जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको उहाँले बताउनुभयो ।
शिविरमा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बीउ वितरण गरेको छ भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको लागि औषधि वितरण गरेको छ ।
शिविरमा घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयले सेवा दिएका छन् । आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन् ।
आज शिवनाथको सुल्लेखानमा शिविर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । मङ्सिर २४ र २५ गते पञ्चेश्वरको कुलाउमा शिविर सञ्चालन हुनेछ भने २६ र २७ गते मेलौलीमा शिविर सञ्चालन हुनेछ ।- रासस