स्मार्ट सिटी बन्दै अमरगढी

 २८ मङ्सिर :  सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ ।

नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको हो । शहरी विकास मन्त्रालयले १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता गरिसकेको अमरगढी नगरपलिकाले जनाएको छ ।

स्मार्ट सिटी निर्माण गर्ने योजना १० शहरमध्ये अहिले स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्ययनमा सेटेलाइट वेशका काम अन्तिम चरणमा पुगेको हो ।

यस्तै भूउपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन् । स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पु¥याउन योजना निर्माण गरिरहेको वातावरणविद् तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका वाचा पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

स्मार्ट सिटीका नगरप्रमुख एक्लैले मात्र बनाउन नसक्ने भएकाले यस कार्यमा सम्पूर्ण नगरवासी तथा सरोकारवालाले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे सफल हुने बताउनुभयो । डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटाल थान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी नगरपालिका भित्र नै पर्दछन् ।- रासस

You can share this post!