शेयर बजार मा दोहोरो अङ्कले वृद्धि

काठ्माण्डौ , २४ मंसिर : नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहका शेयर भने घटेका छन् । यस्तै आठ उपसमूहको शेयर भने बढेको छ । उत्पादन दुई दशमलव ५१ र अन्य दुई दशमलव ७९ बिन्दुले घटेको छ । बैंकिङ १३ दशमलव ४३, होटल २३ दशमलव ८७, विकास बैंक १८ दशमलब ८, जलविद्युत् पाँच दशमलव एक, वित्त चार दशमलव चार, निर्जीवन बीमा ७२ दशमलव शून्य पाँच, लघुवित्त १८ दशमलव शून्य आठ र जीवन बीमा ९८ दशमलव ६९ बिन्दुले बढेको छ ।

 

You can share this post!