फेरि निश्ति ब्याजदरमा बैंकिङ कारोबार सुरु

पुस ६ , काठमाण्डौ : संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले आ आपनो तरिकाले ब्याजदर बढाउदै लगिरहेका थिय । जसको कारण व्याजदर बढी हुँदा देशको अर्थतन्त्रलाई नै असर पर्ने सम्भावना निकै थियो । तसर्थ बिहीबार सबै वाणिज्य बैंकका सिइओहरुलाई एक रेष्टुरेन्टमा भेला गरार्इ बसेको बैठकमा पुन सबै बैंकहरुलाई बचत तथा मुद्दतीमा निश्चित सीमामा रहने गरी सहमति गर्न गभर्नर डा। चिरञ्जिवि नेपालले आग्रह गरेका थिय । मुद्रास्फितिलाई मध्यनजर गर्दै व्याजदर तोक्नुपर्ने भन्दै मुद्रा तथा पुँजी बजार अध्ययन समितिले प्रतिवेदन बनाएको थियो। सो प्रतिवेदनलाई नै आधार बनाएर व्याजदर तोकिनुपर्नेमा संयोजक तथा डेपुटी गभर्नर शिवराज श्रेष्ठले जोड दिएका थिय ।

निक्षेपकर्तालाई दिने व्याजदर घट्दा आधार व्याजदर समेत घट्न गई ऋणको व्याजदर स्वतः घट्न जान्छ। यसले आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउन टेवा पुग्छ। व्याजदर सन्तुलनमा रहँदा उद्योगहरु खोल्न प्रोत्साहन मिल्छ। अर्कोतर्फ भएका उद्योगको उत्पादन लागत बढ्न दिँदैन। यसले स्वदेशमा उद्योग विस्तार गर्न तथा उत्पादन बढाउन मद्दत पुग्छ भन्दै अ्रन्तमा बैंकहरुबीच व्याजदरको होडबाजी अन्त्य भएको छ। व्यक्तिगत मुद्दतीमा १३ प्रतिशतसम्मको व्याजदर दिने योजना ल्याएका बैंकहरुले घटाउन थालेका छन्।

You can share this post!