सरकारविरुद्ध सडक रयाली

माघ २२, काठमाण्डौ ः आज काठमाडौंसहित देशका विभिन्न जिल्लामा सरकारविरुद्ध र्यालीसहित विरोध प्रदर्शन गरेको छ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

काठमाडौंमा रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कसम्म आएको थियो ।

सरकारविरुद्ध कांग्रेससहित सर्वसाधारण ब्यक्ति सहित सडक आन्दोलनमा उत्रिएका थिए । विरोध प्रर्दशनका क्रममा सरकारविरुद्ध  संगै राष्ट्रिय चिकित्सा शिक्षा र निर्मला पन्तको हत्यारालाई पनि आन्दोलनको बिषय बनाएर चर्का नाराबाजी लगाउदै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

You can share this post!