछ । मानव समाज बर्ग र राज्यसत्ता बिचको अन्तरबिरोध को बैज्ञानिक हल गर्ने भन्दा पनि विश्व कसरी हडप्ने भन्ने उत्तर साम्राज्यबादी बिचार हावी भएकै कारण विश्व ले देखिने संकट ब्यहोर्नु परिरहेको कुरा दिनको घामझै छर्लङ्ग छ यद्दपि प्रयास भने जारी छ । तसर्थ बिगत शताब्दि देखि हाल सम्म को बर्गिय अन्तरबिरोध राज्य सत्ता र भैरहेको राजनिती बारे चर्चा परि्चर्चा आवश्यक छ । बर्ग दास मालिको उत्पादन सम्बन्ध ले नै बर्गको उत्पती गरेको कुरा स्पस्ट छ । दास हरुको श्रममा मालिकहरुको आवश्यक्ता भन्दा बढी उत्पादन हुनु र पछिल्लो समयमा मालिकहरु ले दासहरुलाई किनबेच गर्नु बाट शोषक बर्ग बलियो हुँदै र दास झन दास हुँदै बर्ग विभेद चर्किदै आएको छ ।

 जब दासहरु अधिकार का लागि बोल्न सुरु गरे त्यसपछी त्यस्लाई दबाउन राज्य सत्ताको सृजना अनबार्य ठान्ने बिचार जन्मिन थाल्यो । हुने खाने र बिपन्नहरु बिचको बर्ग विभेद को प्रकृया को औपचारिक सुरुवात नै दास र मालिक बिचको सम्बन्ध बाट सुरु भयो र हाल सम्म यो प्रकृया चलिराछ । बर्गको पुर्ण उन्मुलनका लागि राज्यसत्तामा आमुल परिबर्तन बिना संभव छैन भन्ने कुरा यसरी प्रश्ट हुन्छ । प्रकृतिक बिज्ञान संघर्षकै तुलनामा समाज बिज्ञानको उच्तम् बिकास नितान्तै आवश्यक भै सकेको छ समाज बिज्ञान को बिकासमा भएको ढिलाई ले यो अन्तरबिरोध को मारमा आजको मानव समाज छ । राज्यसत्ता मा परिबर्तन मालिकहरु को लुट खसोट को स्वर्ग बचाउन र दासबिद्रोह दबाउन राज्य सत्ताको जन्म भएको कुरा बिज्ञान सिद्दकुराहो । बर्ग राज्यसत्ता र शसस्त्रबल अन्तर सम्बन्धित कुरा हुन । त्यसैले भन्ने गरिन्छ राज्य सत्ता भनेको एक बर्गले अर्को बर्गमाथी शासन गर्ने राजनिती अखडा हो । युग परिबर्तन संगै अन्तरबिरोध हरुको परिबर्तन पनि भयो तर चरपत्र कायमै रहन पुग्यो । दासयुगमा मालिक हरुको सामुहिक सम्पती हुन्थ्यो त्यसपछी दासहरुलाई प्रयोग गरेर मालिक हरुको निजी सम्पती हुन थाल्यो र र सामान्ती युगको सुरुवात भयो दास हरु गरिब र किसान मा परिणत भए ।

सामान्त नोकरशाह र दलाल पुजिपती बर्गहरु मिलेर बर्तमान राज्यसत्ता टिकिराछ र गरिब झन गरिबको अबस्था चरमचुलिमा पुग्दै छ । राज्य सत्ताको उत्पती भएको १०००० बर्ष जति भयो सामान्त नोकरशाही र दलालपुजिपतीहरुको जिबनमा जति गुणात्मक परिबर्तन आयो त्यसको ठिक बिपरित गरिब किसान को जिबनमा संकट बढ्दो छ किन ? यस्को कारण हो बर्गिय राज्यसत्ता । त्यसैले क माओले राज्यसत्ता बाहेक अरु सबै भ्रमहो भन्नू भयो यस्मा अहिले पनी सान्दर्भिकता छ र पछी सम्म रहनेछ । प्रतिस्पर्धात्मक पुजिवाद , एकाधिकार पुजिवाद , दलाल पुजिवाद , नोकरशाही पुजिवाद र निगम पुजिवाद को संरक्षणको निम्ति जुनसुकै मूल्य चुकाउन तयार हुनु बर्तमान राज्य सत्ताको दाहित्व भएका ले गरिब किसान हरुको संघर्ष को अपरिहार्य छ यस्को हल क्रान्ती बाहेक अन्य बाट नहुने कुरा बिगत ईतिहास ले देखाई सकेको छ । राज्यसत्ता का साधनहरु अहिले पनि दलाल पुजिपती हरुको हातमा छन बर्तमान राज्य सत्तामा पात्र पार्टी विशेष भएपनी यि सबी दलाल पुजिपती हरुकै नोकरको भुमिकामा छन । यस्को धेरै कारण मध्य एउटा कारण हो आधार परिबर्तबिना हुने उपरिसंरचना त्यसैले बर्तमान राजनितीक शक्तीहरु ले गल्ती गरेको नै यहीनेर हो ।

