मनाईयो राष्ट्रिय एकता दिबस तथा पृथ्बिनारायण जन्मजयन्ति


काठ्माण्डौ, २७ पुस : आज पृथ्बिनारायण जन्मजयन्तिको अवसर पारेर काठ्माण्डौको सिंहदरबार नजिक रयालि निकालेर पृथ्बी नारायण जयन्ती भब्य रुपमा मनाईएको छ । आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । ति विभाजित राज्यहरु ह्टाउदै उनले पुरा नेपाल एकिकरण गर्नुभएको थियोे । उनको त्यो समय भनेको अठारौ शताब्दि को समय थियो । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।


२०६२ र ६३ को जनआन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ ।

काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भूभागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डौको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललार्इ नियाले त्यस क्षण काठ्माण्डौको सौन्दर्यताले पृथ्वी नारायण शाहलार्इ लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर सन् १७६८ मा क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू(भागहरु जितेका हुन् ।
ृथ्बिनारायण जन्मजयन्ति मनाउदै गरेको केहि झलकहरु

You can share this post!