ब्याजदरमा पुनः सीमा तोक्ने तयारी

५ पुस, काठमाडौं : वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।

संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका छन। अब पुनः फेरी संघले सीमा लगाउने भएको छ । कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका कमर्सियल बैंकले मुद्धति निक्षेपको ब्याज बढाएसंगै । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्न ब्याजदरको सीमा तोक्ने विषयमा छलफल गर्न आज बिहीबार नेपाल राष्ट्र बैंकले ‘लञ्च मिटिङ’ नाम दिइएको बैठकमा २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई बोलाएको छ ।

बैंठकमा ब्याजदरको विषयमा छलफल हुने र ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्न ब्याजदरको सीमा तोक्ने विषयमा पनि छलफल हुने भएको छ ।
ब्याजदर बढाउने बैंकका सीईओहरुलाई गत मंगलबार बालुवाटार कार्यालयमा बोलाएर राष्ट्र बैंकले ब्याजदरमा संयमता अपनाउन तथा पुनः अधिकतम् सीमा तोक्न सुझाएको थियो ।

You can share this post!