त्यसैले राज्यसत्ता मा परिबर्तन बिना गरिब किसान र सर्बहारा सुकुम्वासी हरु को जीवन परिबर्तन संभव देखिदैन राज्यसत्तामा परिबर्तन ल्याउ क्रान्ती जरुरी छ । क्रन्ती को नेतृत्वगर्ने उन्नत बिचार र कुसल नेतृत्व जरुरी हुन्छ त्यस्को वरिपरि गोल्बन्ध हुनु राज्यसत्ताका संरक्षक बाहेक सबैको कर्तब्य हुन्छ । जानी वा नजानी गलत राजनितिक संस्कार ले भ्रममा परेर जनबिरोधी गरिब किसान बिरोधी मालिकको सेबक राज्य सत्तालाई नै सहयोग पु-याईरहेका हुन्छौ । राजनितीक स्वार्थ भन्दा माथी उठेर जनताको राज्यसत्तामा जुट्नु २१औ शताब्दिका हामी सचेत मानवहरुको दायित्व हुन्छ । राजनीतीक ब्यपार राजनितीक भनेको राज्य संचालनका लागि नीति निर्माण गर्नु हो । स्वतन्त्र प्रतिस्पर्धात्मक तरीका द्वारा गरिने राजनीतिक प्रणाली लाई राजनितीक भनिन्छ । बढी भन्दा बढी जनप्रिय नीति निर्माण गरेर आमुल परिबर्तन गर्नु र जनसेवामा समर्मित हुनु यस्को उदेश्य हो भने उदेश्यअनुसारको सत्ता र सरकार निर्माण गरि संचालन गर्नु यस्को लक्ष्य हो । तर बिडम्वना राजनिती मा भ्रष्टीकरणको प्रकृया को डरलाग्दो सुरुवात भएको छ । सत्तामा सुधार गरेर स्वार्थ परिपुर्ति गर्ने सस्कार को जग बलियो हन लागेको कालो राजनितीक ईतिहास लाई बदल्नु नै चुनौति पुर्ण यात्रा तयगर्नु रहेको छ । बिगत ईतिहासमा भएका युद्द र अान्दोलन ले के कुरा को पुष्टि गरेका छन भने युद्द र आन्दोलन बार्ता र सम्झौता बाहेक सबै भ्रम हो भन्ने देखाएको छ ।

यही कालो चस्मा ठुला ठुला राजनितिज्ञ र बुद्दीजिबीहरुका अाखाँमा छदैछ । युद्द र आन्दोलन गर्नु को पछाडी सरकार र सत्तामा पुग्नु मात्र होईन किनकी मानिसको प्रमुख कर्तब्य क्रानती हो भने क्रान्तीको प्रमुख लक्ष्य समाजको अर्थप्रणाली लाई बदल्नु हो । र बदल्न सक्नु पर्छ। क माओको यो भनाई लाई आत्मसात गर्ने हो भने जे जति युद्द र आन्दोलन भए यस्बाट सरकार र पात्र बदलिएका छन उत्पादन सम्बन्ध र उत्पादक शक्ति को विकास गरि अर्थ प्रणालीमा परिर्बतन गरिएको कहाँ छ ? मात्रै बिदेशी पुजि ऋण र अनुदानमा भित्र्याएर समृद्दी र उन्नतीको भ्रम बाड्नु बाहेक बर्तमान राजनितिमा केही छ र ? खासमा भन्ने हो भने राजनितीक ब्पापार यति सम्म घिनलाग्दो भयोकी सामान्यत: संसदिय परिपार्टी मा एउटा पार्टी सरकारमा जाने एउटा सदनमा प्रतिपक्षको भुमिका मा रहने सरकारमा जाने ले प्रतिपक्ष लाई पलेरै सरकार चलाउने प्रतिपक्षले आलोचनात्मक खबरदारीको भुमिका पूरा गर्ने तर बडो बिचित्र त के भने केपी वलीको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार त प्रतिपक्ष संग मिलेर राज्यको दोहन पो गरिराक्ष भने प्रतिपक्ष लुट्नेमा एकैठाउमा उभिन्छ ।

यो कस्तो राजनिती परिपार्टी हो र यस्ले कस्को सेवा गरिराछ यता तिर कसैको ध्यान छैन मात्रै कोले कति राहात पायो कस्ले कति खायो र खाने हो यता तिर विशेष ध्यान सबैको गएको होईनकी नेतृत्वले त्यहा पु-याईदिएको राजनिती कुसस्कार हो । यस्का पछी नलागी बर्गबिभेदको उन्मुलन तमाम बिचारको क्रान्तीकरण गरि सर्बहाराबर्गको अधिनाकत्वमा आधारित राज्यसत्ता र मानव सृजित बर्गिय शोषण दमन, असमानता र असान्तीको अन्त्य, पुर्बवर्तीसमाजको बिचार, उत्पादन पद्दती, राजनिती सस्कार र सस्कृतीको अन्त्य र मानव जातिकै उत्कृष्ट सभ्यता सहित स्वतन्त्र र समानतामा आधारित समृद्दशाली समाजब्यबस्था बैज्ञानिक समाजवादको प्राप्ती बिना परिबर्तनको कल्पनै गर्न सकिँदैन । आग्रह पुर्बाग्रहबिना सत्यको वकालत गरौ । जित परिबर्तनकामी हरुको नै हुन्छ ।

You can share this post!