शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय

मानिस व्यस्त रहनु नै उसको सफलताको शुरुआत हो । नेपालमा भएको बेरोजगार देखाउदै कंंयौ दक्ष नेपालि युवाहरु सहित धेरै ब्यक्तिहरु विभिन्न खाडि मुलुक लगाएत अन्य विभिन्न ठांउमाम विदेशिने गर्छन  मनिसलाई कुनै पनि काम गर्नको लागि आफ्नो ईच्छा लगाब अनि मिहेनत हुनुपर्छ । जसको कारणले कुनै पनि ब्यक्तिले रोजगारको लागि भौतारिदै हिड्नुपर्दैन ।

धनगडिमा बसोबास गर्ने अहिले ३७ बर्षका जय राज शर्मा  नाम गरेका उनि एउटा शिक्षित ब्यक्ति हुन् । उनि सिटिभिटि मान्यता प्राप्त शिक्षण संस्थाबाट ईन्जिनियर कोर्ष सक्नुभएको छ । उहांले  जीवनलाई सार्थक बनाउन र आर्थिकरुपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न आफैले एउटा सानो ब्यबसाय गर्नूहुन्छ । हाल उनि धनगडि आफ्नै घरमा बसेर बिहान कलेज पढाउनुहुन्छ भने सांझ ४ बजेपछि एउटा सामान्य ब्यक्ति जस्तै पानिपुरि बेच्दै आफ्नो ब्यवसाय दिनहु अगाडि बढाउनुहुन्छ ।

शिक्षण पेशाबाट आफूले घरपरिबार तथा छोराछोरीलाई पढाउन  नभ्याएको पनि होईन तरपनि  उनि स्कुल सकिएपछि निरन्तर आपनो कार्यलाई अगाडि बढाईरहेका छन् । पछिल्लो समयमा  गाउँमा आएको जनचेतना र नयाँ प्रविधिको आत्मसात् जसका कारण प्रत्यक्षरुपमा हजारौँ सर्वसाधारण ब्यक्तिहरुको  जीवनशैलीमा परिवर्तन मात्र नभएर गाउँमा वातावरणमैत्री ब्यापार ब्यवसाय र कृषि क्षेत्रमा पनि  विकास हुनेछ ।

You can share this post!