मकै आयातमा बृद्धि

काठमाडौँ, १९ पुस ः पछिल्ःलो समयमा कुखुरा पालन ब्यवसाय बढ्दै गएकाके छ । कुखुरापालन व्यवसाय बढ्े संगै मकैको आयातमा पनि बृद्धि हुदै गएको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयातमा बृद्धि हुदै गएको छ ।
कुखुरापालनमा लाग्ने किसानको सङ्ख्या ह्वात्तै बढे पनि त्यसको अनुपातमा मकैको उत्पादनमा वृद्धि नभएकोले “किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गरेर पनि मकैको उत्पादन बढाउनुपर्छ ।”

नेपालको मुख्य तीन बालीमा धान र गहुँसँगै मकै पर्छ । तराईदेखि भित्री मधेश र उच्च पहाडी क्षेत्रमा समेत मकैखेती हुँदै आएको छ । दिनदिनैको खानामा मकैको प्रयोग केही मात्रामा बढेको छ भने कुखुराका आहाराका लागि पनि बढी मात्रामा मकैको आवश्यकता पर्छ ।

किसानलाई मकैखेतीमा आकर्षित गर्ने स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न कसिमका योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्ट । “थोरै जमीनमा पनि धेरै उत्पादन दिने जातका मकैको उत्पादन बढाउनु खाँचो छ ।” देशभरमा मकैको उत्पादन प्रतिहेक्टर तीन टन छ । प्रायजसो सबैजसो ठांउमा मकै खेति गर्नसकिने भएकोले नेपालको प्रत्यक ठांउको कृषकहरुलाई मकै खेतिलाई बुद्धि गर्नको लागि आकर्षकपुर्ण तालिमहरु प्रदान गर्नुपर्ने हुन्छ ।

You can share this post!