टेलिफोन नहुँदा स्थिानियहरुलाई सास्ती

४ पुस : नेपालको सहरी क्षेत्रतिर विभिन्न किसिमका सुविधाहरु उपलब्ध भएपनि नेपालको कुना काप्चा कंयौ गांउहरुमा अझै पनि मानिसहरुले टेलिफोन सेवा सुविधा पनि प्रयोग गर्न पाएका छैनन। टेलिफोन सुविधा भएको ठांउमा पनि नेटवर्कले राम्रोसंग काम गरेको पाईदैन । यसैअन्तर्गत पर्छ जुम्लाको तीन गाउँपालिका रहेको सिंजा क्षेत्र । जंहा अहिलेसम्म पनि टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीले विभिन्न किसिमका सास्ती झेल्नुपरेको छ ।

सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा भने टेलिफोन सेवाबाट बञ्चित रहेका छन् ।

गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार नै टेलिफोन सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । निर्वाचनमा मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजा गाउँपालिकाका लागि हटेको छ ।

सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताउनुभयो ।

श्रीमान् भारत गएको महीना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ, उहाँले भन्नुभयो । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् ।

हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सञ्चारको लागि करोडौँ रकम छुट्याएको भएपनि अहिलेसम्म टेलिफोन विस्तारमा कुनै काम भएको छैन ।

You can share this post!