निर्धारण गरेको मूल्यमा उखु खरीद

कठ्माण्डौ , २६ पुस ः महोत्तरीको बर्दिबासमा बुधबार साझ सम्पन्न भएको कार्यक्रममा सरकार र उखु ब्यबसायीबिच उखुको मुल्य समायोजनको लागि सहमति भएको छ ।

सम्पन्न कार्यक्रममा किसान र उद्योग प्रतिनिधि बिच प्रतिकुईन्टल रु ५३६ का दरले उखु खरिद गर्नका लागि उद्योगी तयार भएका हुन । चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो । सरकारले चालू आर्थिक वर्ष २०७५र७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरेको छ ।


उद्योगीले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न नसक्ने अडान राखेपछि किसान अन्यौलमा परेका थिए । यता पुसको तेस्रो साता बिति सक्दासमेत चिनी कारखाना सञ्चालन नभएपछि उखु खेतमै सुक्न थालेकाले उखु किसान चिन्तित रहेका छन् ।

You can share this post!