काठ्माण्डौ, २७ पुस : बर्ष अरु बर्षकै भन्दा धेरै पर्यटकहरु नेपाल भित्रिएका छन । नेपाल एउटा यस्ता थुप्रै पर्यटकिय स्थलहरु छन जुन पर्यटकिय स्थलहरुले अहिलेसम्म चर्चामा आउन सकेकाकम छैनन भने कुनै पर्यटकिय स्थलहरु क्ुनै समय निकै चर्चामा रहेको तर पछिल्लो समय भने हराउदै गईरहेका छन । यो भित्र एउटा विजौरी–९ को छिल्लीकोट पर्दछ । पछिल्लो समय उक्त स्थल गुमनामजस्तै बनेको छ । धार्मिक आस्था र नेपालको बाइसेरचौबीसे राज्यको ऐतिहासिकता बोेकेको क्षेत्र अहिले ओझेलमा छ । एकछेउको टापुमा कालिका र अर्को टापुमा मालिका भगवतीको मन्दिर छिल्लीकोटको अर्को आकर्षणको केन्द्रविन्दु होे छिल्लीकोट ।
ल्गभग चार वर्ष भयो, छिल्लीकोटमा बाटो पुगेको । तर अझै मोटर पुगेको छैन । मोटर बाटो जति सबै जिर्ण अबस्थामा छ । वर्षमा कात्तिकदेखि जेठसम्ममा मात्रै पर्यटक मोटरसाइकलको जोखिमपूर्ण यात्रा गरी छिल्लीकोट पुग्ने गरेका छन् । मोटर बाटोको अभावका कारण त्यो ठांउमा पर्याप्त मात्रामा अझै पर्यटकहरु भित्रिन सकेका छैनन । पर्यटक भित्र्याउन मोटरबाटोको सहज व्यवस्थापन गर्न सकिए छिल्लीकोटले मुहार फेर्न सकिन्छ । राम्रो व्यवस्थापन गर्न सकेमा छिल्लीकोट धार्मिक, ऐतिहासिक रूपमा मात्रै होइन, कृषि पर्यटन क्षेत्रमा पनि फस्टाउन सक्छ । तर यहाँको मुख्य समस्या भनेकै यातायात र बाटोघाटो अभाव हो ।
विजौरीको सङ्क्राम खोलाबाट हिँड्दै करीब साढे तीन घण्टामा छिल्लीकोट पुग्न सकिन्छ । द्याङमा आन्तरिक देखि बाह्य पयटकहरु भित्रिने गर्छन । तर त्यति लामो यात्रा गरेर उकालो जान गाह्रो मान्ने गरेको स्थानीयवासी बताउँछन् । वर्षैपिच्छे छिल्लीकोटको भौतिक संरचना जीर्ण भएसँगै यसको महत्व घट्दै गएकोमा स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
स्थानीयवासी हिम्मत वली छिल्लीकोटको छुट्टै विशेषता बोकेको सुगन्ध कोकिला ‘मालागिडी’ समेत बाटो समस्याले बजार पु¥याउन कठिन हुने गरेको बताउनुहुन्छ । पर्यटन, कृषि एवं धार्मिक विकास गर्न भौतिक पूर्वाधार पनि महत्वपूर्ण हुने उहाँको तर्क छ । तत्कालीन जिल्ला विकास समिति र पर्यटन विकास बोर्ड भैरहवाको लगानीमा मन्दिर संरचनाको मर्मत सम्भार भए पनि त्यसले अझै सार्थकता पाएको छैन ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ मुलकोटमा अवस्थित चमेरा गुफाले पनि दाङको पर्यटकीय क्षेत्रको एक हिस्सा ओगटेको छ । तर दिनहुँ ४०र४५ नवआगन्तुक पर्यटक भित्रिने गुफा हिजोआज सुनसानजस्तै बन्ने गरेको स्थानीयवासी कलीभान रोकाले बताउनुभयो । कात्तिकदेखि वैशाख जेठसम्ममा मात्रै यहाँ पर्यटक आउँछन् । नत्र सधैँ बन्द हुन्छ । भौतिक अवस्था पनि उस्तै छ । बाटोघाटो अवस्था पनि उस्तै छ । मर्मत सम्भार र प्रचारप्रसार भए यी सम्पदा विश्वकै ऐतिहासिक पर्यटकीय क्षेत्र बन्नेसक्ने सम्भावना छ ।
तर भौतिक संरचनाका लागि गुरु दक्षिणाको पर्खाइमा रहेको स्थानीयवासी बताउँछन् । त्यस्तै स्युजा उजाको बागेश्वरी मन्दिर, कोइलावासको रामजानकी, सिद्ध भगवन्तनाथ मन्दिर श्रीगाँउ, सिद्धबाघनाथ बाबा जङ्गलकोटी र बगारबाबा धार्मिक रिहार, पाण्डवेश्वरी शिव मन्दिरलगायत प्रसिद्ध मठमन्दिर ऐतिहासिक देवस्थल भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको पाइन्छ ।
त्यस्तै दाङका प्रसिद्ध अम्बिकेश्वरी मन्दिर, कृष्ण मन्दिर तुलसीपुर बाह्रकुन दह, पुरन्धरा छहरा, चरिङ्गे दह, सवारीकोट र जखेराताल देउखुरी प्रचारप्रसार अभावमा ओझलमा परेको पाइन्छ । दाङका पर्यटकीय क्षेत्र ओझेल पर्नुको मुख्य कारण सहज पूर्वाधारकोे व्यवस्था नहुनु हो । तर पूर्वाधार विकासमा लगानी गर्न सके दाङ एउटा उत्कृष्ट पर्यटकिय स्थल बन्न सक्ने सम्भावना बोकेको ठांउ हो ।